सत्ता गठबन्धनका तिन शिर्ष नेताको संयुक्त अपिल

  • नेपाल राष्ट्रिय दैनिक
  • October 18, 2022
prachanda sher bahadur and madhav nepal

सत्ता गठबन्धनका तिन शिर्ष नेता, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उमेद्वारलाई मतदान गर्न आग्रह गरेका छन्।

शक्ति पृथकीकरणको सिद्दान्त र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन् व्यवस्थालाई सुध्रिढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्द रहेको भन्दै,गठबन्धन सरकारले संविधानको मर्म अनुरुप काम गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संविधानमाथि प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने भनेर उल्लेख गरिएको विज्ञप्तिमा ,आगामी निर्वाचनमा गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजयी गराउन अनुरोध गरिएको छ।

Gathabandan Appeal Final 06 31 page 0001
Gathabandan Appeal Final 06 31 page 0002
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५