नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आज एक विज्ञप्ति जारि गर्दै काँग्रेसभित्रै साथीहरुको राजनीतिक जीवन समाप्त पार्न भएको षडयन्त्र र स्थानिय तह निर्वाचनका लागि भएको उम्मेदवारको छनौट र टिकट वितरण प्रक्रिया प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
पार्टीको केन्द्रिय समिति र कार्यसम्पादन समितिले आफुहरुको कुरा वेवास्ता गरेको र टिकट वितरणमा अन्याय गरेको बताउनुभएको छ। टिकट वितरण प्रक्रियामा पैसाको चलखेल र अनियमितता भएको खबर प्रति चिन्ता व्यक्त गर्दै टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अप्नाइएको हो, ति कुराहरुको अध्ययन अनुसन्धान र समीक्षा गरिने पनि उहाँले बताउनुभएको छ।
साथै,आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको र राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र भएको कुरापनि डा कोइरालाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्