जण्डिसको उपचारका लागि माओवादी नेता वर्षमान पुन चीन जाँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • December 2, 2022
barshaman pun

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाने भएका छन् ।

यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएर नेपाल फर्किएका पुन, फलोअपका लागि चिन जान लागेका हुन् । उनि जण्डिसको उपचारका लागि चिन जान लागेका हुन्।

नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीन जाँदैछन्। चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि उनि चीन जान लागेका बताइएको छ।

जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष बैंकक पुगेका भएपनि, बैंककमा उपचार सफल नभएपछि उनि चिन जान लागेका हुन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५