देशमा पश्चिमी वायुको प्रभाव सामान्य, चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । महाशाखाका अनुसार आज राती देशभर आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी भोली दिउंसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती देशभर आंशिक बदलीको सम्भावना रहेको छ । आईतबार देशभर आंशिक बदली रहेपनी मौसम सामान्य रहनेछ ।
आगामी २४ घण्टामा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सहिद स्मारक लिग ए डिभिजन अन्तर्गत आज भएको खेलमा ३–२ गोल अन्तरले एनरआरटी विजयी ।

सहिद स्मारक लिग ए डिभिजन अन्तर्गत आज दशरथ रंगशालामा एनरआरटी र फ्रेन्ड्स क्लबबिच भएको खेलमा ३–२ गोल अन्तरले एनरआरटी विजयी भएको छ ।

प्रतियोगिताको सातौं चरण अन्तर्गत भएको खेलमा जितपछी १० अंकको साथ एनरआरटी प्रतियोगिताको सातौं स्थानमा उक्लिएको छ भने फ्रेन्ड्स क्लब ३ अंकको साथ लिगको अन्तिममा रहेको छ ।

आजै भएको अर्को खेलमा आर्मी र एपीएफबिचको प्रतिस्पर्धा १–१ को बराबरीमा टुङिएको छ । आज भएको खेलसंगै आर्मी ११ अंकको साथ अंक तालिकाको चौंथो स्थानमा रहन पुगेको छ भने एपीएफ अंक तालिकाको दशौं स्थानमा रहेको छ ।

राप्रपा र विवेकशील साझाबिच एकता वार्ता ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबिच आज भएको भेटवार्तामा पार्टी एकताको प्रस्ताव अघी बढेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमसेर राणासँगको भेटमा पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । पछील्लो समय आफ्ना बिचारहरुमा राजसंस्थाप्रति उदार देखिँदै आएका मिश्रले संघियता र धर्मनिरपेक्षताबारे जनमत संग्रहको बिषय उठान गरेपछी दुई पार्टीबिचको बिचार मिल्न सक्ने भन्दै दुबै पार्टिका अध्यक्षले पार्टी एकताको वार्तालाई अघी बढाएका हुन् ।
त्यसो त एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेका थिए।

अध्यक्ष लिङ्देनले हिन्दु राज्य र राजसंस्था फर्काउन छिन्नभिन्न भएका सबै शक्तिहरूलाई एकै ठाउँ ल्याउने घोषणा समेत गर्नुभएको छ ।

एमसीसी बिरुद्ध नेपाल मजदूर किसान पार्टीको प्रदर्शन ।

नेपाल मजदूर किसान पार्टीले आज संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन एमसीसीको बिरुद्धमा नाराबाजी सहित प्रदर्शन गरेको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगराउनका निम्ती खबरदारी गर्दै मजदूर किसान पार्टीले बिरोध प्रदर्शन गरेको हो ।

mcc today

पार्टीका कार्यकर्ताहरुले पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका छन् । नेपाल मजदूर किसान पार्टीले आज काठमाडौं र देशका बिभिन्न शहरहरुमा एकै साथ एमसीसीको बिरुद्धमा प्रदर्शन गरेको छ ।

यता गृहमन्त्री बालकृष्ण खाँणले भने एमसिसी(मिलेनियम च्यालेन्ज कर्पोरेशन) राजनीतिक दलहरुबीचको सहमतिबाटै पास हुने विश्वास व्यक्त गर्नुभएको छ । एकातिर सरकार एमसिसी पासा गर्नुपर्छ भनेर सहमती खोज्दै गर्दा नागरिकहरुले भने लामो समय देखी एमसिसी विरुद्ध सडक संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् ।

खराब मौसमको कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा प्रभावित,साउदी अरबबाट आएको विमान ढाका डाइभर्ट

खराब मौसमको कारण आज बिहानैदेखी आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा प्रभावित बनेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम भएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान दुबै सेवा अवरुद्ध बनेको छ ।

साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको विमान मौसमको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछी ढाका डाइभर्ट गरिएको छ । त्यस्तै दोहाबाट आएको हिमालय एयरलाइन्स र दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि लामो समय आकाशमै उडिरहेका थिए भने कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुइ विमान पनि अवतरण गर्न नसकेपछी निजगढको आकाशमा घुमिरहेको थियो ।

मौसममा देखिएको खराबीकै कारण आज आन्तरिक उडानहरु पनि प्रभावित बनेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको परिवार र आफन्तको सम्पत्ति छानबिन सुरू

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको परिवार र आफन्तको सम्पत्ति छानबिन सुरू गरेको छ।

प्रधानन्यायाधीश र उनको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै डा.गोविन्द केसीले विभागमा उजुरी दिनुभएको र सोही उजुरीको आधारमा अनुसन्धान अधिकृतसहितको टोलीली छानविन अगाडि बढाइसकेको जानकारी प्राप्त भएको छ ।बृहत् नागरिक आन्दोलनका तर्फबाट डा.गोविन्द केसीले राणा, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार उजुरी दिनुभएको थियो भने उजुरिमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी लगायतको पनि सम्पत्ति छानबिन गर्न माग गरिएको छ।

अनुसन्धान प्रकृयामा विभागले जग्गा विवरण हेर्न मालपोत कार्यालय,बैंक ब्यालेन्स हेर्न राष्ट्र बैंक र सेयर हेर्न नेपाल धितोपत्र बोर्ड लगायत आवश्यक सम्पूर्ण निकायलाई अनुसन्धानको लागि पत्राचार गर्ने तयारी समेत पुरा गरिसकेको बताइएको छ । पदमा रहुँञ्जेल प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भएकोले उनको परिवार र आफन्तको सम्पत्ति छानबिन प्रकृया अगाडि बढाइएको विभागले जनाएको छ ।

के देउवाले पुरा गर्लान त डा.केसिका मागहरु ?

प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच बालुवाटारमा वार्ता भएको छ । वार्तामा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धता र डा केसीले राख्नुभएको ७ बुँदे मागबारे छलफल भएको थियो । वार्तामा केसीसहित उनका अन्य सहयोगीहरुको पनि सहभागिता रहेको थियो भने सरकारको तर्फबाट पुर्व स्वास्थ्य मन्त्री गगन थापा र अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

डा. केसीले भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक आयोग बनाएर छानबिन सुरु गर्नुपर्ने, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीलगायतका सातबुँदे माग सरकारले तत्काल पूरा गर्नुपर्ने माग प्रस्तुत गर्नुभएको थियो ।

डा.केसी बिभिन्न सरकारको पालामा आम नागरिकको मुद्दालाई लिएर पटक पटक अनशन र धर्नामा बस्नुभएको थियो । सरकार बाहिर रहंदा डा. केसीको मागहरु जायज छन् भनेर उनको समर्थन गरेको कांग्रेसले अब आफु सरकारमा हुंदा डा केसिको मागहरु सम्बोधन गर्छ या गर्दैन भन्ने कुरा आम चासोको विषय बनेको छ ।

नबिलले नेपाल–बंगलादेश बैंक प्राप्ति गर्ने

नबिल बैंकले नेपाल–बंगलादेशलाई प्राप्तिको प्रक्रिया औपचारिक रुपमा अघि बढाएको छ । नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर प्रक्रियालाई अगाडि बढाउनका लागि समिति गठन गरेका छन् । यसका लागि दुवै बैंकले अनौपचारिक सम्झौता गरी आ–आफ्नो तर्फबाट प्रक्रिया सुरु गरेका छन् ।उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठित मर्जर समितिलाई नबिल बैंकले जिम्मेवारी दिएको छ । तर नबिल बैंक श्रोतका अनुसार “हामी अहिले मर्जरको पक्षमा छैनौं, एक्विजिसनको पक्षमा छौं ।” बाङ्लादेश बैंकले भने मर्जरको लागि आजनै आफ्नो समिती गठन गरेको छ।

अहिले ती विषयमा छलफल भई दुवै संस्थाले औपचारिक रुपमा प्रक्रिया अगाडि बढाएको छ । नेपाल बंगलादेश बैंकको प्रमुख शेयरधनी आईएफआईसी बैंक अफ बंगलादेशले आफ्ना सबै सेयर बेचेर बाहिरिने भएको छ । स्रोतका अनुसार नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आईएफआईसीको सबै शेयर र बाँकी रहेका केही शेयर खरिद गरेर प्राप्ती गर्न लागेको हो । आजसम्मको समझदारी अनुसार एक साताभित्रै सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गर्ने योजना छ । तर, अन्तिम टुङ्गो विस्तृत सम्पत्ति तथा दायित्व अध्ययन (DDA) गरेपछि मात्रै अन्तिम निर्णय हुनेछ।

नेपाल धितोपत्र बोर्डले फेरी माग्यो अध्यक्षको लागि आवेदन ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदको लागि पुन: आवेदन मग गरेको छ । लामो समय देखी रिक्त रहेको अध्यक्ष पदको लागि अध्यक्ष सिफारिस समितिले पुन: आवेदन माग गरेको हो । अध्यक्ष चयनको निम्ती यसअघी गठित समितीनै विवादस्पद बनेपछी अध्यक्ष चयनको प्रकृया रोकिएको थियो । सो प्रकृयामा १२ जनाले निवेदन दिएका थिए भने ति सबै पुराना आवेदकले फेरी नयाँं प्रकृया अनुसार आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिती यही पौष २९ गतेसम्म रहेको छ ।

आवेदन दिएका कसैले आवेदन फिर्ता लिना चाहेमा सुचना जारी भएको १५ दिन सम्म आफ्नो आवेदन फिर्ता लिन सक्ने पनि बताइएको छ ।
सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछी लामो समय देखी उक्त पद रिक्त रहेको छ । पदको दुरुपायोग गर्दै, सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न रहेको आरोपमा ढुङ्गानालाई बर्खास्त गरिएको थियो ।

उपाधी जितेर फर्कियो नेपाली महिला भलिवल टिम ।

बंगलादेशकाे ढाकामा भएको सिनियर वुमेन्स सेन्ट्रल जाेन भलिबल प्रतियोगितको उपाधी जित्न सफल नेपाली टिम आज स्वदेश फर्किएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र समर्थकहरुले आज बिजेता टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कप्तान अरुणा शाहीको नेतृत्वमा मंगलबार उज्वेकिस्तानलाई ३-२ ले पराजित गर्दै नेपाली टिमले फाइनल खेलमा उपाधी जित्न सफल भएको थियो ।समुह चरणको खेलमा लगातार चौंथो जित हांसिले गरेर नेपाल सिधै फाइनलमा पुगेको थियो ।

तस्विर: कान्तिपुर

नोबल मेडिकल कलेजको लापर्वाही,बिध्यार्थीको भविष्य अन्यौलमा ।

एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेज विराटनगरले सुरक्षा गार्ड र बाहिरी मानिसहरु खटाएर कलेज प्रवेशमा रोक लगाएको छ ।

अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षा कोठामा राखेर पढाउन थालेको कलेज प्रशासनले, अन्य विद्यार्थीहरुलाई पनि अतिरिक्त शुल्क बुझाएपछि मात्रै कलेज प्रवेश गर्न दिने बतएको छ ।
कलेजका प्रिन्सिपल रामहरी घिमिरेका अनुसार, अतिरिक्त शुल्क नबुझाउनेलाई कलेजले पढाउन नसक्ने भन्दै पठनपाठनमा रोक लगाइएको बताउनुभएको छ ।

र्‍यापर लाहुरे लागूऔषध सम्बन्धी कसूरमा पक्राउ

र्‍यापर आशिष राना लाहुरेलाई प्रहरीले पोखराबाट लागूऔषध सम्बन्धी कसूरमा पक्राउ गरेको छ ।

‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रानासंगै प्रहरिले उनका ४ जना साथीहरुलाई पनि पक्राउ गरेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । आज सार्वजनिक विदा भएको कारण थप अनुसन्धानको लागि शुक्रबार अनुमती लिएर अन्य प्रकृया अगाडि बढाइने पनि प्रहरिले बताएको छ ।

एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा, माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिने ।

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ। प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा गठित आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको छ।

अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने छ। एमालेले सबै प्रदेशमा यही पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन तोकेको छ।

आगोको धुँवाले निसास्सिएर एकै परिवारका ४ जनाको मृत्‍यु

आगोको धुँवाले निसास्सिएर एकै परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् भने तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।

भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका कालिकोट पिलीखाडा चक्र नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारको अन्य ३ जनाको मृत्‍यु भएको हो भने बेहोस अवस्थामा भेटिएका परिवारका अन्य ३ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

मेडिकल स्टोरको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका धर्मप्रसाद गएराति खाना खाएर आफ्नो परिवार सहित एउटै कोठामा सुतेका र चिसो छल्न बालेको कोइलाको धुँवाले निसास्सिएर उनिहरुको मृत्‍यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाए पनि घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

प्राथमिक तहमा १३ हजार ९३ शिक्षकको माग

प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गर्दै शिक्षक सेवा आयोगले आवेदन खुल्ला गरेको छ । आयोगले जिल्ला र प्रदेश अनुसार समावेशी रुपमा आवश्यक शिक्षकको लागि आवेदन खुल्ला गरेको छ । जसअन्तर्गत खुल्लातर्फ ७२०३ महिला १८५४ दलित ६० मुस्लिम महिला ३० , आदिवासी जनजाती १५९० मधेसी १२९८ , दलित ५३० अपाङ्गता भएका २९३ र पिछडिएको क्षेत्रबाट २३४ शिक्षकको लागि आवेदन खुल्ला गरेको हो ।

माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ।

हिमपात र बर्षातको कारण देशभरको जनजीवन प्रभावित, शुक्रबारसम्म उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा मध्यम हिमपात चलिरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षात र हिमपातको कारण तराई तथा डोल्पा र सिमीकोट लगाएतका उच्च पहाडी भेगमा हुने नियमित हवाई उडानहरु प्रभावित बनेको छ । उडान प्रभावित भएपछी यात्रुहरु अलपत्र परेका छन् भने लगातारको हिमपातका कारण उच्च पहाडी भेगको जनजीवन कष्टकर बनेको छ ।
त्यस्तै हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको छ । हिउँ पर्ने क्रम नरोकिएपछि कारण सडक सुचारु गर्न कठिन बनेको छ ।

यता हेटौंडा क्षेत्रमा चिसो बढेसँगै हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय बुधबार बन्द गरिएको छ भने काठमाडौंमा पनि केही निजी बिद्यालयहरुले चिसो बढेको कारण बिद्यालय बन्द गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

त्यसैगरी २०७८ पौष १५ गते (बिहीबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ भ,ने राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

ra २०७८ पौष १६ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने, राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सुचना जारी गर्दै,देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

काठमाडौंमा ३४ वर्षीय महिलामाथि सामूहिक बलात्कार

काठमाडौंको नयाँ बसपार्कमा ३४ वर्षीय एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी ९ जनाले ति महिलालाई जबर्जस्ती गरेको आरोपमा प्रहरिले ८ जनालाई पक्राउ गरेको छ ।
पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि, प्रहरीले उजुरीका आधारमा नयाँ बसपार्क क्षेत्रका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ परेको हो । घट्नामा संल्ग्न अर्का एक जनाको भने खोजी कार्य भइरहेको प्रहरिले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरु ७ जना मुगु र एक जना अर्घाखाँचीका रहेको बताइएको छ । पीडित महिलाको स्वास्थ्य स्थिती भने अहिले सामान्य रहेको जानकारी प्राप्त भएको छ ।

सिरहामा २ दिनसम्म निषेधाज्ञा जारी रहने ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तहरुले सवारी साधनहरु तोडफोड गर्ने र सडकमा लाठी र भाटा सहित आन्दोलन अगाडि बढाएपछी सिरहामा २ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

आफ्ना कार्यकर्ताहरुलाई प्रहरिले पक्राउ गरेको भन्दै जनमत पार्टीका कार्यकर्तहरुले सवारी साधनहरु तोडफोड गर्दै आन्दोलन गर्न थालेपछी सिराहा प्रशासनले मंगलबार र बुधबारका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म रहनेछ । निषेधाज्ञा अवधिभर बाहिर हिंडडुल गर्न, भेला हुन र अन्य कुनै पनि किसिमका राजनीतिक गतिविधी गर्न नपाइने प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभएको छ । निषेधाज्ञा अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सुचारु रहनेछ ।

सरकारले स्थानीय स्वास्थ्य चौकीमा भण्डारण गरेर राखेको गहुँको बिउ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले पुस २ गते सो गहुँ आफैं लगेपछी, गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको र एक जनालाई पक्राउ गरेको थियो। सोही बिषयमा आफ्नो कार्यकर्ता पक्राउ गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले केही दिन यता सिरहामा आन्दोलन गर्दै आएको छ ।

siraha

तस्विर : द राइसिङ नेपाल

यथास्थितिमा एमसीसी पारित हुंदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने बताउनु भएको छ । ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्ने क्रममा दाहालले संशोधनपछि मात्र एमसीसी पारित गर्न सकिने बताउनुभयो ।


आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रिय हित अनुकुल नै भएको दावी गर्दै एमसीसी सम्झौताबारे अध्यन गरेर मात्र तर्क गर्न आग्रह गर्नुभएको थियो । तर आजको बन्दसत्रमा प्रचण्डले संशोधन बिना कुनैपनी हालतमा संसदबाट एमसीसी पास नहुने बताउनुभएको छ ।

एमसीसी राष्ट्रघाती छैन : देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै एमसीसीबारे पहिले पढेर मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसीसीबारे अध्ययन गरेर मात्र बोल्न जनतालाई आग्रह गर्नुभयो । उहांले भन्नुभयो, ‘यदि एमसीसी देशद्रोह हो भने म पनि चाहन्न ।

आफुले लामो समयदेखि नेपालको राष्ट्रियताका लागि लड्दै आएको र राष्ट्रलाई धोका दिने कुनै सन्धिमा हस्ताक्षर नगर्ने बताउनुभयो । ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । के म कहिल्यै नेपालको राष्ट्रियता विरुद्ध जान सक्छु ?” म पनि राष्ट्रका लागि लडेको मान्छे हुँ, किन यस्तो देशद्रोही सन्धि गरुँ ? ’ उहांले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री देउवाले एमसीसी सहमतिबाट पारित हुने कुरामा पनि आफु ढुक्क रहेको बताउनुभएको छ ।

तस्विर : कान्तिपुर

आफ्नै कारण पार्टी कम्जोर भएको प्रचण्डको स्विकारोक्ति

नेपालको राष्ट्रिय राजनीतिमा माओवादी आफ्नै कारणले कम्जोर बन्दै गएको र मुख्य दोषी आफैं भएको पुर्व प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ ।
आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहांले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताउनु भएको छ । जन्युद्ध देखी ६२-६३ को जनअन्दोलन हुंदै आजको दिन सम्म आइपुग्दा नेपालको राष्ट्रिय राजनीतिमा आफुहरु धेरैनै कम्जोर भएको र त्यसको लागि कसैको आलोचना र कसैप्रती कुनै पनि किसिमको आरोप नलगाउने बताउनुभयो । साथै नेकपा एमालेसंग पार्टी एकता गरेर आफूहरुले कुनै गल्ती नगरेको तर एकता जोगाउन किन सकिएन भन्ने बिषयमा आत्मसमीक्षा गर्न जरुरी भएको धारणा ब्यक्त गर्नुभएको छ ।

धितोपत्र बोर्डमा अध्यक्ष नहुंदा झण्डै ८ अर्बको आइपिओ फ्रिज

चार महिना बितिसक्दा पनि सरकारले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्न नसक्दा पाइपलाईनमा रहेका नयाँं आइपिओ निष्काशन नहुने भएको छ ।

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिस्म राज ढुंगानालाई पदको दुरुपयोग गरेर कम्पनीहरुसंग शेयर खरिदबिक्रीमा अनियमितता गरेको भन्दै बर्खास्त गरेपछी लामो समयसम्म धितोपत्र बोर्ड अध्यक्ष बिहिन बनेको छ । झण्डै ४ महिना बितिसक्दा पनि सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न सकेको छैन।यति बेला बोर्डमा २८ कम्पनी प्राथमिक शेयर निष्काशन अनुमतिको पर्खाइमा रहेका छन् भने ७ अर्ब ३९ करोड ६६ लाख चार सय रुपैयाँ बराबरका ६ करोड ७२ लाख ४६ हजार चार कित्ता शेयर पाइप लाइनमा रहेका छन् । तर नेपाल धितोपत्र बोर्डमा नयाँं अध्यक्ष नियुक्ति नभए सम्म कुनै पनि कम्पनिले नयाँ आइपिओ जारीगर्न नपाउने भएको छ । लगानीको अवसर गुमाउँदै गएका लगानिकर्ताहरुले,खर्बौं रुपैयाँं बराबरको पुंजी बजारलाई सरकारले बेवास्ता गर्नुलाई सरकारको अदुर्दर्शिता र निकम्मापनको संज्ञा दिंदै बिभन्न सामाजिक सञ्जालहरुमा सरकारप्रतिको आक्रोस ब्यक्त गरिरहेका छन् ।
सरकारले नयाँं अध्यक्ष नियुक्ति गर्न बनाएको कार्यसमिती पनि विवादमा तानिएपछी अध्यक्ष नियुक्तिको प्रकृया झनै ओझेलमा परेको छ ।

२४ घण्टामा नेपालमा थपिए २१३ कोरोना संक्रमित, २८३ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८० परीक्षणमा आईतवार २१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि पछील्लो २४ घण्टामा २८३ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टाको अवधिमा कोभिडबाट २ जनाको ज्यान गएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ९०६ जना छन् भने २४ घण्टामा ७६ हजार ३३० जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

अतिक्रमित नेपाली भूमि फिर्ता र एमसीसी खारेज गर्ने सहमति भए माओवादी एकता सम्भव छ : सिपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले जनयुद्धपुर्वको केन्द्रीय समितिको प्रतिवद्धता पुर्नस्थापना भए मात्र पूर्व माओवादीहरुबिच एकिकरणका सम्भव हुने बताउनु भएको छ ।

आइतवार नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता गजुरेलले आफूहरुले पूर्व माओवादीहरुको एकतालाई सकारात्मक रुपमा लिएको तर त्यसको लागि जनयुद्ध पुर्वको केन्द्रीय कमिटीले गरेका प्रतिवद्धताहरु पुरा हुनुपर्ने धराणा ब्यक्त गर्नुभएको छ ।

उहांले जनयुद्धले लिएको लक्ष्य अधुरो र अपुरो रहेको र नेपाललाई जनगणतन्त्र बनाउनका लागि पुर्वयोजना अनुरुपको कार्यक्रम पारित गरी एमसीसी खारेज गराउन महाधिवेशनले जोड गरेमा एकता हुनसक्ने बताउनुभयो । साथै माओवादी केन्द्रले कालापानि, लिपुलेक र लिम्पियाधुरा लगायतका मिचिएका नेपाली भुमि फिर्ता लिन प्रतिवद्धता जाहेर गरेमा आफुहरु एकताको लागि साकारात्मक रहेको बताउनुभयो ।

एभीसी सिनियर वुमेन्स सेन्ट्रल जाेन भलिबलको फाइनलमा नेपाल ।

एभीसी सिनियर वुमेन्स सेन्ट्रल जाेन भलिबलमा लगातार चौथो जितपछि नेपाल फाइनलमा पुगेकाे छ ।

बंगलादेशकाे ढाकामा जारी प्रतियोगिताकाे चाैथाे खेलमा उज्वेकिस्तानलाई ३-० काे सेटमा पराजित गरेपछी नेपाल फाइनलमा पुगेको छ । नेपाल ११ अंकको साथ प्रतियोगिताको शिर्ष स्थानमा रहेको छ भने १० अंकसहित श्रीलंका दोस्रो र उज्वेकिस्तान ९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेल साेमबार किर्गिस्तानसँग खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा श्रीलंका र उज्बेकिस्तान खेल्दैछन् ।

रासायनिक मल खरिद गर्न बजेट अभाव

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य करिब तीन गुणा बढीले वृद्धि हुँदा मल खरिदका लागि बजेट अपुग भएपछी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप १२ अर्ब रूपैयाँ माग गरेको छ।

चालु आर्थिक वर्षमा मल खरिदका लागि सरकारले विनियोजन गरेको १५ अर्ब रूपैयाँ बजेटले नपुगेपछि थप बजेट माग गरेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले ४ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । तर मागअनुसार बजेट विनियोजन नहुँदा रासायनिक मलको अझै अभाव हुन सक्ने कृषि मन्त्रालयले जनाएको छ। सरकारले चालु आवमा करिब चार लाख मेट्रिक मल बिक्री गर्ने योजना बनाएको थियो।

बन्द उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताहरुद्वारा सवारी साधन तोडफोड

११ पुष, लहान । सिराहाको मिर्चैयामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् ।

औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भनी स्थानीय स्वास्थ्य चौकीमा भण्डारण गरेर राखेको गहुँको बिउ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले पुस २ गते सो गहुँ आफैं लगेका थिए । गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको र एक जनालाई पक्राउ गरेको आरोपमा सिके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको थियो । बन्द उल्लंघन गरेको भन्दै राउतका कार्यकर्ताहरुले प्रहरी नभएको मौका पारी सवारी साधन तोडफोड गरेका हुन् ।
सवारी साधन तोडफोड भएपनी लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन् र बन्दको प्रभाव अहिले न्युन रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा १२ राजनीतिक दल सहभागी हुने ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता रहेका छन ।निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा)एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। विज्ञका रूपमा मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुनेछ। उन्नाइस पदका लागि हुने उक्त निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्। यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।

चुनावसम्म गठबन्धन हुन्छ: माधव कुमार नेपाल

शनिबार दाङको भालुवाङमा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनसम्म पाँच दलको गठबन्धन कायम रहने बताउनुभएको छ ।

उहांले भन्नुभयो,”कुनै पनि दलको एकल बहुमत बन्ने सम्भावना छैन । त्यसैले पाँच दलको गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवार बनाउँछौं।” उहांले एकीकृत नेकपा (माओवादी) सँग एकताको आरोपमा सत्यता नभएको तर तत्काल कुनै कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना नदेखिए पनि निकट भविष्यमा साना वामपन्थी दलबीच एकता हुनसक्ने बताउनुभयो ।

अर्को सन्दर्भमा नेपालले एमसीसी अहिलेको अवस्थामा पास गर्न नहुने बताउनुभएको छ । उहांले भन्नुभयो,”नेपालको आन्तरिक मामिलामा अरूले हस्तक्षेप गर्न ढोका खोल्ने कुनै पनि कुरा हामी स्वीकार गर्न सक्दैनौं। सेना र सुरक्षासँग सम्बन्धित नभएका विषयलाई मात्र स्वीकार्य हुने उहांले बताउनुभयो ।

चुनावसम्म संसद अवरोध गर्ने ओलीको चेतावनी ।

शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताउनु भएको छ ।

आफ्नो पार्टिले कारवाही गरेको सांसदलाई निष्कासन गर्नुको सट्टा सभामुखले उल्टै उनिहरुलाई दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले संसद अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोध हुंदै गर्दा पनि संसद त चलिरहेको छ नि भन्ने प्रसँगमा उहांले भन्नुभयो,” बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन् तर इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ”। यसैबिच एमसीसीको बिषयमा पहिला गठबन्धन सरकारको धारणा प्र्ष्ट आएपछी मात्र एमालेले आफ्नो राय दिने पनि उहांले बताउनुभयो ।

म सबैको साझा सभापति हुँं : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले आफु सबैको साझा सभापति भएको र सबैको भावना समेटेर पार्टिलाई अगाडि बढाउने बताउनु भएको छ ।

पार्टी केन्द्रिय कार्यलय सानेपामा १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताउनु भएको हो । उहांले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी बनाउने र त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताउनुभएको छ ।उहांले भन्नुभयो,”‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टीलाई ठूलो बनाउनुछ ।”

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।१४ औं महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

महिला भलिबल च्यालेन्ज कपमा नेपाल अंकतालिकाको शीर्ष स्थानमा

बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार तेस्रो जित हातपारेको छ ।

शुक्रबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको हो । वरियता क्रममा नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।

नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ ।६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन् ।

देश्भर शुक्रबार २६० जना कोरोना संक्रमित थपिए, ३४९ जना संक्रमणमुक्त

शुक्रबार देशभरमा २६० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा कुल ११ हजार ८९८ नमुना परीक्षण भएको छ । जसमध्ये ८ हजार ६० पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ८३८ एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३४९ जना कोरोनामुक्त भएका छन् । सोहि अवधिमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।काठमाडौंमा भने पछिल्लाे एक दिनमा १०६ जना, ललितपुरका ३५ जना र भक्तपुरका १० जनामा संक्रमण पुष्टि भएको छ । हाल नेपालमा ५ हजार ४८ जना सक्रिय संक्रमित र क्वारेनिटनमा ९९ जना छन् ।

१ सय ५४ रनको फराकिलो अन्तरले बंगलादेशसंग नेपाल पराजित ।

यूएईको शारजहाँ क्रिकेट रंगशालामा शुक्रबार भएको एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसंग १ सय ५४ रनको फराकिलो अन्तरले हार बेहोरेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले ४ विकेटको क्षतिमा २ सय ९७ रन जोड्न सफल भएको थियो । नेपाल भने ४२।३ ओभरमा १ सय ४३ रन जोड्दै अलआउट भएको हो ।

निर्वाचन आयोगद्वारा वैशाख १४ मा स्थानीय तह निर्वाचनको प्रस्ताव ।

निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव पेश गरेको छ ।
आगामी जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुंदैछ । संविधानको धारा २२५ बमोजिम पदाधिकारीको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्नेछ । तर स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि नै निर्वाचन गर्नुपर्ने नियम रहेको छ ।
निर्वाचन आयोगको तयारी अनुसार सबै स्थानीय तहको निर्वाचन एकै दिन सम्पन्न गर्नको लागि आगामी वैशाख १४ उपयुक्त हुने र कुनै कारणले एकै दिन निर्वाचन गर्न सम्भव नभए वैशाख २२ गते दोश्रो चरणको निर्वाचन गर्न सकिने प्रस्तावमा उल्लेख गरिएको छ ।

बाग्मती प्रदेशको मन्त्रीमा चितवनबाट मिलन बाबु श्रेष्ठ र बलराम पौडेल नियुक्त ।

बाग्मती प्रदेशको बाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले शुक्रबार साँझ शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव शर्माले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

त्यसैगरी नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेले पनि पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
मन्त्रालय विभाजन गरेर मन्त्रीको संख्या बढाएको भन्दै मुख्यमन्त्री पाण्डे चौतर्फी रुपमा आलोचित भइरहेको बेला बाग्मती प्रदेश सरकारले पुन ३ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेको छ । आजको नियुक्तिसँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् ।

वाग्मती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

मन्त्रालय विभाजन गरेर मन्त्रीको संख्या बढाएको भन्दै मुख्यमन्त्री पाण्डे चौतर्फी रुपमा आलोचित भइरहेको बेला बाग्मती प्रदेश सरकारले पुन ३ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेको छ । आज सांझनै नियुक्त मन्त्री र राज्यमन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन् ।त्यसैगरी नवनियुक्त भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेले पनि पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आजको नियुक्तिसँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् ।

संविधान संशोधनको लागि आन्दोलन गर्ने : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिचानका आधारमा प्रदेशको नामकरण गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसको लागि आफुले सडक संघर्षको कार्यक्रम सुरु गर्ने बताउनु भएको छ ।
हिजोको दिनमा आफुहरुले पहिचान र अधिकारको मुद्दा उठाएको तर त्यसबेला लागू गर्न नसकेकोले अब फेरी ति मुद्दाहरु उठाउने बताउनु भयो ।
माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उहांले भन्नुभयो,”‘यो संविधानमा उत्पीडित समुदायका हक अधिकार पुगेको छैन । हामी फेरि नयाँ परिस्थितिमा पहिचान र अधिकारको, शासकीय स्वरुपको मुद्दालाई जनपक्षीय बनाउन संविधान संशोधनको प्रयास गर्नेछौं ।

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा ।

दोश्रो पटक पार्टीको सभापति निर्वाचित भएपछी प्रधानमन्त्री देउवा पौषको अन्तिममा भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो । प्रधानमन्त्री देउवा पौषको अन्तिममा भारत जाने भन्ने तयारी भएपनी मिति भने तय नभैसकेको बताइएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

आगामी पुस १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १२ गतेदेखि लागू हुनेगरी सम्बन्धित जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, वागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ रहेका छन् ।

गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु रहेका छन् ।

विवेकशील साझा पार्टीको सदस्य समेत नरहने गरी मिलन पाण्डेलाई कारबाही

आज बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको भन्दै पाण्डेलाई पार्टीले कारबाही गरेको हो । यस अघी पनि केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै पार्टिले उनलाई स्पष्टीकरण सोधेको थियो । पौष ४ गतेसम्म स्पष्टीकरण दिनुपर्नेमा एक दिन ढिलो गरी दिएको स्पष्टीकरण चित्त नबुझ्दो भएको बताउंदै केन्द्रिय समितिले पाण्डेलाई कारबाही गरेको हो ।तर पाण्डेले भने कारबाही अवैध रहेको भन्दै उक्त निर्णय अस्वीकार गर्ने बताएका छन् ।
पार्टीको सिद्दान्त र कार्यशैलीको विषलाई लिएर पार्टिका अध्यक्ष रबिन्द्र मिश्र र संयोजक पाण्डेबीच लामो समयदेखीनै विवाद चल्दै आएको थियो । पछिल्लो समय मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गर्दै आएका थिए ।

माइकसहित मूलगेटमा नाराबाजी नगर्न सर्वोच्चको आग्रह ।

सर्वोच्च अदालत प्रशासनले माइकसहित मूलगेटमा नाराबाजी नगर्न कानुन व्यवसायीहरूलाई आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले नाराबाजी सहित आन्दोलन गरिरहेका छन ।

प्रधानन्यायाधीश जबराकै कारण न्यायालयमा भ्रष्टाचार,विकृति र विसं‌गति मौलाएको र न्यायपालिका सुधार आवश्यक रहेको भन्दै कानुन व्यवसायीहरू जबराको रजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्चमा झण्डै दुई महिना अघीदेखी चलिरहेको यो गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनले पटक पटक प्रयास गरे पनि सफल हुन भने सकेको छैन ।

नेपाली कांग्रेसमा खुल्लातर्फबाट छानिए ३५ केन्द्रिय सदस्य

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुल्लातर्फ ३५ केन्द्रिय सदस्यको लागि भएको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । ३५ पदको लागि कुल ९९ जनाले उम्मेद्बारी दिएका थिए । जसअन्तर्गत सबैभन्दा धेरै मत प्राप्त गर्ने ३५ उम्मेद्वार मात्र केन्द्रिय सदस्यमा निर्वाचित हुने प्रावधान रहेको छ । केन्द्रिय सदस्यमा निर्वाचित पदाधिकारीको नामावली र प्राप्त मत निम्नानुसार रहेको छ ।

267812362 3171652596397475 7834915657149193105 n
267664196 660677308445239 5508437353613333161 n

एमसीसी अन्यौल्ता: सर्वदलीय बैठक निष्कर्षविहीन

सर्वोच्चको फैसला विपरित एमालेले संसद अवरुद्ध पारिरहेको नेता नेपालको टिप्पणी ।

संसद अवरोध र एमसीसीको बिषयमा छलफल गर्न डाकिएको आजको सर्वदलिय बैठक बिना निष्कर्ष टुँगिएको छ । सत्ताधारी दलहरुबीचमै असहमति भएपछि आइतबारको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्नु भएको थियो भने नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसीसीमाथि उत्पन्न संशयहरूबारे स्पष्ट भएपछि मात्रै त्यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने धारणा बनाउन सकिने बताउनु भयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताउनुभएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा व्यक्त गर्नुभएको छ ।जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा व्यक्त गर्नुभएको छ ।यसैबीच सर्वदलीय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसिसी अध्ययन गरी सुझाब दिने जिम्मा दिएको छ । यसअघी ओली सरकारको समयमा नेता नेपाल सहितको एमसीसी अध्ययन समितिले, संसोधन गरेर मात्र एमसीसी पास गर्नुपर्ने प्रतिवेदन पेश गरेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित थिएन। सर्वदली बैठकले नेकपा एमालेलाई सम्वादमा आउनु आग्रह गरेको छ। बैठकले संसद अवरोध नगरी निकासको वातावरण सिर्जना गर्न एमालेलाई आग्रह गरेको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई भोलिदेखी खोप लगाइने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई मोडर्ना खोपको पहिलो मात्रा लगाउने भएको छ ।

खोप उपलब्ध हुने जिल्लाहरु निम्नानुसार रहेका छन् ।

प्रदेश नं १ ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर ।
प्रदेश नं २ सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा ।

वाग्मती प्रदेश: दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर ।
गण्डकी प्रदेश: गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत ।
लुम्बनी प्रदेश: रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया ।

कर्णाली प्रदेश: डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान ।
सुदूरपश्चिम प्रदेश : बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर ।

उल्लेखित जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ ।

मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ भने, खोपको दोस्रो मात्रा माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

एमाले सर्वदलीय बैठकमा नजाने

आईतवारको लागि डाकिएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बैठकमा सहभागी हुने भएपछी नेकपा एमालेले आफुहरु सर्वदलीय बैठकमा नजाने निर्णय गरेको बताएको छ ।
संसदमा जारी अवरोध र एमसीसी सम्झौता बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरिएको छ ।

निर्णयार्थ बिषयहरुमा कांग्रेससँग छलफल हुनसक्ने तर आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।

२४ घण्टा नबित्दै उल्टियो नियम:बिदेश बाट आउनेले क्वारेन्टिन बस्नु नपर्ने ।

सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित गरेको छ ।

अध्यागमन विभागले शुक्रबारमात्रै मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार भन्दै सूचना जारी गरेर विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, २४ घण्टा नबित्दै शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

प्राप्त जानकारी अनुसार, अब भने विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।

सर्वदलीय बैठक आह्वान:संसद्को अवरोध र एमसीसीबारे छलफल गरिने

संसदमा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई निर्णयार्थ पेश गर्ने सन्दर्भमा आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइने भएको छ ।सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइने बताइएको छ ।

संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ भने अर्कोतिर एमसीसी सम्झौतालाई संसदबाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एमसीसी बारेमा दुई मत देखिएको हुंदा सम्झौता अगाडि बढ्न सकेको छैन


उता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन नदिने बताउनु भएको छ भने एमसीसीको बिषयलाई लिएर नागरिक स्तरबाटै सरकारको तिव्र आलोचना गर्दै देशभरनै विभिन्न सडक संघर्षका कार्यक्रमहरु चलिरहेको छ ।

पार्टीले दिएको जिम्मेवारी प्रती भिम रावलको आपत्ति

एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्‍को सदस्य नियुक्ति गरेकोमा आपत्ति जनाउनु भएको छ ।
एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछी पार्टिको कुनै पनि पदमा नरहेका नेता रावललाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताउनु भयो ।

यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका नेता रावललाई सोध्दै नसोधी नियुक्ति गरेको थाहा पाएपछी नेता रावलले सामाजिक सन्जाल ट्विटरमा आफ्नो कुरा राख्दै आपत्ति जनाउनु भएको छ । ट्विटरमा उहांले लेख्नुभएको छ, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

रक्षामन्त्री रिजालद्वारा पदबाट राजीनामा ।

रक्षामन्त्री मीनेन्द्र रिजालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सिंहदरबारमा रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट दिएको राजीनामापत्र बुझाउनु भएको छ ।

कांग्रेस महामन्त्रीमा पराजय व्यहोरेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको थियो ।धेरैले उहांको यो कदमलाई उच्च राजनीतिक संस्कार भन्दै सामाजिक सन्जालमा तारिफ समेत गरेका छ्न् ।

गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् ।महामन्त्री पदकै लागि प्रकाशशरण महत,प्रदीप पौडेल,मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धी उम्मेद्वारको रुपमा चुनावी मैदानमा खडा भएका थिए ।

यसैबीच महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । यसअघीनै भएको मतगणनामा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् भने,सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

नेपाली कांग्रेसमा देउवाकै वर्चस्व ।

काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनको लागि भएको दोश्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी शेखर कोइरालालाई हराउंदै, देउवा पुन दोश्रो कार्यकालको लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएको छ ।

पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेद्बारी दिएका थिए ।महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।