प्रतिनिधि सभाको बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • June 26, 2022
FederalParliamentSept12 20190913172012 1

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभएको छ।
आजको बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन र राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरिने कार्यसूची पनि आजको बैठकमा समावेश गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५