काठमाडौं – नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
हितेन्द्रमान शाक्यले आफूलाई जिम्मेवारीबाट हटाई कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
साढे तीन वर्षअघि दायर सो रिट निवेदनमा एकपटक प्रारम्भिक सुनुवाइ भएपछि मुद्दाको पालो नै नआएर रोकिएको र पटकपटक पेसी तोकिएको मुद्दा स्थगित भएपछी सर्वोच्च अदालतले त्यो मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश जारी गरेको थियो। ।
आफू नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदमा बहाल रहेको अवस्थामा मन्त्रालयमा तानेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको विरोधमा हितेन्द्रले मुद्दा दायर गरेका थिए ।उनले घिसिङलाई पदमुक्त गरी आफूलाई त्यही पदमा बहाल गर्नुपर्ने आदेशको माग गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्