स्कटल्याण्डले स्वतन्त्रताको लागी दोस्रो जनमत संग्रह गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • June 28, 2022
nicola sturgeon scottish

स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले अर्को वर्ष अक्टोबरमा स्कटल्याण्डको स्वतन्त्रताको लागि दोस्रो जनमत संग्रहको योजना घोषणा गरेकी छिन्।स्टर्जनले,यदि बेलायती सरकारले यसलाई रोक्ने प्रयास गरेमा मतदान सुनिश्चित गर्न कानुनी कारबाही गर्ने चेतावनी समेत दिएकि छिन।

प्रो-स्वतन्त्र स्कटिश नेश्नल पार्टीको नेतृत्वमा रहेको स्कटिश सरकारले अक्टोबर १९ २०२३ मा हुने पृथक भोटको योजनालाई रूपरेखा तयार गर्दै जनमत संग्रहको लागि आवश्यक दस्तावेज सार्वजनिक गर्ने र यसबारे आफुले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्ने पनि स्टर्जनले बताएकी छन्। स्कटिश संसदमा सांसदहरूलाई सम्बोधन गर्दै उनले स्कटल्याण्डको प्रजातन्त्रलाई प्रधानमन्त्री बोरिस जोन्सन वा कुनै पनि बेलायति प्रधानमन्त्रीको कैदीको रुपमा स्वीकार्न नसक्ने र आफुले कहिल्यै पनि त्यस्तो हुन नदिने बताएकी छन्।

स्कटल्याण्डका करिब ५.५ मिलियन मतदाताहरूले सन् २०१४ को जनमतसंग्रहमा स्वतन्त्रतालाई अस्वीकार गरेका थिए। तर स्कटल्याण्डको अर्ध-स्वायत्त सरकारले इयुबाट बेलायतको बहिर्गमनको निर्णयलाई बहुमत स्कटिशहरुले विरोध गर्दा पनि बेलायत सरकारले समर्थन गरेको भन्दै दोश्रो जनमत संग्रह हुनुपर्ने बताएको छ।

यता,स्कटल्याण्डको विपक्षमा रहेका प्रधानमन्त्री जोनसन र उनको सत्तारुढ कन्जरभेटिभ पार्टीले २०१४ को जनमतसंग्रहले नै सबै कुरा निर्क्यौल गरिसकेको भन्दै दोश्रो जनमतसंग्रहको विरोध गरेका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५