श्रीमतीलाई हटाएर बाबुलाई पार्टी अध्यक्ष: नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ- काठमाडौंमा सम्पन्न नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई पार्त्की अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ।

नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको हो।

अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुन्। यसअघी, रेशम चौधरीले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए।

अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि मानव अधिकार आयोगको आग्रह

काठमाडौं – काठमाडौंमा अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै अनशन बसेका मेयर भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।अनशनरत मेयर भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि साउन १४ गते राती वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो।

आयोगले अनशनस्थल र वीर अस्पताल पुगेर अनुगमन पनि गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनशनरत मेयर डा. भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग उनको स्वास्थ्यबारे जानकारी समेत लिएको छ ।

निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोगले आग्रह गरेको छ।

क्यानडाले संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बर २०२५ मा हुने ८० औं संयुक्त राष्ट्रसंघ महासभामा क्यानडाले प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका छन्।

प्यालेस्टिनी राज्यलाई मान्यता दिन बेलायत र फ्रान्सले हालै गरेका घोषणाहरूसँगसंगै क्यानडाको यो कदमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
उनले प्यालेस्टिनी शासनमा हमासको भविष्यको कुनै पनि भूमिकालाई अस्वीकार गर्दै सो घोषणा गरेका हुन् ।

यद्यपि, अमेरिकाले यस्तो मान्यताको विरोध गरेको छ, यसले हमासलाई पुरस्कृत गर्ने र शान्ति प्रयासलाई कमजोर बनाउने दाबी गरेको छ।

वैदेशिक रोजगारीमा गत एक वर्षमा १५१७ नेपालीले ज्यान गुमाए

१,४०१ जना नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १,४०१ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ।

मृतकहरूमा सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेर समूहका २३३ जना थिए। त्यसपछि २१–२५ वर्ष उमेर समूहका १७२ जना, ३१–३५ वर्षका २२६ जना, ३६–४० वर्षका २२५ जना, ४१–४५ वर्षका २१५ जना, ४६–५० वर्षका ११७ जना र ५१–५५ वर्षका ७१ जना रहेका छन्।

२० वर्ष मुनिका २९ जना, ५६–६० वर्षका २४ जना, ६१–६५ र ६६–७० वर्ष उमेर समूहमा समान १२ जना र ७० वर्षभन्दा माथिका ६ जना नेपालीको पनि मृत्यु भएको उल्लेख गरिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार १,४०१ शवमध्ये ४८१ जनाको शव विभागमार्फत प्रत्यक्ष रूपमा र १,०८६ जनाको अन्य माध्यमबाट नेपाल ल्याइएका हुन्।

त्यसैगरी विभागले मृत्यु भएका १,५१७ मृतक नेपाली आप्रवासी कामदारका परिवारलाई आर्थिक सहायता स्वरूप कुल १ अर्ब २ करोड रुपैयाँ प्रदान गरेको छ। सरकारले हाल प्रत्येक मृतक नेपाली आप्रवासी कामदारको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।

युक्रेनी राष्ट्रपति जेलेंस्की हटाउन अमेरिका र बेलायत गोप्य छलफलमा:एसभीआर

अमेरिकी र बेलायती अधिकारीहरूले युक्रेनका शीर्ष शक्ति–केन्द्रहरूसँग गुप्त बैठक गरी राष्ट्रपति भ्लादिमिर जलेन्स्कीलाई हटाएर पूर्व सेनाप्रमुख भ्यालेरी जालुजनीलाई राष्ट्रपतिको रुपमा ल्याउने योजना बनाएको रूसको विदेश गुप्तचर सेवा “एसभीआर” ले दाबी गरेको छ।

एसभीआरका अनुसार उक्त गोप्य बैठक एउटा अज्ञात अल्पाइन रिसोर्टमा भएको थियो। बैठकमा जलेन्स्कीका प्रमुख सहयोगी आन्द्रेई यर्माक, सैनिक गुप्तचर प्रमुख किरिल बुदानोभ र हाल बेलायतमा युक्रेनका राजदूत रहेका जालुजनी सहभागी थिए।

एसभीआरको भनाइमा, पश्चिमी अधिकारीहरूले अब जलेन्स्कीलाई प्रतिस्थापन गर्ने समय भएको र यसलाई युक्रेनसँगको सम्बन्ध पुनःस्थापना गर्न तथा पश्चिमी सैन्य सहायता निरन्तरता दिन “मुख्य शर्त” मानेका थिए। यर्माक र बुदानोभले यो योजना समर्थन गरेका र जालुजनी राष्ट्रपति बनेमा आफ्नो पद जोगिने आश्वासन पाएको दाबी गरिएको छ।

सन् २०२१ देखि २०२४ सम्म युक्रेनका सेनाप्रमुख रहेका जालुजनी लोकप्रिय छन् र सम्भावित चुनावमा जलेन्स्कीलाई हराउने सम्भावना रहेको बताइन्छ।

एसभीआरले यो घटनालाई जलेन्स्कीले हालै भ्रष्टाचार विरोधी निकायहरूको स्वतन्त्रता हटाउने विधेयकलाई समर्थन गर्नु सँग पनि जोडेकाे छ। एसभीआरको दाबी अनुसार यर्माकले जलेन्स्कीलाई विवादास्पद कानुन अघि बढाउन प्रेरित गरेका थिए, जसले उनको छवि बिगार्ने र पश्चिमी साझेदारलाई उनलाई हटाउन कारण दिने काम ग¥यो।

युक्रेनी जनतालाई सम्बोधन गर्दै एसभीआरले भन्यो, “तपाईंहरूको देशको नयाँ राष्ट्रपति अल्पाइन रिसोर्टमा छनोट गरियो। के यही हो तपाईंहरूले कल्पना गरेको युक्रेनी लोकतन्त्र र स्वतन्त्रता?”

जलेन्स्कीको कार्यकाल गत मे महिनामा सकिएको थियो तर मार्शल कानूनका कारण उनले नयाँ निर्वाचन गर्न अस्वीकार गरेका छन्। रूसले अब उनलाई “अवैध” घोषणा गर्दै वास्तविक शक्ति युक्रेनी संसदमा रहेको बताएको छ।

नागरिक उन्मुक्ति पार्टीद्वारा अध्यक्ष रञ्जितालाई कारबाही:अध्यक्षबाट बर्खास्त

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ अन्तत: पदमुक्त भएकी छन् । पार्टी संरक्षक समेत रहेका आफ्ना श्रीमान् रेमश चौधरीलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै अदालतमा जवाफ पेस गरेकी श्रेष्ठलाई रेशम पक्षीय बहुमत केन्द्रीय सदस्यहरूले हटाउनेगरी प्रस्ताव पारित गरेका छन् ।नागरिक उन्मुक्ति पार्टीको मंगलबार बसेको नुशासन समितिले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई कारबाही गर्ने निर्णय गरेको छ।

आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने निर्णय गरिएको हो । स्पष्टीकरण सोध्नुअघि पनि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी अध्यक्ष चौधरीलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले ९ गते शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए।

अध्यक्ष चौधरी पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा मुछिएकी छन्। उनले शनिबार शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि पार्टीको आन्तरिक विवाद झनै चुलिएको थियो।

रेशम श्रेष्ठले आफु जेलमा रहँदा जेलभित्रैबाट पार्टी गठन गरी १९ पुस २०७८ मा निर्वाचन आयोगमा दल दर्ता गर्दा रञ्जितालाई पार्टी अध्यक्ष बनाएका थिए । नातामा श्रीमान श्रीमती रहेका रंजिता र रेशम चौधरीबीच पछिल्लो समय विवाद बढ्दै गएको थियो।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश

काठमाडौं – मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो ।

४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए ।

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ विजयी

बागमती- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

बुधबार प्रदेश सभा सचिवालयपरिसरमा भएको मतदानमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आठ मतले पराजित गरेका हुन्।

बानियाँले कुल ३७ सदस्यीय संसदीय दलमा २२ मत प्राप्त गर्दा लामाले १४ मत प्राप्त गरे । एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसअघि मंगलबार लामाविरुद्ध परेको अविश्वास प्रस्तावमा २२ मत पक्षमा र १५ मत विपक्षमा परेको थियो। अविश्वासको प्रस्ताव पारित भएसँगै लामाले दलको नेताको हैसियत गुमाएका थिए।

बानियाँ र लामाबिच दोस्रोपटक दलको नेतृत्वका लागि प्रतिस्पर्धा भएको हो। यसअघि पहिलोपटक १३ पुस ०७९ मा भएको निर्वाचनमा बानियाँ पाँच मतले पराजित भएका थिए। लामाले त्यतिवेला २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए।

९ साउनमा बानियाँको नेतृत्वमा २१ सांसदले दर्ता गराएको अविश्वास प्रस्तावपछि लामा नेतृत्वको सरकारमा रहेका पाँचजना मन्त्रीले राजीनामा दिँदै बानियाँको पक्षमा उभिएका थिए। संसदीय दलको नेतामा पराजित भएका लामाले पदबाट राजीनामा नदिने दोहोर्‍याएका छन्।

भारतबाट आयात गरिएका सामानहरूमा अमेरिकाले २५% कर लगाउने

अमेरिकाले भारतबाट आयात गरिएका सामानहरूमा २५% कर लगाउनेछ “र रूसी ऊर्जा र हतियार खरिद गरेमा थप जरिवाना” लगाउने राष्ट्रपति ट्रम्पले बताएका छन्।

उनले भारतले रुसी सैन्य उपकरण र ऊर्जा खरिद गरेको पनि आलोचना गर्दै, रुस भारतबीचको व्यापारका कारण भारतलाई थप जरिवाना स्वरुप अन्य व्यापारिक कर लगाउने पनि बताएका छन्।

भारतबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन , यधपी भारतले महिनौंदेखि अमेरिकासँग व्यापार सम्झौताको लागि वार्ता गरिरहेको छ। गत वर्ष, अमेरिकाको भारतसँग $४५.८ बिलियन (£२६.१ बिलियन) को व्यापार घाटा रहेको समेत अमेरिकाले बताएको छ ।

आन्तरिक विवादकाबीच बागमतीमा ३ मन्त्री नियुक्त: आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

बागमती प्रदेशका ५ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि आफुलाई मुख्यमन्त्री पदबाट हटाउन उनले आफु विरुद्द षडयन्त्र भएको बताएका छन्। संसदीय दलको नेताको हैसियत गुमाएका लामाले आफुले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएको हो भन्दै मुख्यमन्त्री पदबाट राजिनामा नदिने अडान राखेका छन्।

विवादकाबीच लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने,माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिएको छैन।

यसैबीच, आज नेपाली कांग्रेसले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ ।मुख्यमन्त्री लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएको हो ।

बेलायतले प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिने चेतावनी

बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले इजरायलले गाजामा भइरहेको मानवीय संकट अन्त्य गर्न तत्काल र ठोस कदम नचालेमा बेलायतले प्यालेस्टिनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका छन्। यो बयान बेलायतको परम्परागत मध्यपूर्व नीति विरुद्ध एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ, विशेष गरी जब फ्रान्सले यसै सेप्टेम्बरभित्र प्यालेस्टिनको मान्यता दिने योजना सार्वजनिक गरिसकेको छ।

डाउनिङ स्ट्रिटबाट जारी वक्तव्यमा प्रधानमन्त्री स्टार्मरले भने, “गाजाको अवस्थालाई अब बेवास्ता गर्न सकिन्न। इजरायलले यदि पूर्ण युद्धविराम र दीर्घकालीन शान्ति प्रक्रिया तर्फ प्रतिबद्धता देखाएन भने, बेलायतलाई निर्णायक कदम चाल्न बाध्य बनाइनेछ।” उनले गाजामा जारी बमबारी र आमनागरिकको दु:खद अवस्थालाई ‘असहनीय’ भन्दै तत्काल शान्ति कायम गर्न आह्वान गरे।

यसअघि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि इजरायलले युद्द अन्त्य नगरेमा सेप्टेम्बरसम्म प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका थिए। बेलायत र फ्रान्सजस्ता युरोपेली शक्तिहरूले एउटै धारमा यस्ता कूटनीतिक चेतावनी दिँदा इजरायलमाथि दबाव झनै तीव्र बनेको छ।

इजरायलको दीर्घकालीन मित्रराष्ट्र मानिने युरोपेली मुलुकहरूले अब उसमाथि आलोचना गर्न थालेको यस कदमलाई ऐतिहासिक मोडको रूपमा हेरिएको छ। यदि यी मुलुकहरूले प्यालेस्टिनलाई मान्यता दिए, भने यसले इजरायललाई कूटनीतिक धक्का पुर्‍याउनुका साथै प्यालेस्टिनहरूका लागि ठूलो राजनीतिक जीत हुने सम्भावना छ।

अब इजरायलले यस चेतावनीलाई गम्भीर रूपमा लिन्छ वा प्रतिरोधको बाटो रोज्छ भन्ने कुरा समयले देखाउनेछ। तर युरोपबाट आएको सन्देश स्पष्ट छ — अन्ध समर्थनको युग अब समाप्त हुँदैछ।

अमेरिकाले उत्तर कोरियालाई आणविक शक्ति रूपमा स्वीकार गर्नुपर्छ:किम यो-जोंग

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनकी बहिनी तथा कोरियन वर्कर्स पार्टीकी उच्च पदस्थ नेतृ किम यो-जोंगले अमेरिका अब उत्तर कोरियालाई स्थायी रूपमै आणविक हतियार सम्पन्न राष्ट्रको रूपमा स्वीकार गर्नुपर्ने बताएकी छन्।

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सीले मंगलबार प्रकाशित गरेको वक्तव्यमा पार्टी केन्द्रीय समितिको उप-महानिर्देशकको रूपमा कार्यरत किमले भनिन्, “अब कुनै पनि सम्भावित वार्ता उत्तर कोरियालाई अपरिवर्तनीय रूपमा आणविक राष्ट्रको रूपमा मान्यता दिइएको आधारमा मात्र हुन सक्छ।”

उनले यो पनि स्पष्ट पारेकी छन् कि किम जोङ-उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको व्यक्तिगत सम्बन्धलाई उत्तर कोरियालाई निशस्त्रीकरण गर्न दबाब दिनका लागि प्रयोग गर्नु अनुचित हुनेछ।

उनले भनिन्, “ट्रम्पको पहिलो कार्यकालको तुलनामा अहिले उत्तर कोरियाको क्षमता र भू-राजनीतिक परिवेश पूर्ण रूपमा परिवर्तन भइसकेको छ, त्यसैले त्यो पुरानो परिवेशमा भएको कूटनीतिक प्रयास अहिले सान्दर्भिक छैन।”

“यदि कोही यो यथार्थलाई अस्वीकार गर्ने प्रयास गर्छ भने त्यो पूर्ण रूपमा अस्वीकार गरिनेछ,” किमले चेतावनी दिँदै थपिन्, “उत्तर कोरिया अहिलेको राष्ट्रिय स्थितिको रक्षा गर्नका लागि कुनै पनि विकल्प अपनाउन खुला छ।”

उनले यसबाहेक यो पनि बताइन कि दुई आणविक राष्ट्रबीच द्वन्द्वको बाटो लिइनु दुबै पक्षका लागि लाभदायक हुने छैन।

किमले भनिन्, “हाम्रो राष्ट्रप्रमुख र वर्तमान अमेरिकी राष्ट्रपतिबीचको व्यक्तिगत सम्बन्ध खराब छैन। तर, यदि यी सम्बन्धहरूलाई निशस्त्रीकरणका लागि प्रयोग गरिन्छ भने, त्यसलाई हामीप्रति गरिएको व्यङ्ग्यका रूपमा मात्र बुझिनेछ।”

वक्तव्यको अन्त्यमा उनले भनिन्, “यदि अमेरिका अहिलेको परिवर्तनलाई स्वीकार गर्न असफल रहन्छ र विगतका असफल रणनीतिमा नै अडिन्छ भने, उत्तर कोरिया र अमेरिकाबीचको वार्ता बैठक केवल अमेरिकाको एकपक्षीय आशामा सीमित हुनेछ।”

डोनाल्ड ट्रम्पले सन् २०१८ देखि २०१९ सम्म उत्तर कोरियाली नेता किम जोङ-उनसँग तीनपटक भेट गरेका थिए, जहाँ उत्तर कोरियाको निशस्त्रीकरणको सट्टामा सुरक्षा ग्यारेन्टी र आर्थिक सहायताको प्रस्ताव गरिएको थियो। तर, ती कूटनीतिक प्रयासहरू ऐतिहासिक भए पनि दीर्घकालीन सहमति कायम हुन सकेन, र वार्ता अवरुद्ध भयो।

उत्तर कोरियासँग हाल अनुमानित ५० वटा आणविक हतियार छन्, र उसले ती हतियारहरूलाई अमेरिका र दक्षिण कोरियाबाट सम्भावित आक्रमणको प्रतिरोधका लागि अत्यावश्यक ‘निवारक शक्ति’ मान्दै आएको छ। यी दुई राष्ट्रले नियमित रूपमा उत्तर कोरियाको सीमावर्ती क्षेत्रमा सैन्य अभ्यास गर्दै आइरहेका छन्।

इजरायली आक्रमणमा हालसम्म ६० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु: गाजामा भोकमरीको भीषण संकट

सन् २०२३ को अक्टोबरदेखि गाजामा सुरु भएको युद्धपछि अहिलेसम्म इजरायली सेनाद्वारा कम्तीमा ६०,०३४ प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो भयावह तथ्यांक मंगलबार सार्वजनिक गरिएको हो। मंगलबार मात्रै बिहानैदेखि कम्तीमा ६२ जना प्यालेस्टिनी मारिएका छन्।

यसैबीच, भोकमरीको “सबैभन्दा खराब अवस्था” गाजामा देखा परिरहेको अन्तर्राष्ट्रिय भोकमरी अनुगमन प्रणाली आइपिसीको पछिल्लो प्रतिवेदनले जनाएको छ।

“गाजा क्षेत्रको अधिकांश भागमा खाद्य उपभोगका लागि भोकमरीको स्तरमा पुगिसकेको छ, र गाजा सहरमा गम्भीर कुपोषणको अवस्था कायम भइसकेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ।

“निरन्तर द्वन्द्व, व्यापक विस्थापन, मानवीय सहायता प्रवेशमा अत्यधिक प्रतिबन्ध, र स्वास्थ्य सेवाजस्ता अत्यावश्यक सेवाकोप्रतिबन्धकाबिच संकट अब गम्भीर र प्राणघातक मोडमा पुगेको छ,” रिपोर्टले चेतावनी दिएको छ।

खाद्य उपभोगमा तीव्र गिरावट आएको छ, जसमा प्रत्येक तीनमध्ये एक व्यक्तिले दिनौंसम्म खाना नपाएको अवस्था देखिएको छ।

जुलाई महिनाको पहिलो भागमा कुपोषण तीव्र गतिमा बढेको र अप्रिलदेखि मध्य जुलाईसम्म २०,००० भन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको उपचारका लागि अस्पतालमा भर्ना गरिएको उल्लेख गरिएको छ। तीमध्ये ३,००० भन्दा बढी बालबालिका गम्भीर रूपमा कुपोषित छन्।

यो भोकमरी संकट गाजाको सबै वर्गमा गहिरिएर फैलिएको छ। युएन वोमेनकी कार्यकारी निर्देशक सिमा बहोसका अनुसार गाजाका १० लाख महिला र किशोरीहरूले “भोकै मर्ने वा खाना खोज्दा ज्यानको जोखिम उठाउने” असम्भव विकल्पको सामना गरिरहेका छन्।

“यो भयावहता अब अन्त्य हुनुपर्छ,” बहोसले सामाजिक सञ्जालमा लेख्दै भनिन्। उनले गाजामा अवरुद्ध मानवीय सहायता सहजरूपमा प्रवेश गराउन, बन्धकको रिहाइ गर्न र स्थायी युद्धविराम गर्न आह्वान गरेकी छन्।

गिरीबन्धु टी इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वत: सरकारको हुन्छ : भूमिमन्त्री

काठमाडौैं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा अन्य प्रयोजनमा प्रयोग भएको पाइए त्यो स्वत: सरकारको हुने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले जग्गा धनीले हदबन्दीभित्रको जग्गाको स्वामित्व लिन पाएपनि बाँकी सरकारको नाममा आउने बताए ।भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले प्रयोजनबाहेकको काममा गिरीबन्धु टी इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने बताएका हुन् ।

मन्त्री अधिकारीले तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था रहेको बताए ।उनले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यसअनुसार नै जग्गा वितरण हुने बताए ।भूमिहीन दलित तथा सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ बास्तविक जनताको समस्या समाधान हुने गरी विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

संसदीय दलको नेताबाट हटेको हो, मुख्यमन्त्रीबाट राजीनामा दिन्न : मुख्यमन्त्री लामा

काठमाडौँ- — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा आफू विरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ,”कांग्रेसको संसदीय दलको नेतामा विश्वासको मत गुमाएको हो,मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन” ।

यसअघि, बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर समेत बुझाएका थिए । लामालाई दवाब दिनकै लागि बागमती प्रदेशका पांच जना मन्त्रीहरुले राजिनामा समेत दिएका थिए । उनीविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा २२ जना सांसद रहे भने लामाको पक्षमा १५ जना सांसद देखिए।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।

भूमि विधेयकमा कांग्रेसको पाँचबुँदे संशोधन प्रस्ताव

काठमाडौं- भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेसले पाँचबुँदे संशोधन प्रस्ताव राखेको छ ।

विधेयकमाथिको दफावार छलफलका क्रममा कांग्रेसले विधेयकमा सुधारका लागि भन्दै संशोधन प्रस्ताव राखेको हो । जसमा संवैधानिक व्यवस्था, सर्वोच्च अदालतका व्याख्या/फैसलालाई हेर्नुपर्ने र सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई एकै ठाउँमा राख्न नहुने विषय समावेश छ ।

पहिलो : हदबन्दी छुट जुन प्रयोजनको लागि लिइएको हो त्यो भन्दा फरक प्रयोजनमा प्रयोग गर्न पाउने गरी कानुनी बाटो खोल्नु हुँदैन ।

दोस्रो : भूमि र वनको विषय प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारसँग समेत सम्बन्धित छ । यसकारण समन्वय आवश्यक छ ।

तेस्रो : सुकुमवासी, भूमिहीन र अव्यवस्थितलाई एकै ठाउँमा रोखेर हेर्नुहुँदैन ।

चौथो : भूमि विधेयक ऐनमा रुपान्तरित भए जंगल फडानी हुन्छ भन्नेहरूको आशंका चिर्नुपर्छ ।

पाँचौं : निर्देशिका वा कार्यविधि बनाउने अधिरकार सरकारलाई नदिऔं ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकले तीन वटा ऐन संशोधन गर्न खोजेको छ । जसमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ रहेका छन् ।

पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउनु हुन्न

विद्या भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन ।

काठमाडौँ- नेकपा एमालेले भदौ २०–२२ मा ललितपुरको गोदावरीमा आयोजना हुने दोस्रो विधान महाधिवेशनको तयारी गर्दै भाद्र १० गतेसम्म विधान संशोधनमाथि सुझाव पठाउन निर्देशन दिँदै अन्तरपार्टी निर्देशन जारी गरेको छ।

एमालेले जारी गरेको उक्त अन्तरपार्टी निर्देशनमा,सम्माननीय पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भमा “उनको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनु हुँदैन” भन्ने कुरा उल्लेख गरेको छ। उक्त सन्दर्भमा अन्तरपार्टी निर्देशनमा लेखिएको छ :

“लोकतान्त्रिक गणतन्त्र एउटा राजनीतिक प्रणाली मात्र होइन, यो आफैमा संस्कृति, मूल्य र आचरण पनि हो । हामीले अवलम्बन गर्ने अभ्यास, अनुकरण गर्न े शैली र स्थापित गर्ने मान्यताहरूले यसलाई समग्र पद्धतिको रूपमा विकास गर्दै लैजान्छन् । डेढ दशक अगाडि मात्रै स्थापना गरिएको लोकतान्त्रिक गणतन्त्रलाई समग्र प्रणाली र राष्ट्रको जीवनका रूपमा स्थापित गर्न हामीले तदनुरूप सचेतना र संयमका साथ काम गर्दै जानुपर्छ । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक, पालनकर्ता र नेपाली सेनाको परमाधिपतिजस्ता गुरुत्तर दायित्व सुम्पिएको छ । यो भूमिका आफैमा अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्वको छ । राष्ट्रपति संस्थाको यही गरिमामय ओहदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्य संस्थागत आबद्धताबाट पूर्ण रूपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रूपमा राष्ट्रपति
रहने मुलुकको प्रबन्धभन्दा भिन्न रहेको स्पष्ट छ ।

यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन् । भविष्यको
कुनै आश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सात दशकभन्दा बढी समय बलिदानी सङ्घर्षको अग्रमोर्चामा रहेको र नेपालको संविधान निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका खेलेको नेकपा (एमाले) यस प्रणालीलाई रक्षा, विकास र सुदृढ गर्न दृढ सङ्कल्पित छ । सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढङ्गले ती ओहदाहरूलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ । नेपालमा लैङ्गिक समानता र समावेशिताको ‘आइकन‘का रूपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गतः वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’का रूपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ । पार्टी नेताका रूपमा रहँदा होस् या मुलुकको राष्ट्राध्यक्ष रहँदा र त्यसबाट
अवकाश प्राप्त गर्दा, उहाँ हाम्रा निम्ति सधै सम्मानित रहँदै आउनुभएको छ ।
यिनै पृष्ठभूमि, सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर केन्द्रीय कमिटी संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक
मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयम्को सम्मानित व्यक्तित्वलाई विवादित बनाउने काम गर्नुहुँदैन भन्ने मान्यतामा उभिनुपर्ने हुन्छ ।

पार्टीको नवौ केन्द्रीय कमिटीको बैठकले उपरोक्त मान्यताका आधारमा सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सम्वन्धमा निम्नानुसारको निर्णय गरेको छः

“सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनु हुँदैन ।अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।“

भाद्र १० गतेसम्म विधान संशोधनबारे सुझाव पठाउन एमालेको निर्देशन

काठमाडौं – नेकपा एमालेले भाद्र १० गतेसम्मको समय तोक्दै केन्द्रीय कमिटीबाट प्रस्ताव गरिएको विधान संशोधनमाथि सुझाव पठाउन निर्देशन दिएको छ।

विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रुपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनु पर्नेछ र यसरी प्राप्त सुझावहरू उपर विधान महाधिवेशन पूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्क निर्णय लिइनेछ ।

पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन समेत दिएको छ ।

अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ,“सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय
राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।”

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।

राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेश राख्ने सुविधा दिन माग गर्दै निवेदन दिएका थिए, तर तीन वर्षभन्दा बढी कैद हुनसक्ने अभियोग लागेको भन्दै विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको हो । विशेष अदालतले गत महिना पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटीमा छुटे पनि उनी मुद्दाको तारेखका दिन विशेष अदालतमा उपस्थित भएर हाजिर हुनुपर्छ ।तर राजनीतिक गतिविधिका लागि देशका विभिन्न भागमा जानुपर्ने भन्दै नेपालले वारेश राख्ने सुविधा मागेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ८९ मा भएको व्यवस्था हेर्ने हो भने भ्रष्टाचार मुद्दा लागेका आरोपितलाई वारेस राख्ने सुविधा हुँदैन ।

तर त्यही ऐनको दफा ९५ मा ‘काबु बाहिरको परिस्थितिले तोकिएको तारिखमा उपस्थित हुन नसक्ने अवस्था सिर्जना भएमा’ वारेसको सुविधा माग्न सक्ने व्यवस्था छ ।

विशेष अदालतले आदेशमा भनेको छ,‘यी प्रतिवादी (माधवकुमार नेपाल)लाई तीन वर्षभन्दा बढी कैद सजाय हुनसक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन । कानुनबमोजिम गर्नू ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठ, २०८२ मा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलिको जग्गा सट्टापट्टाको अनुमतिसम्बन्धी निर्णय गर्दा भ्रष्टाचार गरेको आरोप लगाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

१८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबीसहित दायर मुद्दामा विशेष अदालतले उनीमाथि ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने कानुनी दफा प्रयोग गरेको थियो ।

आज नाग पञ्चमी

काठमाडौं — देशभरका नेपालीहरुले आज नागथान र नागहरूको पूजा गरेर नाग पञ्चमी मनाउँछन्।

श्रावण महिनाको शुक्ल पक्षको पाँचौं दिन मनाइने यो पर्व घर, मन्दिर र पवित्र पोखरीहरूमा सर्प देवताहरूको अनुष्ठान, भेटी र प्रतीकात्मक पूजाद्वारा चिन्हित गरिन्छ। आज मानिसहरूले पाटनमा नाग बहल र कीर्तिपुरमा नाग दह जस्ता नाग देवताहरूलाई समर्पित नाग पोखरीहरू र तीर्थस्थलहरूमा दूध, चामलको हलवा, दुबो घाँस र फूलहरू चढाएर पुजा गर्दछन।

आज गोबर र माटो प्रयोग गरेर आफ्नो घरको मूल ढोकामाथि नागहरूको चित्र टाँस्ने गरिन्छ। यसरि घरको मूल ढोकामा नागको तस्वीर राख्नाले सर्पले दुख नदिने र दुर्भागबाट बचाउँछ भन्ने विश्वास रहिआएको छ । चित्रहरूमा प्रायः अनन्त, वासुकी, तक्षक, कार्कोटक, पद्म, महापद्म, शंख र कुलिक सहित आठ प्रमुख सर्प देवताहरू चित्रण गरिएका हुन्छन्।

नाग पंचमी केवल धार्मिक अभ्यास मात्र नभएर प्रकृतिलाई सम्मान गर्ने र मानिस र अन्य प्राणीहरू बीचको सद्भाव र प्राकृतिक सन्तुलनको महत्त्वको रुपमा पनि रहिआएको छ।

धेरै समुदायहरूमा, विशेष गरी मधेस र पहाडी क्षेत्रहरूमा, इनार, नदी र ढुङ्गाको धाराहरूमा विशेष पूजा गरिन्छ, जहाँ सर्पहरू बस्ने विश्वास गरिन्छ।नाग पंचमीमा नाग्देवाताको पुजा गर्नाले र नागहरूलाई शान्त पार्नाले कालसर्प दोषलाई रोक्न सकिन्छ भन्ने विश्वास रहिआएको छ।

नाग पञ्चमी नेपालको आध्यात्मिकता, प्रकृति पूजा र लोक परम्पराको अद्वितीय मिश्रणको जीवन्त प्रमाण हो। आधुनिकीकरणको प्रभावको बावजुद, यो पर्वले राष्ट्रको सांस्कृतिक चेतनामा विशेष स्थान राख्दै आएको छ ।

१० औं राष्ट्रिय खेलकुदको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्नेगरी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाइ निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा, परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा जोड दिंदै प्रतियोगिताको मिति र स्थानबारे राम्रोसंग अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि निर्देशन दिएका छन्।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङलगायत सहभागी थिए।

सर्पदंश र रेबिज विरुद्धको खोप आपूर्ति

काठमाडौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको जानकारी दिए ।

विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० डोज खोप प्रदेशमा पठाइएको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार खोप आपूर्ति भएको छ ।

यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम खोप सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।

मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।

इजरायलसँग सहकार्य गर्ने कुनै पनि जहाजमा आक्रमण गर्ने हुथी विद्रोही समुहको चेतावनी

यमनको अन्सार अल्लाह आन्दोलनका हुथी विद्रोहीहरूले इजरायली बन्दरगाहहरूसँग काम गर्ने सबै कम्पनीहरूसँग सम्बन्धित जहाजहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।

हुथी विद्रोही समुहका प्रवक्ता याह्या सारीले आफ्नो हतियारको पहुँचमा आउने त्यस्ता सम्पूर्ण जहाजहरुमा आक्रमण गर्ने चेतावनी दिएको हो।

“यमनको सशस्त्र सेनाले प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो सैन्य अपरेशन सक्रिय गर्ने र शत्रुको जहाज नाकाबन्दीको चौथो चरण लागू गर्न सुरु गर्ने निर्णय गरेको छ।

अमेरिका आयात हुने सबै युरोपेली सामानमा १५% कर सहितको व्यापार सम्झौता

संयुक्त राज्य अमेरिका र युरोपेली संघ एक व्यापार सम्झौतामा पुगेका छन् जसमा अमेरिकामा आयात हुने सबै युरोपेली सामानहरूमा १५% को पूर्ण कर लाग्नेछ। ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनबीच स्कटल्याण्डमा भएको उक्त सम्झौतालाई लेयनले “विशाल सम्झौता” भनेकी छिन्।यदि १५% करको उक्त सम्झौता नभएको अगस्टको पहिलो दिन युरोपेली मुलुकले निर्यातमा ३०% करको मार बेहोर्नुपर्ने पनि उनले बताइन।

यसैबीच, राष्ट्रपति ट्रम्प भन्छन् कि युरोपेली संघले सयौं अर्ब डलरको लगानी र ऊर्जा खरिदको वाचा गरेको समेत बताएका छन्।

सोहि कुरामा सहमति जनाउदै, युरोपेली संघले अमेरिकी ऊर्जा उत्पादनहरू खरिद गरेर संयुक्त राज्य अमेरिकासँग सहयोग बढाउने लेयनले बताएकी छन्।

“हामी रूसी ग्यास र तेललाई अमेरिकी उर्जा , तेल र आणविक इन्धनको महत्त्वपूर्ण खरिदले प्रतिस्थापन गर्नेछौं,” उनले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ “आजको सम्झौताले अनिश्चित समयमा निश्चितता सिर्जना गर्दछ। यसले एट्लान्टिकका दुवै छेउका नागरिकहरू र व्यवसायहरूका लागि स्थिरता प्रदान गर्दछ।” यो विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको सम्झौता हो।”

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं – तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै सिन्धुली कमलामाईका युवराज पौडेलले अख्तियारमै उजुरी दर्ता गराएका छन् ।

पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् ।

गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित कामकारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनी न्यायिक टिप्पणी गरेको थियो ।

उनले नेपाल आयल निगमको जग्गा खरिदको निर्णय गर्दा पनि आपूर्ति मन्त्रालयको सचिवको रुपमा राई नै नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष भएको र जग्गा खरिद प्रकरणमा आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको भन्दै तामेलीमा राखिएको फाइलमाथि फेरि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका केही आरोपितहरुले आफूहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा नगद राखिदिएको भनी बयान दिएको तर प्रहरीले अख्तियार प्रमुख राईमाथि कुनै अनुसन्धान नगरेको भन्दै अख्तियार प्रमुख राईमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक

काठमाडौँ — सरकारले मिडिया काउन्सिललाई आफ्नो नियन्त्रणमा राख्ने गरी ल्याएको विधेयकले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारलाई संकुचित बनाउने देखिएको छ । काउन्सिलका अध्यक्षसहितका पदाधिकारीको नियुक्ति र बर्खास्तगीमा सरकार हाबी रहने गरी विधेयक बनाइएको छ ।

उक्त प्रावधानले काउन्सिलको स्वायत्तता कायम नरहने देखिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार हकको संरक्षण, संवर्द्धन र प्रवर्द्धनसहित पत्रकार आचारसंहिता जारी गरी त्यसको कार्यान्वयन गर्ने मुख्य भूमिका काउन्सिलको हो । तर काउन्सिलका पदाधिकारी आफूलाई नियुक्ति गर्ने सरकारप्रति जवाफदेही हुने भएकाले सरकारको चाहनाभन्दा फरक तथा स्वतन्त्र ढंगले काम गर्न सक्ने स्थिति नरहने देखिएको छ ।

सञ्चारमाध्यमको नियमन गर्ने स्वतन्त्र निकाय मिडिया काउन्सिल आफूमातहत रहने गरी सरकारले विधेयक अघि बढाएको छ । काउन्सिल अध्यक्षको नियुक्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको सिफारिसमा सरकारले गर्ने प्रावधान विधेयकमा समेटिएको छ । जबकि काउन्सिल अध्यक्षको योग्यता सर्वोच्च अदालतका न्यायाधीशसरहको हुने भनिएको छ । सञ्चार मन्त्रालयले राखेको सोही प्रावधान राष्ट्रिय सभाबाट पारित भएको छ ।

विधेयक अहिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । समितिका सभापति अम्मरबहादुर थापाले काउन्सिल अध्यक्षको नियुक्ति मन्त्रालयका सचिवले गरेको सिफारिसका आधारमा हुने गरी राष्ट्रिय सभाबाट पास भएको विधेयक समितिमा आएको बताए । ‘काउन्सिलका अध्यक्षको नियुक्ति गर्न सञ्चार सचिवको संयोजकत्वमा सिफारिस समिति बन्ने, सोही समितिले गरेको सिफारिसका आधारमा सरकारले नियुक्त गर्ने खालको विधेयक राष्ट्रिय सभाबाट पास भएको रहेछ । विधेयक समितिमा आइपुगेको छ,’ उनले भने ।

सञ्चार मन्त्रालयले गत १२ वैशाखमा ‘मिडिया काउन्सिल विधेयक, ०८०’ राष्ट्रिय सभामा दर्ता गरेको थियो । विधेयकमा काउन्सिलको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने भनिएको छ । नियुक्ति हुनुअघि मन्त्रालयको सचिवको नेतृत्वमा सिफारिस समिति गठन हुने र सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने विधेयकको दफा ६ को उपदफा २ मा उल्लेख छ । ‘उपदफा (१) बमोजिम काउन्सिलको अध्यक्ष र खण्ड (घ) र (ङ) बमोजिमका सदस्य नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा नेपाल सरकारले तोकेको विज्ञ सदस्य एकजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहनेछ,’ दफामा भनिएको छ ।

अध्यक्षका लागि आवश्यक योग्यता भने सर्वोच्च अदालतको न्यायाधीश वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको व्यक्ति भनिएको छ । विधेयकको दफा ७ को घ मा भनिएको छ, ‘अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको वा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको र पत्रकारिताको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभवसहित सो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको हुनुपर्नेछ ।’

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा छलफलका लागि दर्ता भएको सोही विधेयक हो । समिति सभापति थापाले काउन्सिल अध्यक्ष प्रतिनिधिसभाका सभामुख वा लोकसेवा आयोगका प्रमुख आयुक्तको सिफारिसमा सरकारले नियुक्त गर्ने गरी सुझाव आएको बताए । ‘विधेयकमा दफाबार छलफल हुँदै छ । भोलि पनि यही विषयमा छलफल राखिएको छ । काउन्सिलको अध्यक्ष सभामुखको सिफारिसमा सरकारले नियुक्त गर्ने खालका सुझाव आएका छन्,’ उनले भने ।

मिडिया काउन्सिल विधेयक तयार गर्नुअघि मन्त्रालयले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिले काउन्सिल संसद्मातहत रहने सुझाव थिएको थियो । त्यसो हुँदा काउन्सिल अध्यक्षको नियुक्ति राष्ट्रिय सभाका अध्यक्षले गर्ने मस्यौदामा प्रस्ताव गरिएको थियो । तर, सञ्चार मन्त्रालयले त्यसलाई हटाएर मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले काउन्सिल अध्यक्ष नियुक्त गर्ने प्रावधानमा विधेयकमा राखेको थियो ।

‘मिडिया काउन्सिल मुलुकभरका सबै सञ्चारमाध्यमलाई नियमन गर्ने निकाय हो । यो स्वतन्त्र रहनुपर्छ । सोही सिद्धान्तमा टेकेर हामीले काउन्सिल संसद्मातहत रहनुपर्ने सुझाव दिएका थियौँ । र, काउन्सिल अध्यक्षको नियुक्ति राष्ट्रिय सभाका अध्यक्षले गर्ने भनिएको थियो । तर, त्यो प्रावधान मन्त्रालयले हटायो । अहिले मन्त्रालयका सचिवको सिफारिसमा सरकारले काउन्सिल अध्यक्ष नियुक्त गर्ने प्रावधान राखिएको छ । यो बिल्कुल गलत छ,’ सूचना आयोगका प्रमुख आयुक्त आचार्यले भने । उनले काउन्सिल अध्यक्षको योग्यता सर्वोच्चको न्यायाधीशसरहको हुने भएकाले उसको नियुक्ति मन्त्रालयका सचिवको सिफारिसमा हुने प्रावधान युक्तिसंगत नहुने बताए ।

नेपाल पत्रकार महासंघले पनि काउन्सिल संसद्मातहत नै रहनुपर्ने सुझाव दिएको थियो । तर, मन्त्रालयले काउन्सिललाई सरकारको सचिवमातहत राख्ने गरी विधेयक अघि बढाएपछि महासंघले पटक–पटक ध्यानाकर्षण गराएको थियो । ‘मिडिया काउन्सिल स्वतन्त्र रहनुपर्छ । त्यसो हुँदा यो सरकार नभई संसद्मातहत रहने गरी हामीले सुझाव दिएका थियौँ । तर, सरकारले त्यसलाई मानेन । हामीले आन्दोलन गर्‍यौँ । अहिले काउन्सिललाई सरकारकै मातहत राख्ने राख्ने गरी विधेयक अघि बढेको छ । यसमा महासंघको आपत्ति छ,’ महासंघका महासचिव रामप्रसाद दाहालले भने ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुखले माइतीघरमा सुरु गरे सत्याग्रह

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सातबुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटक/पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेको भन्दै उनले सत्याग्रह सुरु गरेका हुन् । उनले माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन्। केश मुन्डन गरी सेतो वस्त्र धारण गरी उनी आजबाट सत्याग्रहमा बसेका छन् ।

उनले सत्याग्रह स्थलमा ‘आफ्नो होइन प्राणी जगतको चिन्ता गरौँ’, ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ’, ‘प्रकृतिको विनाश होइन संरक्षण गरौँ’ भन्ने प्लेकार्डको प्रदर्शन गरेका छन् । गुन्द्रीमाथि कम्मलमा बसेर उनले सत्याग्रह सुरु गरेका छन् । उनले आफ्नोनजिकै बाँस र बाँसबाट बनेका सामग्री पनि राखेका छन् ।

विद्या भण्डारीले पत्रकार सम्मेलनमा के-के भनिन् ?

काठमाडौँ- एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि र पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन नै आयोजना गरेर आफ्ना कुराहरु सार्वजनिक गरेकी छन्।

पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्न चाहेको विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।

भण्डारीले आफूले राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३४ वर्ष भइसकेको उल्लेख गर्दै अहिले ४५ वर्ष पुगेको र आफूलाई नेकपा (एमाले) को पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको भन्दै आफुले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेको समेत स्पष्ट पारेकी छन्। आफुले पार्टीको सदस्यता लिँदा मदनभण्डारी कोसी-सगरमाथा इन्चार्ज भएको कुरा स्मरण गर्दै पार्टीको सदस्यता लिएको ४५ वर्ष पुगिसकेको र आज आएर कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न नसक्ने र नमिल्ने उनले बताएकी छन।

“पार्टी हजारौँ सदस्यको रगत-पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन। जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,’ उनले भनिन्, ‘निर्धक्क ढुक्क भएर रहन आग्रह गर्छु । जननेता मदन भण्डारीले उठाएका कुरा र जबजले नै एमाले मुलुकको स्थायी शक्ति बन्न सक्छ।’

उनले पार्टीलाई थप सशक्त बनाउनु अबको दायित्व भएको पनि बताइन्।

bidhya bhandari 1
bidhya bhandari 2

बागमतीका मुख्यमन्त्री लामामाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै

हेटौडा – बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामामाथि अविश्वाशाको प्रस्ताव दर्ता गर्ने तयारि हुँदैछ।

९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ लिंदा काँग्रेसकै अर्का नेता इन्द्रबहादुर बानियाँलाई वर्ष दिनपछि पद छोड्नुपर्ने गरि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा लिखित सहमति भएको र हाल वर्ष दिन पुगेपछि सहमतिअनुसार मुख्यमन्त्री लामाले राजीनामा नदिएपछि सांसदहरू र मन्त्री आफैँले दबाब दिनुपरेको काँग्रेस निकट श्रोतले बताएको छ ।

लामालाई दवाब दिनकै लागि बागमती प्रदेशका चार मन्त्रीहरुले राजिनामा समेत दिएका छन्। राजिनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर समेत बुझाएका छन्।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

हेटौंडा – बागमती प्रदेशका ४ जना मन्त्रीहरुले एकैसाथ राजीनामा दिएका छन्।

राजीनामा दिनेहरुमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

बागमती प्रदेशमामा नेपाली कांग्रेसको संसदीय दलको नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्रीले एकैसाथ राजीनामा दिएको बुझिएको छ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।

इजरायलले प्यालेस्टिनी राज्य निर्माण गर्न दिने छैन -इजरायली रक्षामन्त्री

इजरायलले प्यालेस्टिनी राज्यलाई आफ्नो सुरक्षाको लागि खतराको रूपमा हेर्छ र प्यालेस्टिनी राज्य सिर्जना हुन दिने छैन, इजरायली रक्षामन्त्री इजरायल काट्जले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइनको सार्वभौमिकतालाई मान्यता दिने निर्णयमा टिप्पणी गर्दै भने।

“हामी हाम्रो सुरक्षालाई हानि पुर्‍याउने, हाम्रो अस्तित्व र जोखिममा पार्ने र इजरायलको भूमिमा हाम्रो ऐतिहासिक अधिकारको उल्लङ्घन गर्ने प्यालेस्टिनी अस्तित्वको सिर्जना गर्न दिने छैनौं। यो गम्भीर खतरालाई रोक्न हामी सबै एकजुट छौं,” उनले X सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति म्याक्रोनको प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयको कडा निन्दा गर्दै यसलाई “आतंकलाई पुरस्कृत गर्ने कदम” र “अर्को इरानी प्रतिनिधि सिर्जना गर्ने जोखिम” भएको बताए।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले जुलाई २४ मा संयुक्त राष्ट्र संघको महासभाको सेप्टेम्बर सत्रमा प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने बताएका थिए। उनको विचारमा, “आजको सबैभन्दा महत्त्वपूर्ण कुरा गाजामा युद्ध अन्त्य गर्नु र नागरिकहरूलाई राहत प्रदान गर्नु हो।” फ्रान्सेली नेताले “प्यालेस्टिनी आन्दोलन हमासको निशस्त्रीकरण सुनिश्चित गर्ने, साथै गाजाको सुरक्षा र पुनर्स्थापना सुनिश्चित गर्ने” आवश्यकतालाई जोड दिए।

मध्य पूर्वमा बढ्दो तनावको बीचमा आयरल्याण्ड, स्पेन र नर्वेले २०२४ मा प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेका थिए । सोभियत संघ, जसको रूस कानुनी उत्तराधिकारी हो, ले १९८८ मा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको थियो ।

फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ – म्याक्रोन

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले घोषणा गरेका छन् कि उनको देशले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिनेछ जुन उनले यस क्षेत्रमा “न्यायपूर्ण र दिगो शान्तिको लागि ऐतिहासिक प्रतिबद्धता” भनेका छन्।

बिहीबार X मा लेख्दै उनले भने , “सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा यस सम्बन्धमा औपचारिक घोषणा गर्नेछु ।आजको तत्काल आवश्यकता गाजामा युद्ध अन्त्य गर्नु र नागरिक जनसंख्यालाई उद्धार गर्नु हो,” ।

विश्वभरका धेरैजसो देशहरूले प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिए पनि, संयुक्त राज्य अमेरिका र यसका धेरै नजिकका सहयोगीहरूले त्यसो गरेका छैनन् । राष्ट्रपति म्याक्रोनको निर्णयसँगै, फ्रान्स G7 मा पहिलो प्रमुख देश हुनेछ जसले आधिकारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछन्।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ मा सुरु भएको द्वन्द्वमा ५९,००० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

११३ अर्ब रुपैयाँ ऋण लिने तयारीमा सरकार

काठमाडौं – सरकारले चालू आर्थिक वर्ष ८१/८२ को पहिलो त्रैमासिकको आन्तरिक ऋण योजनाको एक भागको रूपमा अक्टोबरको मध्यसम्ममा ११३ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय द्वारा जारी तालिका अनुसार, सरकारले तीन देखि एघार वर्षसम्म परिपक्व हुने गरी १० अर्ब रुपैयाँ बराबरको कुल ११ विकास ऋणपत्र जारी गर्नेछ। यसका साथै, पाँच वर्षको परिपक्वता अवधि भएका नागरिक बचतपत्रहरू मार्फत २.५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रहरू मार्फत ५० करोड रुपैयाँ उठाउने योजना छ।

घट्दो राजस्व र बढ्दो आवर्ती खर्चका कारण बढ्दो वित्तीय दबाबको बीचमा ऋण उठाउने सरकारको योजना आएको हो। दोस्रो त्रैमासिकमा (अक्टोबरको मध्यदेखि जनवरीको मध्यसम्म), सरकारले थप ८५ अर्ब रुपैयाँ आन्तरिक रूपमा ऋण लिने लक्ष्य राखेको छ – विकास ऋणपत्रहरू मार्फत ६० अर्ब रुपैयाँ र ट्रेजरी बिलहरू मार्फत २५ अर्ब रुपैयाँ। योजनामा २८ दिनदेखि एक वर्षसम्मको परिपक्वता भएका ५ अर्ब रुपैयाँ बराबरका पाँचवटा ट्रेजरी बिलहरू र तीनदेखि दश वर्षमा परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरका छवटा विकास बन्डहरू जारी गर्ने योजना समावेश छ।

जनवरीको मध्यदेखि २०२६ अप्रिलको मध्यसम्म सरकारले १०९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यसमा विकास बन्डहरू मार्फत ५६ अर्ब रुपैयाँ, ट्रेजरी बिलहरू मार्फत ५० अर्ब रुपैयाँ, नागरिक बचत बन्डहरू मार्फत २.५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचत बन्डहरू मार्फत ५० करोड रुपैयाँ समावेश छन्। आर्थिक वर्षको अन्तिम त्रैमासिकको लागि सरकारले थप ५५ अर्ब रुपैयाँ ऋण लिने योजना बनाएको छ।

आर्थिक वर्ष २०२५/२६ को लागि १.९६४ ट्रिलियन रुपैयाँको कुल खर्चमध्ये सरकारले १.३१५ ट्रिलियन रुपैयाँ राजस्व सङ्कलन मार्फत वित्तपोषण गर्ने योजना बनाएको छ। बाँकी रकम ३६२ अर्ब रुपैयाँ आन्तरिक ऋण, २३३ अर्ब रुपैयाँ विदेशी ऋण र ५३ अर्ब रुपैयाँ विदेशी अनुदान मार्फत पूरा गरिनेछ। सरकारले सार्वजनिक ऋणको ब्याज भुक्तानी र साँवा चुक्ताका लागि ३७५.२४ अर्ब रुपैयाँ छुट्याएको छ।

आर्थिक वर्ष २०२४/२५ को अन्त्यसम्ममा नेपालको कुल सार्वजनिक ऋण २.६६ ट्रिलियन रुपैयाँ पुगेको थियो, जुन केवल एक वर्षमा २३१ अर्ब रुपैयाँले बढेको छ। आवर्ती खर्च धान्न सीमित क्षमताका साथ, सरकारले विकास र सञ्चालन आवश्यकताहरूको लागि स्वदेशी र विदेशी ऋणमा बढ्दो रूपमा निर्भर रहेको छ।

थाई-कम्बोडियाली सीमा झडपमा पन्ध्र जनाको मृत्यु र दर्जनौं घाइते

कम्बोडियासँगको सीमामा भएको सशस्त्र झडपमा थाईल्याण्डमा एक सैनिक सहित कम्तिमा १५ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एजेन्सीका अनुसार, सुरिन प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने सिसाकेट प्रान्तमा एक सैनिक सहित नौ जनाको मृत्यु भएको छ। उबोन रत्चाथानी प्रान्तमा पनि एक जना नागरिकको मृत्यु भएको खबर छ।

कम्बोडियाको ओड्डार मिन्चे प्रान्तको विवादित सीमा क्षेत्र नजिकै जुलाई २४ को बिहान झडप भएको थियो।

गाजामा भोकमरीको संकट गहिरिँदै

इजरायली आक्रमणले गिजोलेको गाजा पट्टीमा भोकमरीको लहर चलिरहेको संयुक्त राष्ट्र संघिय स्वास्थ्य अधिकारीहरूले बताएका छन्। भोकमरीको लहरसँगै थप १० जना प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायलले युद्ध सुरु गरेदेखि भोकमरीले मृत्यु हुनेको संख्या १११ पुगेको छ, जसमध्ये धेरैजसो हालैका हप्ताहरूमा भएका छन्।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणमा कम्तिमा १३४ जना प्यालेस्टिनीहरू मारिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा यस वर्ष अहिलेसम्म भोकमारीबाट मृत्यु हुनेहरूमा पाँच वर्ष मुनिका २१ बालबालिका रहेको बताएको छ।

मर्सी कोर्प्स, नर्वेजियन शरणार्थी परिषद् र शरणार्थी इन्टरनेशनल लगायत १११ संस्थाहरूले एक विज्ञप्तिमा भनेका छन् कि गाजा बाहिर सिमानामा टनका- टन खाना र सफा पानी छन् तर ति सबैको आपूर्ति अवरुद्ध हुँदा “सामूहिक भोकमरी” फैलिरहेको छ। सहायता गर्न पुगेका समूहहरूलाई इजरायली सेनाले सहायता वितरणमा रोक लगाएको छ।

संयुक्त राष्ट्र संघ र गाजामा खाना पुर्‍याउन खोजिरहेका सहायता समूहहरूका अनुसार सहायता वितरण केन्द्रहरु नजिकै इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई गोली हानी मारेको छ।

युद्दको सुरुवातदेखि हालसम्म इजरायली आक्रमणमा परि साठी हजार भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने, दश लाख भन्दा बढीले आफ्नो घरबार छाडेर भागेका छन्।

रुस-युक्रेन शान्ति वार्ताको तेस्रो चरण सम्पन्न

इस्तानबुलमा रुस-युक्रेन शान्ति वार्ताको तेस्रो चरण समाप्त भएको छ।

यस वर्षको सुरुमा इस्तानबुलमा भएका दुई चरणका प्रत्यक्ष वार्ताहरू पछि भएको तेस्रो चरणको वार्ता मुख्यतया विभिन्न मानवीय मुद्दाहरूमा केन्द्रित रहे , जसमा मारिएका सैनिकहरूको पार्थिव शरीरको आदानप्रदान र कैदीहरूको आदानप्रदान समावेश रहेको छ। दुवै पक्षले शान्ति सम्झौताको आफ्नो दृष्टिकोणलाई रूपरेखा दिने मस्यौदा ज्ञापनपत्रहरू पनि आदानप्रदान गरेका छन्।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गरे , जसले युक्रेनसँग अघिल्लो वार्ताको नेतृत्व गरेका थिए। किभले पनि पहिले जस्तै टोली खटाएको थियो , जसको नेतृत्व अहिलेका पूर्व रक्षामन्त्री रुस्तेम उमरोभले गरे , जसलाई गत हप्ता ठूलो सरकारी फेरबदलको क्रममा देशको सुरक्षा परिषद्को प्रमुख नियुक्त गरिएको थियो।

नयाँ चरणको वार्ता “मुख्यतया दोस्रो चरणको समयमा आदानप्रदान गरिएका ती मस्यौदा ज्ञापनपत्रहरूसँग सम्बन्धित मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको भएपनि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्यौदा प्रस्तावहरू पूर्ण रूपमा विरोधाभासपूर्ण रहेकोले यसबारे कुनै पनि भविष्यवाणी गर्न नसक्ने बताएका छन्।

भण्डारीको राजनीतिक पुनरागमनको तयारी र एमालेभित्रको उथलपुथल

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको तयारीले एमालेभित्र तीव्र राजनीतिक तरंग पैदा गरेको छ। पार्टीको केन्द्रीय समितिले हालै गरेको निर्णयअनुसार भण्डारीलाई पुनः दलमा सक्रिय हुन रोक लगाइएको छ। पार्टी नेतृत्वको तर्क छ, राष्ट्रपतिको पद धारण गरिसकेकी व्यक्ति पुनः दलको सक्रिय राजनीतिमा फर्किनु संविधानको भावना र पदको मर्यादासँग मेल खान्न। यो निर्णयमा अध्यक्ष केपी शर्मा ओलीको बलियो भूमिका रहेको बताइन्छ।

तर एमालेभित्र यस निर्णयले गम्भीर विवाद निम्त्याएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य युवराज ज्ञवाली र कर्ण थापा जस्ता नेताहरूले यो निर्णयलाई असंवैधानिक र व्यक्तिगत अधिकारमाथिको हस्तक्षेप भनेका छन्। उनीहरूको भनाइमा, संविधानले कुनै पनि नागरिकलाई राजनीतिक अधिकारबाट वञ्चित गर्ने छुट दिँदैन र राष्ट्रपतिबाट अवकाश लिएपछि सक्रिय राजनीतिमा फर्कन नपाउने प्रावधान संविधानमा छैन।

भण्डारी स्वयंले पनि यो निर्णयलाई सहज रूपमा स्वीकार नगर्ने संकेत दिएकी छन्। उनका निकट नेताहरूले यसलाई राजनीतिक मात्र नभई कानुनी रूपमा पनि चुनौती दिने तयारी भइरहेको बताएका छन्। उनीहरूले अदालतमा र संसदमा यो विषय उठाइने र पार्टीले लिएको निर्णय लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारको उल्लङ्घन भएको प्रमाणित गरिने दाबी गरेका छन्।

भण्डारीको पुनरागमनको चर्चा सुरु भएसँगै पार्टीभित्र स्पष्ट ध्रुवीकरण देखा परेको छ। केही नेताहरू भण्डारीलाई आगामी महाधिवेशनमा नेतृत्वको वैकल्पिक केन्द्रको रूपमा हेर्छन् भने अध्यक्ष ओली निकट समूह यसलाई आफ्नो नेतृत्वको चुनौतीका रूपमा लिएको छ। यसबीच भण्डारीले हालैको केही राजनीतिक भेटघाट र अन्तर्राष्ट्रिय गतिविधिहरूले पनि आफूलाई प्रभावशाली रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छन्।

राजनीतिक विश्लेषकहरूको भनाइमा, यो विवादले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनलाई प्रभावित पार्दैछ। भण्डारीले कानुनी लडाइँ जिते वा पार्टीभित्र सहमति कायम गरिन् भने उनको राजनीतिक पुनरागमन सहज हुनेछ। तर एमाले नेतृत्वले आफ्नो निर्णयमा अडान जारी राखेमा यो विवाद अझ चर्किने र आगामी महाधिवेशनसम्म पुग्दा पार्टीभित्र ठूलो विभाजन निम्त्याउने अनुमान गरिएको छ।

नेपालको राजनीतिक वृत्तमा अहिले भण्डारीको राजनीतिक भविष्य र एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन मुख्य बहसको विषय बनेको छ। यो बहसको निष्कर्षले एमाले मात्र होइन, देशको समग्र राजनीतिक दिशा र नेतृत्व संरचनामा समेत गहिरो प्रभाव पार्ने निश्चित छ।

प्रतिनिधि सभा र संसदीय समितिहरूको बैठक : महत्वपूर्ण विधेयक र एजेन्डामा छलफल

काठमाडौँ- आज प्रतिनिधि सभा र तीन संसदीय समितिहरूको बैठक बस्दैछ , जहाँ महत्वपूर्ण विधेयक र राष्ट्रिय चासोका विषयमा छलफल हुनेछ ।

प्रतिनिधि सभाको चालु बैठकमा दुई महत्वपूर्ण विधेयक पेश गर्ने तयारी गरिएको छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यता, तीन संसदीय समितिहरूले पनि आ–आफ्ना एजेन्डामा बैठक बस्दैछन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ ।अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

विद्या भण्डारीको सदस्यता स्वत: निष्क्रिय भैसक्यो : शंखर पोख्रेल

काठमाडौं – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ ।

नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै , विधान अनुसार केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएका छन् ।

यधपी, यस अघि पार्टी केन्द्रिय कार्यालय च्यासलमा ओली र भण्डारीबीच भएको भेटघाट र छलफलपछि भने भण्डारीले पत्रकारहरुसंग कुरा गर्दै आफ्नो सदस्यता नवीकरण भैसकेको बताएकी थिइन्।

संसदमा रास्वपा र राप्रपाको अवरोध: दुवै पार्टीद्वारा संसद बहिष्कार

काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सांसदहरूले संसद अवरोध सुरु गरेका छन्।आफ्ना कुरा राखेर रास्वपा र राप्रपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसद विन्दवासिनी कंसाकारलाई बोल्न दिएको समयमा सांसद कंसाकारले स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको र उक्त विषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख गरिन्।

त्यसैगरी, राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले ठुला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। उनले कांग्रेस र एमाले दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताए।

सांसद लिङ्देनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको र भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने भन्दै जनीतिक तहमा नै छानबिन हुनुपर्ने माग गरेका छन ।

रास्वपा र राप्रपा सांसदहरूले सदन अवरोध गर्न थालेको ५८ दिन भयो ।

यस्ता छन् सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौँ- श्रावन ४ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त निर्णयहरू सार्वजनिक गरेको हो ।

mantri aprsihad nirnaya

अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।

परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

नर्सिङ, स्वास्थ्य सहायक (एचए), र फार्मेसी बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो । कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी सहभागी हुन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थालेको भन्दै नयाँ नीति अपनाइएको हो ।

परिषद्ले जीपीए प्रणालीलाई प्रयोगमा ल्याउँदै अब विद्यार्थीले जीपीएका आधारमा अनलाइन आवेदन दिई भर्ना प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाएको हो ।न्यूनतम जीपीए २.० वा पुरानो एसएलसी प्रणाली अनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

साथै, सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिने विशेष व्यवस्था मिलाइएको छ ।सरकारी विद्यालयमा पढेकाहरूको जीपीएमा १ अंक, निजी बोर्डिङ विद्यालयबाट आएका विद्यार्थीको जीपीएमा ०.८५ अंक मात्र थपिने व्यवस्था गरिएको छ । यसरी, सरकारी विद्यालयका विद्यार्थीलाई ०.१५ अंकको स्पष्ट अग्रता दिइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकबाट आठबुँदे प्रस्ताव पारित

काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेसनलगायत समसामयिक विषयमा आठबुँदे प्रस्ताव पारित गरको छ ।

केन्द्रीय कमिटीका सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधनसम्बन्धी प्रस्ताव पार्टीको प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने निर्णय भएको छ ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक कामका बारेमा जानकारी गराएका थिए ।

यसैगरी, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ । बैठकमा २६४ जना सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए।

काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति कोटाको पहिलो चरणमा ३ हजार ३६१ विद्यार्थी छनोट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत पहिलो चरणमा ३ हजार ३६१ विद्यार्थी छनोट भएका महानगरपालिकाले जनाएको छ।

छनोट भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने महानगरको शिक्षा विभागले जनाएको छ।

पहिलो चरणमा छनोट हुन नसकेका उत्तीर्ण विद्यार्थीलाई २०८२/०४/०९ पछि रिक्त सिटहरूमा योग्यताक्रमका आधारमा दोस्रो चरणको छनोटका लागि २०८२/०४/१० पश्चात् सूचना प्रकाशन गरिने शिक्षा विभागले जनाएकाे छ।

शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०% (४० अङ्क) प्राप्त गरी उत्तीर्ण भएका थिए।

देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए।

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग

काठमाडौँ — एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेकी छन्।

ओली कमरेडले दुई कार्यकाल अध्यक्ष चलाइसक्नु भयो, अब निसर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको समय हो भन्दै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाउनुपर्ने समेत तिम्सेनाले बताएकी छन्।

‘सधैँ पार्टी घेराबन्दीमा पर्‍यो-पर्‍यो भनिन्छ, पार्टी सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी कसरी हुन्छ ? यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको हो ?,’ उनको प्रश्न थियो,

‘हामी मिसन ८४ भनिरहेका छौँ, यो हलमा भएका कम्तीमा एक तिहाइले राज्यसत्ताको अभ्यास गरिरहेका छौँ अनि जनतालाई ८४ देखाएर हुन्छ ? आज हामी के गर्दैछौँ ? भन्ने कुरा मुख्य होइन र ?’

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री: बिपी कोइरालाको जीवनयात्रा

नेपाली राजनीति, साहित्य र समाज सुधारका लागि अविस्मरणीय योगदान दिएका विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको नाम नेपालको इतिहासमा उच्च स्थानमा रहेको छ। बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भारतको बनारसमा भएको थियो। उनका पिता कृष्णप्रसाद कोइराला नेपाली राजनीतिक आन्दोलनका एक महत्त्वपूर्ण व्यक्तित्व थिए।

बिपी कोइरालाले प्रारम्भिक शिक्षा भारतमै प्राप्त गरे। उनले विज्ञान विषय अध्ययन गरे पनि पछि कानुनको अध्ययन पूरा गरी वकालत गर्न थाले। तर, नेपालमा लोकतान्त्रिक आन्दोलन उत्कर्षमा पुगेपछि उनी राजनीतिक यात्रामा सक्रिय बने।

राणा शासनविरुद्ध संघर्षरत रहँदा बिपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि नेपाली कांग्रेसका रूपमा स्थापित भयो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे। राजा त्रिभुवनको नेतृत्वमा राणा शासन अन्त्य भएपछि बिपी कोइराला नेपाल सरकारका गृहमन्त्री बने। २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा ठूलो जीत हात पार्दै उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने।

प्रधानमन्त्रीको रूपमा रहँदा बिपी कोइरालाले कृषि सुधार, शिक्षा सुधार, औद्योगिक विकास र सामाजिक न्याय प्रवर्द्धन गर्ने महत्त्वपूर्ण नीति अघि सारे। उनले नेपाली जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ औद्योगीकरण र कृषिमा आधुनिकीकरणलाई विशेष प्राथमिकता दिए। तर, २०१७ सालमा राजा महेन्द्रले सैनिक कू गर्दै उनलाई सत्ताच्युत गरे। त्यसपछि उनले लामो समय जेल जीवन बिताए र पछि निर्वासनमा बस्न बाध्य भए।

भारत निर्वासनका क्रममा उनले नेपाली जनताबीच मेलमिलापको नीति अघि सारे। २०२८ सालमा उनी पक्राउ परेर भारतको जेलमा परे। तर, अन्तर्राष्ट्रिय दबाबका कारण उनलाई रिहा गरिएको थियो।

नेपाल फर्किएपछि उनले २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति अघि सारे। नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको लागि उनले निरन्तर संघर्ष गरे। २०३४ सालमा उनलाई फेरि गिरफ्तार गरिएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि भारत लगियो। त्यहाँबाट उनलाई अमेरिकाको मेसाचुसेट्स जनरल हस्पिटलमा लगियो, जहाँ उनले क्यान्सरको उपचार गराए।

उनको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उनी नेपाल फर्किए। २०३९ सालमा क्यान्सर रोगका कारण उनको निधन भयो।

बिपी कोइराला बहुआयामी व्यक्तित्वका धनी थिए। राजनीतिज्ञ मात्र नभएर उनी साहित्यकार पनि थिए। उनका सुप्रसिद्ध कृतिहरूमा ‘सुम्निमा’, ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’ लगायतका रचनाहरू पर्दछन्। उनको साहित्यिक कृतिहरूले नेपाली समाजलाई नयाँ दृष्टिकोण दिएका छन्।

बिपी कोइरालाको वैवाहिक जीवन पनि विशेष रूपमा उल्लेखनीय छ। उनले सुशीला कोइरालासँग विवाह गरेका थिए। सुशीलाले बिपी कोइरालाको राजनीतिक यात्रामा निरन्तर साथ दिएकी थिइन्। जेल जीवनदेखि निर्वासनसम्म उनले बिपी कोइरालाको हौसला बढाइन्। उनी परिवारिक रूपमा पनि जिम्मेवार व्यक्ति थिए। राजनीतिक संघर्षका बाबजुद उनले आफ्नो परिवारलाई सधैं माया र सम्मान प्रदान गरे।

बीपी कोइरालाको जीवनका केही रोचक घटनाहरू:

१. कारागारको अध्ययन
बीपी कोइरालाले आफ्नो जीवनको लामो समय जेलमा बिताए। उनले जेलमै बसेर अध्ययन गरे र विभिन्न साहित्यिक कृतिहरू लेखे । भारतको हजारीबाग जेलमा रहँदा उहाँले “जेल जर्नल” लेख्नुभयो, जसमा उहाँको राजनीतिक विचार, सपना र संघर्षको वर्णन छ। जेलमै रहँदा उहाँले रुसी साहित्य र समाजवादी सिद्धान्तको अध्ययन पनि गर्नुभएको थियो।

२. राजासँगको ऐतिहासिक भेटघाट
पञ्चायती शासनकालमा राजासँग वार्ता गर्न बीपी कोइराला स्वदेश फर्कनुभयो। उहाँले राजा वीरेन्द्रसँग भेटेर प्रजातन्त्र पुनःस्थापनाको माग गर्नुभयो। धेरैले उहाँलाई राजासँग सम्झौता गर्न गएकाे आरोप लगाए तर उहाँले स्पष्ट भन्नुभयो, “म प्रजातन्त्रको सौदाबाजी गर्न आएको होइन, जनताको अधिकारको वकालत गर्न आएको हुँ।”

३. शिक्षक बनेका बीपी
राजनीतिमा सक्रिय हुनुअघि बीपी कोइरालाले शिक्षकको रूपमा पनि काम गर्नुभएको थियो। भारतमा पढ्दादेखि नै उहाँले विद्यार्थीहरूलाई पढाउनुहुन्थ्यो। राजनीतिक सक्रियतासँगै साहित्य र शिक्षालाई पनि उत्तिकै महत्त्व दिने बीपी कोइराला आफ्नो भाषणहरूमा साहित्यिक सन्दर्भहरू जोड्न खुबै मन पराउनुहुन्थ्यो।

४. भारतबाट गुप्त रूपमा नेपाल प्रवेश
राणा शासनको विरोध गर्दै भारतमा निर्वासनको जीवन बिताइरहेका बीपी कोइराला नेपाल प्रवेश गर्न चाहन्थे। सन् १९५० मा उहाँ भारतीय नेता र नेपालका क्रान्तिकारीहरूसँग मिलेर योजनाबद्ध रूपमा गुप्त रूपमा नेपाल भित्रिनुभयो। उहाँकै नेतृत्वमा राणा शासनविरुद्धको क्रान्ति सफल भयो र नेपालमा प्रजातन्त्रको स्थापना भयो।

५. नाटकीय बचाउ र जेल यात्रा
सन् १९६० मा राजा महेन्द्रले बीपी कोइरालालाई गिरप्तार गरी सुन्दरीजल जेलमा राखे। जेलमा रहँदा उहाँलाई मानसिक र शारीरिक यातना दिइयो, तर उहाँ दृढ रहनुभयो। जेल जीवनको समयमा उहाँलाई क्यान्सर भएको थाहा भयो। त्यसपछि सरकारले उहाँलाई उपचारका लागि भारत पठायो, जुन घटनालाई धेरैले राजनीतिक रूपमा हेरेका थिए।

बिपी कोइरालाको योगदान नेपाली राजनीतिमा मात्र सीमित छैन। उनले नेपालमा समाजवाद, प्रजातन्त्र र मानव अधिकारको जग बसाले। उनको योगदानको सम्मानस्वरूप आज पनि नेपालमा उनको नाम उच्च सम्मानका साथ लिइन्छ। बीपी कोइरालाको जीवन संघर्ष, प्रेम, दर्शन र राजनीति सबैको अद्भुत मिश्रण थियो। उहाँले नेपाली राजनीतिमा मात्र नभई साहित्यमा पनि गहिरो प्रभाव छोड्नुभयो। नेपाली प्रजातान्त्रिक आन्दोलनका नायकका रूपमा उहाँको भूमिका कहिल्यै मेटिन सक्दैन।

मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता ल्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ गर्न लागेको हो ।

मुख्य सचिवको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । साथै सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरुलाई भनिएको छ ।

‘मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारी साधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने,’ सचिव बैठकको निर्णयमा भनिएको छ, ‘यदि कुनै पदाधिकारी/कर्मचारीहरूले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने ।’

मन्त्रालयमा रहेका सम्पूर्ण सवारी साधनको विवरण पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (पी.ए.एम.एस.) प्रणालीमा अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

आज बस्ने राष्ट्रिय सभा बैठकको कार्यसूची

काठमाडौं – राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे बस्दैछ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक पनि आजै बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ ।

महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । सो समितिमा लगातार यही विधेयकमाथि छलफल भइरहेको छ ।

आज ४३औं बीपी स्मृति दिवस

काठमाडौं – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरणमा आज ४३औं बीपी स्मृति दिवस मनाइँदैछ ।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएको थियो।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरू चीनले पुनर्निर्माण गरिदिने

काठमाडौं – रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरू चीनले पुनर्निर्माण गरिदिने भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ताका क्रममा चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन सियाओदोङले रसुवामा बाढीले पुर्‍याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने बताएका हुन्।

भेटवार्तामा अध्यक्ष सियाओदोङले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए।

संवैधानिक परिषद विधेयकमा राष्ट्रपतिले कानुनी परामर्श गर्ने

काठमाडौँ — बहुमतको अनुपस्थितिमा पनि निर्णय लिन सक्ने प्रावधानसहितको संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श गर्नुपर्ने कारण देखाएर रोकेका छन् । विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएर ३२ असारमा शीतल निवास पुगेको थियो ।

परिषद्का ६ सदस्यमध्ये २ जनाले मात्रै पनि नियुक्ति सिफारिस गर्न सक्ने नयाँ प्रावधानप्रति राष्ट्रपतिको चासो छ । कानुनमा गरिएको यो फेरबदलले संविधानको शक्ति सन्तुलनको सिद्धान्तविपरीत भएको बुझाई राष्ट्रपतिको रहेको शीतल निवास स्रोतले जनाएको छ । सोही कारण थप परामर्श गरेपछि मात्रै प्रमाणीकरण गर्ने वा एक पटकका लागि संसद्मा फिर्ता पठाउने भन्नेबारे राष्ट्रपति पौडेलले निर्णय लिने भएका छन् ।

राष्ट्रपतिसमक्ष पेस भएको विधेयक पन्ध्र दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा २ मा छ । राष्ट्रपतिलाई पुनर्विचार गर्न आवश्यक छ भन्ने लागेमा विधेयक पेस भएको पन्ध्र दिनभित्र सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा एक पटकका लागि फिर्ता पठाउन मिल्छ ।

संसद्ले दोस्रो पटक पारित गरेर पठाएपछि भने राष्ट्रपतिले पन्ध्र दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यता छ । यधपी,पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक पटक फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले दोहोर्‍याएर पारित गरेर पठाउँदा पनि १५ दिनभित्र प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेको कुरा नजिरको रुपमा स्थापित भैसकेको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।हाल कानुनमा गणपूरक संख्याका लागि अध्यक्ष र चार जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर संशोधित विधेयकमा गणपूरक संख्याका चारवटा अवस्था परिकल्पना गरिएको छ । त्यसको चौथो चरणमा पुग्दा दुई जनाले मात्रै पनि नियुक्तिको सिफारिसमा निर्णय लिन सक्ने प्रावधान राखिएको छ ।

परिषद्का अध्यक्ष र पाँच सदस्य रहेको अवस्थामा अध्यक्ष र कम्तीमा तीन सदस्यसहित कम्तीमा चार, अध्यक्ष र चार सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन, अध्यक्ष र तीन सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन जना भए गणपूरक पुग्ने भनिएको छ ।

त्यस्तै, अध्यक्ष र दुई सदस्य मात्र बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एक सदस्यसहित कम्तीमा दुई जना उपस्थित भए गणपूरक संख्या पुगेको मानिने व्यवस्था विधेयकमा गरिएको छ । नयाँ व्यवस्थाअनुसार परिषद्को बैठकमा कुनै विषयमा सर्वसम्मति कायम हुन नसकेमा अध्यक्षले अर्को बैठक बोलाउन सक्नेछन् ।

उक्त बैठकका लागि समय, मिति र स्थान तोकी बैठक बस्ने ४८ घण्टाअघि सूचना पठाउने भनिए पनि अब अनिवार्य रूपमा सूचना र कार्यसूची पठाउनुपर्ने बाध्यतासमेत हटाइएको छ । अघिल्लो व्यवस्थाले संवैधानिक नियुक्तिमा अनावश्यक जटिलता र ढिलाइ ल्याएकाले यस पटक सहज बनाइएको सरकारको तर्क छ ।

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा पक्राउ

काठमाडौँ -मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा(अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका छन्। आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइएको छ।
अदालतले पाँच दिनमा थुनामा राख्न म्याद दिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले बताएका छन् ।

एक किशोरीलाई विभिन्न आश्वासनमा उनले यौन शोषण गरेको भन्दै चार महिनाअघि नै उजुरी परेको थियो। उजुरी परेपछि उनी फरार भएका थिए।

७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ: ओली

७० वर्षे उमेर हद मान्नुछ भने मानेर बिदा लिए हुन्छ

काठमाडौँ- नेकपा एमालेको दुई दिनको पोलिटब्युरो बैठकमा ३ वटा कुराहरु मुख्य चर्चाको विषयको रुपमा रहे।

पहिलो विषय थियो ७० वर्षे उमेर हद दोश्रो एउटै पदमा २ कार्यकाल रहने सक्ने व्यवस्था र तेश्रो पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय।

तेश्रो विषय, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय ओली र भण्डारीबीच भएको भेटवार्ता लगतै भण्डारीले मेरो सदस्यता नवीकरण भैसकेको छ भन्ने अभिव्यक्ति सञ्चार माध्यममा दिएसंगै त्यो विषय केहि मत्थर बनेको छ। यधपी आगामी विधान महाधिवेशनले त्यस विषयमा के कस्ता निर्णय गर्छ भन्ने कुरा भने अझै चासोको विषय बनेको छ।

दोश्रो एउटै पदमा २ कार्यकाल रहने व्यवस्थामा पनि सायद विधान महाधिवेशनले टुंगो लगाउने नै छ। यधपी के कसरि सो विषको टुङ्गो लाग्नेछ त्यो भने अझै तुरुन्तै निर्क्यौल गर्न सकिने अवस्था छैन। त्यसो त ओलीले एउटै पदमा २ कार्यकाल रहने व्यवस्थामा पनि आफ्नो अडान कायमै राखेका छन्।

त्यसैगरी, ७० वर्षे उमेर हदको विषयमा भने, अध्यक्ष ओलीले आफु कामको हिसाबले अझै ५० वर्ष जस्तो खटिरहेको छु भन्दै सो उमेर हद नमान्ने अडान लिएका छन्।

७० वर्षे उमेर हद मान्नु पर्छ भन्ने विषय बैठकमा चलिरहदा उनले, ” को-कसलाई ७० वर्षे उमेर हद मान्नुछ माने हुन्छ र विदा लिए हुन्छ,” भनेर जवाफ दिएका थिए ।

१४ वर्ष जेल बस्दा काम गर्न नपाएको भन्दै, ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । पार्टीमा अझै पनि आफ्नो भूमिका अपरिहार्य देखेकोले ७० वर्षे उमेर हद हटाउने प्रावधान आफैले अगाडी बढाएको समेत उनले बताएका थिए।

ओली र भण्डारीबीच भएको भेटवार्तामा के के भयो ?

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओली र पुर्व राष्ट्रपति बिध्या देवी भण्डारीबीच पार्टी कार्यालय च्यासलमा भएको करिब डेढ घण्टा लामो वान टु वान भेटवार्ता सकिएको छ।

भण्डारीले पछिल्लो समय राजनीतिमा देखाउनुभएको सक्रियता र उनको पार्टी सदस्यता नवीकरणको विषयमा बढ्दै गरेको विवादले पार्टीभित्रै सुरु भएको ध्रुवीकरणकाबीच यो भेटलाई निकै चासोका साथ् हेरिएको छ।

भण्डारी र ओलीबीच भएको भेटमा के–के विषयमा छलफल भए भन्ने विषयमा अन्य कुनै पनि कुराहरु सार्वजनिक नगरीए पनि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।साथै भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताएकी छन्।

ओलीले बालुवाटारमै भेट्न बोलाए पनि अन्तिम समयमा पार्टी कार्यालय च्यासलमै पार्टीका अन्य वरिष्ठ पदाधिकारीबीच भएको यो भेटघाट र छलफलले कस्तो परिणाम ल्याउला त्यो भने हेर्न बाँकी नै छ।

रुपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

आयोगको स्वीकृत कार्यक्रम अनुसार असोज २१ गते बिहान १० देखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने, सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने छ।

त्यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ३ देखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने र असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

आयोगका अनुसार असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने, सोही दिन दिउँसो १ देखि ५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

आयोगका अनुसार निर्वाचन कार्यक्रम कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको छ।

रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

महानगर शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४ हजार १ सय ७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

जसमध्ये १० हजार ८ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुन न्यूनतम ४० अंक आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए ।

परीक्षाको उत्तरपुस्तिका ‘अप्टिकल मार्क रिकग्निसन’ ९ओमएआर० प्रणाली मार्फत जाँच गरिएको महानगरले जनाएको छ ।

यो प्रणालीमा मेसिनले उत्तरपुस्तिका स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जनाए ।

नतिजा महानगरको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ । विद्यार्थीहरूले आफ्नो एसईईको सिम्बोल नम्बर, जन्म मिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।

काठमाडौं महानगर अन्तर्गतका १ सय ६० संस्थागत विद्यालयमा करिब ४ हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जाने तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भदौ ३१ (सेप्टेम्बर १६) गते प्रधानमन्त्री ओली नयाँ दिल्ली जान लागेका हुन्।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन्। यद्यपि मिति तलमाथि हुन सक्ने परराष्ट्र स्रोतको भनाई छ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेको जनाएको छ।

त्यस अगाडि सचिवस्तरीय बैठक पनि हुने बताइएको छ। झण्डै ९ वर्षपश्चात नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो। आगामी ६ र ७ साउन(जुलाई २२ र २३)मा भारतको राजधानी नयाँदिल्लीमा बैठक बस्न लागेको हो। गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छ।

कांग्रेस नेता डा.शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक

काठमाडौं – पूर्व राष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर भेटेका कांग्रेस नेता डा.शेखर कोइरालाले आफूनिकटका सांसदहरुलाई छलफलका लागि डाकेका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका र हाल छलफल जारी रहेको उनि नेकिटका एक नेताले बताएका छन्।

पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग छलफलको क्रम तीव्र पारेपछि काँग्रेस केन्द्रिय कमिटीमा यसलाई निकै गम्भीरताका साथ हेरिएको छ। मूल नेतृत्व र गठबन्धन सरकारसंगको असन्तुष्टिले गर्दा यति बेला काँग्रेस पार्टीभित्रै ध्रुवीकरण बढ्दै गएको देखिन्छ।

नेपालको विधुत उत्पादन क्षमता ३,८७८ मेगावाट

काठमाडौँ- नेपालको विधुत उत्पादन क्षमता ३,८७८ मेगावाट पुगेको छ, जुन देशको ऊर्जा क्षेत्रमा एक प्रमुख कोशेढुङ्गा हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हालै पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन्।

आफ्नो कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले गत वर्ष मात्र राष्ट्रिय ग्रिडमा ६३१ मेगावाट नयाँ विधुत उत्पादन थपिएको बताएका छन्।

मन्त्री खड्काले बढेको क्षमताले नेपाललाई अतिरिक्त विधुत निर्यात गर्न सक्षम बनाएकोमा जोड दिए, जसमध्ये दैनिक ८०० मेगावाटभन्दा बढीविधुत भारत र बंगलादेशलाई बिक्री भइरहेको छ। नेपालले द्विपक्षीय सम्झौता अन्तर्गत ९४१ मेगावाट भारतमा निर्यात गर्ने र १,००० मेगावाट आयात गर्ने स्वीकृति प्राप्त गरेको पनि उनले बताएका छन् । यसका साथै, बंगलादेशमा डलरमा आधारित बिजुली निर्यात सुरु गरिसकेको र जसमध्ये ४० मेगावाट पहिले नै आपूर्ति भइसकेको र पाँच महिना भित्र अनुमानित १.२५ अर्ब रुपैयाँ राजस्व उत्पन्न हुने उनले बताए।

ऊर्जा मन्त्रालयले ऊर्जा विकास रोडम्याप २०८१ प्रस्तुत गरेको थियो, जसले २०३५ सम्ममा २८,५०० मेगावाट बिजुली उत्पादनको महत्वाकांक्षी लक्ष्य राखेको छ, जसको लागि ४६.५ अर्ब डलरको वित्तीय योजना आवश्यक छ। यस रोडम्याप अन्तर्गत, नेपालले भारत र बंगलादेशमा १५,००० मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ भने १३,५०० मेगावाट घरेलु खपतको लागि राखेको छ।

मन्त्रीले ३९७ किलोवाट साना जलविद्युत परियोजनाहरू, ६०३ किलोवाट सौर्य ऊर्जा प्रणाली, ३,५८४ बायोग्यास प्लान्टहरू, र ४,१४२ घरेलु सौर्य प्रणालीहरूको स्थापना सहित नीति र पूर्वाधारमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

एमालेमा भण्डारीको सदस्यता विवाद ‘पेन्डिङ’: पोलिटब्युरोमा दुई ध्रुव स्पष्ट

काठमाण्डौ – नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे उत्पन्न विवादलाई ‘पेन्डिङ’मा राख्दै तत्काल कुनै निर्णय नगर्ने निर्णय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली निकट र भण्डारी पक्षधर नेताहरूबीच कडा बहस भएको थियो।ओली पक्षले भण्डारीको सदस्यता नवीकरण विधानविपरीत भएको दाबी गर्दै आएको छन् भने भण्डारी पक्षले विधानको व्याख्या गर्दै सदस्यता स्वतः नवीकरण हुने व्यवस्था रहेको तर्क गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिँदै सदस्यता विवाद पार्टी विधानको धारा ८ र ९ मा आधारित रहेकाले तत्कालीन रुपमा कुनै निष्कर्षमा पुग्न नसकिएको र यसलाई ‘पेन्डिङ’मा राखिएको बताए। उनका अनुसार विधानको धारा ८ (३) ले पार्टी सदस्यता त्यागेर संवैधानिक पद सम्हालेको व्यक्तिले नयाँ प्रक्रियाबाट मात्रै पुनः सदस्यता लिनुपर्ने प्रावधान गरेको छ, जसका आधारमा ओली पक्षले भण्डारीको सदस्यता नवीकरण विधान सम्मत नरहेको बताउंदै आएको छ। भण्डारीले राष्ट्रपति पद सम्हाल्नुअघि पार्टी सदस्यता त्याग गरेकी थिइन् र त्यसकारण नयाँ प्रक्रियाबाट मात्रै उनले पुनः सदस्यता लिन पाउने व्यवस्था रहेको छ। यसैकारण २०८१ वैशाखमा उनले गरेको नवीकरण प्रक्रियागत रूपमा अपूर्ण छ र त्यसैले विवादित बनेको दाबी उनीहरूको छ।

तर, भण्डारी पक्षले भने यसलाई पूर्णतः भिन्न कोणबाट प्रस्तुत गरेको छ। उनीहरूका अनुसार विधानको धारा ९ (३) ले कुनै सदस्यलाई पार्टीले विशेष जिम्मेवारी दिएको अवस्थामा—पार्टी समिति वा संगठनको कुनै निकायमा नरहेतापनि—सदस्यता स्वतः कायम रहने व्यवस्था गरेको छ। भण्डारी पक्षधर नेताहरूको भनाइमा, राष्ट्रपति हुँदा समेत भण्डारी पार्टीको विशेष जिम्मेवारीमा रहेकी थिइन् र त्यसैले उनको सदस्यता कायम रहन्छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीले २०८१ वैशाखमा निर्धारित शुल्क तिरेर सदस्यता नवीकरण गराएकी र यो अन्य सबै सदस्यसरह वैधानिक प्रक्रिया अनुसार भएको बताएका छन्। भण्डारी स्वयंले पनि आफ्नो सदस्यता नवीकरण भएको र सक्रिय राजनीतिमा फर्किन कुनै अवरोध नरहेको स्पष्ट पारेकी छिन्।

पोलिटब्युरो बैठकमा सदस्यता विवादमात्र होइन, विधान संशोधनसम्बन्धी महत्वपूर्ण निर्णय पनि भएका छन्। बैठकले ७० वर्षे उमेर सीमा हटाउने र एउटै पदमा एउटै व्यक्तिलाई दुई कार्यकालसम्म रहने व्यवस्था कायम राख्ने प्रस्ताव गरेको छ। यस निर्णयले अध्यक्ष ओलीलाई आगामी महाधिवेशनमा पुनः अध्यक्ष बन्ने बाटो खुलेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। ओलीको नेतृत्वमा विधान संशोधन गरिएको यो निर्णयलाई ओली पक्षले आफ्नो दीर्घकालीन नेतृत्व सुरक्षित गर्ने रणनीतिको रूपमा व्याख्या गरेको छ भने भण्डारी पक्षका नेताहरू यसलाई ओलीको सत्तामा एकछत्र वर्चस्व कायम गर्ने प्रयासको निरन्तरता मानिरहेका छन्।

भण्डारी पक्षधर नेताहरूले सदस्यता विवादलाई ओली पक्षको नियोजित चालका रूपमा चित्रित गर्दै यसलाई भण्डारीको सक्रिय राजनीतिक भूमिकामा अवरोध पुर्याउने उद्देश्यले उठाइएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, भण्डारी एमालेमा फर्किएपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिन सक्ने र ओलीको दीर्घकालीन नेतृत्वलाई चुनौती आउन सक्ने भएकाले यसरी विवाद उठाइएको हो। यस विषयमा भण्डारी पक्षका नेताहरूले ओली पक्षलाई भण्डारीलाई पाखा लगाउने योजनामा लागेको आरोप लगाएका छन्।

यसबीच, पार्टीभित्र गुटबन्दी खुलेरै देखिन थालेको छ। पोलिटब्युरो बैठकमा पनि दुबै पक्षका नेताहरूबीच आरोप–प्रत्यारोप चलेको र लामो समयसम्म बहस भएको स्रोतहरूले बताएका छन्। बैठकमा केही तटस्थ नेताहरूले विधानको प्रावधान स्पष्ट व्याख्या गरी विवाद समाधान गर्ने पक्षमा सुझाव दिएका थिए। तर दुबै गुटको कडा अडानका कारण तत्काल कुनै ठोस निष्कर्ष निकाल्न नसकिएको र त्यसैले सदस्यता विवादलाई ‘पेन्डिङ’मा राखिएको बुझिएको छ।

एमालेको यस विधान संशोधन र सदस्यता विवादले पार्टीको आगामी महाधिवेशनलाई अझ रोचक बनाएको छ। महाधिवेशनमा ओलीको नेतृत्व पुनः कायम हुने वा नयाँ शक्ति उदाउने भन्ने प्रश्नमा अहिले नै बहस सुरु भएको छ। भण्डारीको सक्रिय राजनीतिमा प्रवेशले पार्टीभित्रको गुटबन्दी थप तीव्र हुने र यसले एमालेको शक्ति सन्तुलनलाई नयाँ दिशामा लैजाने अनुमान गरिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, ओलीले विधान संशोधनमार्फत आफ्नो नेतृत्व सुरक्षित गरे पनि भण्डारीको सक्रियताले उनको वर्चस्वमा चुनौती आउने निश्चित छ। भण्डारी पूर्वराष्ट्रपति मात्र नभई पार्टीभित्र पुरानो र प्रभावशाली नेतृ भएकाले उनी फर्किएपछि एमालेको राजनीतिमा नयाँ समीकरण बन्न सक्ने सम्भावना बलियो देखिएको छ। यसैबीच, केही नेताहरूले ओली र भण्डारीबीचको द्वन्द्व दीर्घकालीन रूपमा पार्टीको एकता र भविष्यका लागि घातक हुने चेतावनी समेत दिएका छन्।
वर्तमान अवस्थामा एमालेभित्रको यो विवादले पार्टीभित्र ध्रुवीकरण बढाएको र नेतृत्व परिवर्तनको सम्भावनामा नयाँ तरंग ल्याएको प्रष्ट देखिन्छ।

बाढीको खतरा बढेपछि सतर्कताको अप्नाउन आग्रह :मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावाना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावाना देखिएको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ । त्यसैले सावधानी अपनाउन महाशाखाले अनुुरोध गरेको छ ।

कुनै स्थानमा अति भारी वर्षा भएको छ । वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टायता कास्कीको लुम्ले, धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार अनि इलामको माईपोखरीमा भारी वर्षा मापन भएको छ ।

वर्षाका कारण आज बिहान साढे ५ बजे इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

गत २४ घण्टामा इलामको माईपोखरी केन्द्रमा १८२.२ मिलिमिटर वर्षामापन भएको छ । इलामका इलाम चियाबगान, कन्याम चियाबगान, जितपुर, हिमाली गाउँमा पनि भारी वर्षा भएको छ ।

यसैगरी धनकुटाका त्रिवेणीमा १९५.६ र मझुवाघाटमा १७३ मिलिमिटर वर्षा भएको छ । धनकुटा बजार, पाख्रीबास, मुलघाट, सुनसरीको धरान बजार, तरहरामा पनि भारी वर्षा भएको छ ।

मधेश प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ । खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै एसएमएस पठाएको छ ।

लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि राम्रै खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।

यसैगरी तनहुँको भार्षे र रुकुमपूर्वको शेरागाउँमा पनि राम्रै खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजको संसदीय समिति बैठकको कार्यसूची

काठमाडौँ — आज सङ्घीय संसदको विभिन्न पाँच समितिको बैठक बस्दै छ ।

आज सङ्घीय संसदको निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन (आव २०८०/८१) माथि’ छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिमिा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची छ ।

एमालेसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। शुक्रबार एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता कार्यक्रममा बोल्दै उनले एमालेसँग एकताको कुनै सम्भावना नरहेको प्रष्ट पारेका हुन्।

अध्यक्ष नेपालले भने,‘त्यहाँभित्रको अवस्था हामीले देखेका छौँ। कसैको लसपस छ भने आसाअपेक्षा छ भने मेरो भन्नु केही छैन। तर यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नु हुन्छ भने उसका नेताको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ कि यो पार्टीलाई कसरी सिद्ध्याउने, यो पार्टीलाई कसरी समाप्त पार्ने। त्यसका लागि कुन–कुन तरिका अपनाउने, कहाँ प्रहार गर्ने यी सबै कुरा उनीहरूले भनिरहेको गरिरहेकोबाट हामीले बुझिसकेको छौँ।’

अध्यक्ष नेपालले कुनै पनि हिसाबले एमालेसँग पार्टी एकताको भ्रममा नपर्न आग्रह गरेका छन्। उनले एकता राष्ट्रिय अभियानसँगको एकताले पार्टीलाई बलियो बनाउन कसैले राेक्न नसक्ने बताए।

नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता अभियानका संयोजक वामदेव गौतमलगायत नेताहरूबिच भएको छलफलबाट पार्टी एकता गरिएको हो।

गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताका साथै वरिष्ठ नेताको पद पनि दिइने भएको छ । अब पार्टीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेताका रुपमा वामदेव गौतम हुनेछन् ।

पार्टी एकता कार्यक्रम राष्ट्रिय सभागृहमा भएको थियो । दुवै पक्षका नेताहरुले पार्टी एकतालाई वामपन्थी एकताका लागि महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीत र कार्यदिशामा एकरूपता रहेकाले नेपालको कम्युनिस्ट आन्दाेलनकाे एकता अपरिहार्य रहेको दुवै पार्टीको नेताहरुले बताएका छन्।

आलम विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर

काठमाडौँ — इँटा भट्टामा जिउँदै मान्छे जलाएको र बम विस्फोटको घटनालाई सामसुम पार्न खोजेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरुद्ध आइतबार पुनरावेदन दर्ता हुनेछ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो ।

आलमले हत्या गरेको ठहर गर्दै जिल्ला अदालत रौतहटले उनीसहित चार जनालाई जन्मकैद सजाय सुनाएको थियो ।

घुस प्रकरणको अडियो विवाद चरित्र हत्याको प्रयास भएको मन्त्री अधिकारीको दाबी

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालै बाहिर आएको घुस प्रकरणको अडियो विवादमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै उक्त घटना आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्र मात्र भएको बताएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले दोषी प्रमाणित भएमा आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले यो चरित्र हत्याको स्पष्ट प्रयास भएको दाबी गरेका छन् । “आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न असफल हुनेहरूले यस्ता रणनीति अपनाएका हुन् ,” उनले भने। उनले केही व्यक्तिहरूले सरकारी अधिकारीको सरुवाको सम्बन्धमा उनलाई दबाब दिन खोजेको दाबी गरे र उनले सो कुरा अस्वीकार गरेपछि अडियो सार्वजनिक गरिएको बताएका छन् । उनले भने, ‘लिक भएको अडियो क्लिपमा मेरो कुनै संलग्नता छैन र यसमा मेरो आवाज पनि छैन ।’

यधपी सोहि प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भने अडियो क्लिप सार्वजनिक भए लगतै राजिनामा दिइसकेका छन्।

नेपालभर ३ महिनामा विपद सम्बन्धी घटनाहरूमा ९३ जनाको मृत्यु २२ जना बेपत्ता

काठमाडौँ- राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत तीन महिनामा नेपालभर विपद सम्बन्धी घटनाहरूमा कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।

अप्रिलको मध्यदेखि जुलाईको मध्यसम्म, प्राधिकरणले बाढी, पहिरो, चट्याङ, आगलागी र जनावरको आक्रमण सहित २,०६५ विपद् घटनाहरू रेकर्ड गरेको छ। यस अवधिमा कुल ४४५ जना घाइते भएका छन् र ४,१३६ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

बाढीले मात्र १३७ घटनाहरू गरेको छ, जसमा १३ जनाको मृत्यु भएको छ र २२ जना बेपत्ता भएका छन्। पहिरो दोस्रो सबैभन्दा बारम्बार हुने जोखिम थियो, जसमा १७५ घटनाहरू र छ जनाको मृत्यु भएको थियो।

मृत्युका अन्य कारणहरूमा चट्याङ लागेर सबैभन्दा बढी २६ जनाको मृत्यु भएको छ, त्यसपछि आगलागीसँग सम्बन्धित १४, जनावरको आक्रमण १२ र उच्च पर्वतीय रोग (अल्चिच्युड सिक्नेस) का कारण ११ जनाको मृत्यु भएको छ।

बाढीले १,२४६ परिवारलाई असर गरेको छ भने १,०४८ घरपरिवार आगलागीबाट प्रभावित भएका छन्। प्राकृतिक र मौसमजन्य घटनाहरूको संयोजनका कारण सयौं विस्थापित भएका छन्।

तथ्याङ्कले नेपाली वर्ष २०८२ को पहिलो त्रैमासिकलाई समेट्छ, र अधिकारीहरूले मनसुन ऋतु अगाडि बढ्दै जाँदा थप चरम मौसम र प्रकोपका घटनाहरू हुने सम्भावना रहेको बताएका छन्।

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।जसपा नेपालको प्रतिनिधिसभामा ५ र राष्ट्रिय सभामा ३ सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपा १ र मनोनीत १ सांसद मात्र छन् । बहुमतका लागि ३० सांसद आवश्यक पर्ने राष्ट्रिय सभामा यसअघि जसपा नेपालले समर्थन गर्दा सरकारको पक्षमा ३१ सांसद थिए ।

अब राष्ट्रिय सभाको विपक्षमा बहुमत देखिएको छ । माओवादीका १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, मनोनीत १ र जनमोर्चाका १ गरी ३० सांसद विपक्षमा हुने भएका छन् । राष्ट्रिय सभामा अल्पमतमा परेसँगै सरकारलाई विधेयक पारित गर्न सकस हुनेछ ।

बीपी राजमार्गमा रातिमा गाडी चलाउन रोक

काठमाडौं – बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि एक महिनासम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन चलाउन रोक लगाइएको हो ।

असार ३१ गते बसेको सुरक्षा समिति बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिनासम्म रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताए ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

युएईले १२० नेपालीलाई दियो आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) ले १२० नेपालीलाई आममाफी दिएको छ। मुस्लिमहरूको महान पर्व इद अल-अधाको अवसरमा युएईका जेलमा रहेका १२० नेपाली नागरिकलाई आममाफी दिइएको छ।

युएईस्थित नेपाली दूतावासले उनीहरूको बाँकी सजाय मिनाहा गरेर आममाफी दिइएको जानकारी दिएको छ। दूतावासले युएई सरकारलाई धन्यवाद दिँदै एक विज्ञप्ति जारी गरेको छ।

वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरू विभिन्न अपराधमा जेल परेका छन्।

चिकित्सा शिक्षा आयोगद्वारा पीसीएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो। हालः उक्त आङ्गिक, गैरनाफामूलक र निजी गरी दुई सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई पनि पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिक सत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ। कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्राडा. अञ्जनीकुमार झालाई हस्तान्तरण गरे।

बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिए। उनले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने बताए।

विधान महाधिवेशनको एजेण्डामा एमालेको औपचारिक छलफल आजदेखि

काठमाडौं – नेकपा एमालेले विधान महाधिवेशनको एजेण्डामै आज देखि औपचारिक छलफल सुरू गर्दैछ ।

आज दिउँसो १ बजे केन्द्रीय मूख्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा विधान महाधिवेशनमा लगिने विधानको खाका प्रस्तुत हुनेछ । विधानको खाका ल्याउने जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दिइएको छ ।

गत ११ असारको सचिवालय बैठकबाट भएको निर्णय बमोजिम अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष पौडेलले विधान प्रतिवेदन तयार पार्नेछन् ।

जसअनुसार संगठनात्मक प्रतिवेदन तयार पार्न महासचिव पोखरेलले सातै प्रदेशका पदाधिकारी, ७७ जिल्ला नेतृत्व, जनसंगठनका पदाधिकारी, विभाग र निकायका नेतृत्वसँग बैठक एवं परामर्श गरिसकेका छन् । आजको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले तयार पार्ने विधान संशोधनको खाकामाथि छलफल गर्ने तयारी छ ।

आगामी २०–२२ भदौमा ललितपुरको गोदावरीमा तोकिएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने एजेण्डामाथि एमाले पंक्तिले अनौपचारिक छलफल भने यसअघि नै थालिसकेका छन् । अनौपचारिक छलफललाई आधार मान्दा यो विधान महाविधेशनमा ७० वर्षे उमेर हद र एउटै पदमा (पालिका भन्दा माथिको पदाधिकारीमा) लगातार दुईपटक बढी उम्मेदवार बन्न नपाउने एजेण्डा प्रमुख बन्ने देखिन्छ ।

स्रोतका अनुसार, पार्टी विधानको धारा ६४ अन्तर्गतको यो दुवै व्यवस्था हटाउने प्रस्ताव सचिवालय बैठकमा ल्याउने तयारी छ ।यता ,पार्टी नेतृत्व लिनेगरी एमालेको सक्रिय राजनीतिमा आएकी विद्या भण्डारी र उनी पक्षीय नेताहरुले भने दुई कार्यालय बढी एउटै पदमा उम्मेदवार हुन नपाउने र ७० वर्षे उमेर हदको एजेण्डा नछोड्ने तयारी गरिरहेका छन् ।

१५–१७ असोज २०७८ मा सम्पन्न गोदावरी विधान महाधिवेशनबाट संशोधित पार्टी विधानको धारा ६४ (१) मा दुई कार्यालय बढी एउटै पदमा उम्मेदवार हुन नपाउने र धारा ६४ (२) मा ७० वर्षे उमेर हद रहने व्यवस्था थियो । तर दुई महिना नबित्दै चितवनमा (१०–१४ मंसिर २०७८ मा) सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीबाट धारा ६४ (१) को व्यवस्था हटाइएको थियो ।

११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आउने नेताको निर्धारण पनि यही एजेण्डाबाट हुने भएकाले एमालेपंक्ति महत्त्वपूर्ण छलफलमा प्रवेश गर्न लागेको छ । किनकि उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे हुने निर्णयले तेस्रोपटक ओली अध्यक्ष हुने वा नहुने निर्क्यौल हुनेछ ।

‘हाम्रो हात ट्रिगरमा छ’ – वरिष्ठ इरानी अधिकारी

तेहरानका एक वरिष्ठ सुरक्षा अधिकारीले इजरायललाई सजाय नदिएसम्म र अमेरिकाले इस्लामिक गणतन्त्रको आणविक क्षेत्रहरूमा गरेको आक्रमणको क्षतिपूर्ति नदिएसम्म इरान कारबाही गर्न तयार रहेको बताएको छ।

इजरायली सेनाले गत महिना इरानी सैन्य र आणविक साइटहरूमा गरेको आक्रमणमा इरानका वरिष्ठ कमाण्डरहरू र आणविक वैज्ञानिकहरू मारिएका थिए । १२ दिनको सो युद्ध जुन २४ मा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामसँगै समाप्त भएको थियो ।

आणविक वार्ता पुनः सुरु गर्ने वाशिंगटनको अनुरोधलाई सम्बोधन गर्दै, अधिकारीले भने कि तेहरानले स्थायी युद्धविराममा सहमति जनाएको छैन। इरानी सेनाहरू कुनै पनि थप आक्रमणको जवाफ दिन पूर्ण रूपमा तयार रहेको भन्दै,”हाम्रो हात ट्रिगरमा छ, र बाल-हत्या गर्ने इजरायली शासनको विरुद्धमा यस पटक हामी शत्रुले पहिलो गोली चलाउला र प्रतिकार गरौला भनेर कुर्नेछैनौ, हामि कुनै पनि बेला आक्रमण गर्न तयार छौं। “

वासिङ्टनले लामो समयदेखि तेहरानलाई सबै युरेनियम संवर्धन रोक्न माग गर्दै आएको छ – जुन शर्त इरानले अस्वीकार गर्दै आएको छ । पछिल्लोले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण, कानुनी र आइएइए को पर्यवेक्षणमा रहेको बताएको छ । तेहरानले हाल ६०% शुद्धतामा युरेनियम संवर्धन गर्छ, जुन अहिले निष्क्रिय २०१५ को आणविक सम्झौता अन्तर्गत निर्धारित ३.६७% सीमाभन्दा धेरै माथि छ।

यस वर्षको सुरुमा ट्रम्पद्वारा सुरु गरिएको वार्ता इरानमाथिको आक्रमणपछि समाप्त बहेको थियो। तेहरानले त्यसबेलादेखि वाशिंगटनलाई कूटनीति त्यागेर बल प्रयोग गरेको आरोप लगाएको छ।

सिरियाको दमास्कसमा इजरायलद्वारा आक्रमण

सरकारी सेना र ड्रुज सशस्त्र समूहहरू बीचको युद्धविराम भङ्ग भएपछि दक्षिणपश्चिमी शहर सुवैदामा झडप जारी रहँदा इजरायलले सिरियाली राजधानी दमास्कसमा हवाई आक्रमण गरेको छ।

शहरको बाहिरी भागमा रहेको राष्ट्रपति भवन नजिकै अर्को आक्रमण भएको थियो र आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु भएको छ र अन्य ३४ जना घाइते भएका छन्।

सुवैदा शहरमा बढ्दै गएको निरन्तर अशान्तिको बीच सिरियाको राजधानीमा आक्रमण भएको छ, जहाँ स्थानीय सुन्नी बेदुइन जनजातिहरू सिरियाको ड्रुज अल्पसंख्यकका लडाकुहरूसँग भयंकर झडपमा उत्रिएका थिए।

स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीद्वारा समिति गठन

काठमाडौं – स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार, स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यसबेला गएका सबै व्यक्तिहरु फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरुलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकारीले भने ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिता गराउने भन्दै उनीहरुको नाम वेवसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।त्यसबेला गएका सबै व्यक्तिहरु फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरुलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकारीले भने ।

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं – घुस ‘डिल’ प्रकरणमा मुछिएका एमाले सांसद राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

केही दिनअघि मन्त्री गुप्ताले घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध समेत भएको थियो ।

आरोप र आलोचना खेप्न नसकेर आज पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय पुगेर राजीनामा बुझाएको गुप्ताले बताएका छन्।

२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडिओ केही दिनअघि मात्र सार्वजनिक भएको थियो।

कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो।

गुप्ताले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ।

विपक्षी दलहरुले उनको राजीनामा माग गर्नुका साथै कारबाही गर्न समेत माग गरेका थिए ।

अमेरिकासँगको व्यापार समाप्त हुन सक्ने युरोपियन युनियनको चेतावनी

यदि ट्रम्पले ३०% कर लगाउने आफ्नो धम्कीलाई पालना गरेमा अमेरिकासँगको यसको व्यापार समाप्त हुने युरोपियन युनियनले बताएको छ।

यदि वाशिंगटनले ब्लकबाट आयात गरिएका सामानहरूमा ३०% कर लगाउने आफ्नो धम्कीलाई पूरा गर्छ भने युरोपेली संघले संयुक्त राज्य अमेरिकासँगको यसको व्यापार प्रभावकारी रूपमा समाप्त गर्न सक्ने बताएको छ।

“३०%, वा ३०% भन्दा माथिको कुनै पनि… को करले कम वा कम उस्तै प्रभाव पार्छ। त्यसैले, व्यावहारिक रूपमा यसले व्यापारलाई निषेध गर्दछ,” युरोपियन युनियनका व्यापार आयुक्त मारोस सेफकोभिकले सोमबार ब्रसेल्समा युरोपियन युनियनको मन्त्रीस्तरीय बैठकमा सो कुरा बताएका हुन्।

युरोपियन युनियनले अमेरिकासँग प्रारम्भिक सम्झौता खोजिरहेको बताइएको छ,जसले यसलाई अगस्ट १ को समयसीमाभन्दा अगाडिनै १०% कर दरमा लक गर्न सक्ने अनुमान गरिएको छ ।

सेफकोभिकले भने, कि यदि त्यो नयाँ कर दर अगस्ट १ मा लागू गरियो भने युरोपियन ब्लकको लागि अमेरिकासँगको व्यापारको हालको स्तर जारी राख्न “लगभग असम्भव” हुनेछ।

“यदि ट्यारिफ ३० (प्रतिशत) भन्दा बढी रह्यो भने, हामीलाई थाहा भए अनुसार व्यापार जारी रहने छैन, एट्लान्टिकका दुवै छेउमा ठूलो नकारात्मक प्रभाव पर्नेछ,” उनले थपे। “म यो अति-नकारात्मक परिदृश्यलाई रोक्नको लागि सक्दो गर्नेछु।”

ट्रम्पद्वारा रुसलाई ५० दिनको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिन भित्र युक्रेन द्वन्द्व अन्त्य गर्न सम्झौता नभएसम्म रुसका व्यापारिक साझेदारहरूमाथि १००% सम्मको “गम्भीर” कर लगाउने धम्की दिएका छन्।

ट्रम्पले सोमबार ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँगको भेटमा सो चेतावनी दिएका हुन्।

“हामी धेरै, धेरै दुखी छौं – म – [रूस] सँग, र यदि हामीसँग लगभग ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा कर लगाउनेछौं,” उनले भने।अमेरिकी राष्ट्रपतिले रुसमाथि कडा प्रतिबन्ध लगाउने कंग्रेसनल विधेयकको पनि स्वीकृति आवश्यक नपर्ने बताएका छन्। ट्रम्पले यो पनि घोषणा गरे कि अमेरिकाले नेटो मार्फत युक्रेनमा हतियार पठाउनेछ, जसले भुक्तानी र वितरण दुवैलाई सम्हाल्नेछ।

जिल्लाभरिका सबै छाउगोठ भत्काउन निर्देशन

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार गर्दै जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबार जिल्लाभरिका ९ वटै स्थानीय तहहरूलाई सम्बोधन गर्दै छाउगोठ भत्काउने अभियानमा लाग्न पत्राचार गरेका हुन्। शनिबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेर मृत्यु भएको थियो।

छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि स्थानीय तहहरूलाई अनुरोध गरेका छौं। त्यसमा हाम्रो प्रहरी पनि सहभागी हुन्छ। यो कुप्रथा उन्मूलन गर्न अभियान नै सञ्चालन गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने।

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ — संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

यसैगरी आजै राष्ट्रियसभाको बैठक १:१५ मिनेटमा बस्दैछ । राष्ट्रियसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौं – सरकारले विगतमा भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभए संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी महासंघले दिएको छ ।

‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’

महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको थियो । तर समयसीमाभित्र ऐन जारी नभएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।

सुनसरीमा गोली प्रहार गरी एक किशोरीको हत्या

विराटनगर – सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरीले बताएको छ।

आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अमेरिकाले युक्रेनमा प्याट्रियट मिसाइल पठाउने : ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्याट्रियट वायु रक्षा प्रणाली पठाउने बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न वार्ता गर्न अस्वीकार गरेको संकेत गर्दै सो कुरा बताएका हुन्।

“हामी उनीहरूलाई प्याट्रियटहरू पठाउनेछौं, जुन उनीहरूलाई अत्यन्त आवश्यक छ,” ट्रम्पले आइतबार मेरील्याण्डको जोइन्ट बेस एन्ड्रयूजमा पत्रकारहरूसंगको कुराकानीमा भने।

ट्रम्पले यस हप्ता नेटो महासचिव मार्क रुटलाई भेट्ने तयारी गरेका छन् जसले कीभलाई हतियार आपूर्ति गर्ने उनको योजनामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

देशभरको आजको मौसम

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार, ३० असार) पनि देशका सबै प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण गरेको छ।

महाशाखाका अनुसार आज दिनमा: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

आज रातमा: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

साफ महिला यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल पराजित

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–२ ले पराजित भएको छ।

बंगलादेशको बसुन्धरा किङ्स मैदानमा नेपालले दुई गोलले पछि पर्दा पनि बराबरी गर्दै अंक खोस्ने तयारी गरेको थियो । तर, अन्तिम सेकेन्ड सम्हालिन नसक्दा नेपाल गोल बेहोर्न पुगेको हो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा बंगलादेशले तेस्रो गोल गर्दै जित निकालेको हो। दुई खेलबाट ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ।

बंगलादेशको जितमा सिन्हा शिखा, सागोरिका र श्रीमोती तृश्ना रानीले समान एक गोल गरेका हुन्। नेपालको लागि डिफेन्डर अनिशा राई र मीना देउवाले समान एक/एक गोल फर्काए।
खेलको ५७औँ मिनेटमा दुवै टोली दश खेलाडीमा सीमित भएका थिए। नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिकालाई सिधै रातो कार्ड देखाइएको थियो। दुवैले एकअर्कालाई हात हालाहाल गरेपछि भुटानी रेफ्री छिरिङ याङखेले सिधै रातो कार्ड देखाएकी हुन्।

युरोपेली संघ र मेक्सिकोद्वारा ट्रम्पको प्रस्तावित ३०% करको आलोचना

युरोपेली संघ र मेक्सिकोले अगस्ट १ देखि आफ्नो आयातमा ३०% कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीप्रति निराशा व्यक्त गरेका छन्।

मेक्सिकोले ट्रम्पको “अनुचित सम्झौता” भनेको कुराको आलोचना गर्दै जवाफी कर लगाउन सक्ने कुरामा जोड दिएको छ। त्यसैगरी युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले आवश्यक परेमा युरोपले पनि जवाफी कर लगाउन सक्ने बताएकी छन्। यधपी, दुवैले अमेरिकासँग वार्ता जारी राख्न चाहेको पनि बताएका छन् ।

यदि अमेरिकी व्यापारिक साझेदारहरू मध्ये कुनैले बदला लिने नियतले जवाफी कर लगाउने निर्णय गरेमा ट्रम्पले अझ बढी आयात कर लगाउने चेतावनी दिएका छन्।

यस हप्ता ट्रम्पले अर्को महिनादेखि जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलका सामानहरूमा नयाँ कर लगाउने घोषणा पनि गरेका छन् ।

निजामती कर्मचारीको सरुवामा भएको घुसखोरी काण्डमा मुछिए मन्त्री गुप्ता

काठमाडौँ- भूमि व्यवस्थापन मन्त्रालय अन्तर्गतका एक भूमि राजस्व अधिकारीको सरुवासँग सम्बन्धित अडियो रेकर्डिङ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुसखोरीको मुद्दामा मुछिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यो मुद्दाको रिपोर्ट गरिएको थियो, जसले पहिले नै अनुसन्धान सुरु गरिसकेको छ। उजुरीमा कास्कीको तत्कालीन भूमि राजस्व कार्यालयका प्रमुखको सरुवा रोक्न मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाइएको छ। उजुरीसँगै घुस लिएको भनिएको दुई झोलाको तस्बिर, मुद्रा नोटको सिरियल नम्बर र बन्डल गरिएको नगदको तस्बिर पनि पेश गरिएको थियो।

उजुरी परेको केही समयपछि अडियो रेकर्डिङ बाहिर आएको थियो, जहाँ गुप्ताले भूमि व्यवस्थापन मन्त्री बलराम अधिकारीको नाम लिएको सुनिन्छ।

लगभग १० मिनेट लामो अडियो क्लिपमा मन्त्री गुप्ताले भूमि आयोगको जिल्ला अध्यक्षको नियुक्ति सम्बन्धी एक बिचौलिया र एक महिलासँग आर्थिक लेनदेनको बारेमा छलफल गरिरहेको सुनिन्छ। रेकर्डिङमा तत्कालीन कास्की भूमि राजस्व कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको घुसको बदलामा सरुवा रोक्ने कुरा पनि उल्लेख गरिएको छ।

अडियोमा चलिरहेको आर्थिक लेनदेनको बारेमा थप सन्दर्भहरू छन्: एउटा अडियोमा गण्डकी प्रदेश सभाका नेकपा-एमाले सदस्य खेम बहादुर पुनलाई भूमि आयोगको कास्की अध्यक्षको रूपमा नियुक्तिको बदलामा मन्त्री बलराम अधिकारीलाई २० लाख रुपैयाँ बुझाएको उल्लेख छ। घूस दुई किस्तामा विभाजित गरिएको बताइएको छ – कुराकानीको दिन १५ लाख रुपैयाँ र अर्को दिन १० लाख रुपैयाँ।

आज भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती

काठमाडौं : नेपाली साहित्यका प्रथम कवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आफ्नो प्रसिद्ध ‘रामायण’ मा अयोध्याका राजा रामको जीवनीलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर नेपाली घरघरमा सुमधुर लयमा सुनाइएका भानुभक्तलाई आज पनि निकै श्रद्दाभावका साथ् सम्झिने गरिन्छ । पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपालललाई भाषा, साहित्य र संस्कृतिका माध्यमबाट भानुभक्तले एकीकरण गरेका हुन् भनेर भन्ने गरिन्छ ।

१८७१ असार २९ गते तनहुँको चुंदि रम्घा गाउँमा जन्मेका भानुभक्तले एक जना घांसि बाट प्रेरित भएर नेपालीमा रामायण उल्था गरेका थिए । रामायण’ बाहेक उनका अन्य प्रसिद्ध कृतिहरूमा ‘बधुशिक्षा ‘, ‘प्रश्नोत्तर’, ‘भक्तमाला ‘, ‘राम गीता’ लगायत अन्य विभिन्न कृतिहरु रहेका छन्।

माधव नेपाल र वामदेव गौतम एकै ठाउँमा : श्रावण २ गते एकताको घोषणा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता अभियानका संयोजक वामदेव गौतमलगायत नेताहरूबिच भएको छलफलबाट पार्टी एकता गर्ने सहमति भएको हो ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीत र कार्यदिशामा एकरूपता रहेकाले नेपालको कम्युनिस्ट आन्दाेलनकाे एकता अपरिहार्य रहेको दुई पार्टीको बुझाइ छ । साउन २ गते राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भएको जनाइएको छ ।

सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६/७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा मिलेमतो गरी १५ करोड ८८ लाख रूपैयाँ भ्रष्टाचार गरेको उनीमाथि अभियोग छ।

पौडेलले गुरुयोजना नै तयार नगरी मिलेमतोमा स्पेसिफिकेसन तयार गरेको र ३० करोड ९९ लाख ९९ हजार भ्याटसहित लागत अनुमान गरी बोलपत्र आह्‍वान गरेको अनुसन्धानबाट फेला परेको छ।

उनले कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपालको भ्याटसहित ३० करोड ६५ लाख ५५ हजार को बोलपत्र स्वीकृत गरी २०७६ माघ १५ गते खरिद सम्झौता गरेका थिए।

अख्तियारका अनुसार, यस प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलका साथै निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठको मिलोमतो देखिएको छ।

निर्धारित सर्त तथा मापदण्डविपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरेको उनीहरूमाथि मुख्य अभियोग छ। यस क्रममा उनीहरूले झुटा कागजातहरू पनि पेस गरेको र अस्वाभाविक मूल्य कायम गरेको भेटिएको छ।

सुनील पछिल्लोपल्ट दूरसञ्चार प्राधिकरणमा प्रबन्ध निर्देशक थिए। भ्रष्टाचार मुद्दाका कारण उनी निलम्बनमा परेका हुन्।उनीविरुद्ध दायर भएको यो पाँचौँ भ्रष्टाटार मुद्दा हो।उनले विदेशका विभिन्न बैंकहरूमा ठेकेदारहरूबाट घुस खाने गरेको पाइएको छ।

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार गर्ने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी,ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निस्कासन गरिनेछ ।निजी आवासीय घर निर्माण/खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरिनेछ । पहिलो घर निर्माण/खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा आवश्यकतानुसार परिमार्जन गरिनेछ ।विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिनेछ । यसमा के कस्तो परिमार्जन भन्नेबारे बोलिएको छैन ।१० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ । यसरी प्रवाह हुने १० लाखसम्मको कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिनेछ ।३ करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइनेछ ।ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड बनाइनेछ ।

चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिनेछ । बैंक तथा वित्तीय संस्थाले गैरबैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न सकिने व्यवस्था गरिनेछ ।बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिनेछ । विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिनेछ । लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको ३ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने र महिलाको हकमा यस्तो सीमा ५ लाख कायम गरिएको छ ।भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई हाल प्रतिपटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३ हजार पुर्‍याइएको छ ।विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गरिने भएको छ ।वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाइनेछ ।बैंक तथा वित्तीय संस्था एवम् अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ । ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिको पूर्णपाठ :

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार पाँच सयसम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ ।

यसैगरी, बंगलादेश र श्रीलंकालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएका मुलुकहरूका मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दरलाई आवश्यकताअनुसार पुनरावलोकन गरिने र परिवर्त्य विदेशी मुद्रामा हुने अन्तरबैंक कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुने गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गर्ने नीति अवलम्बन गरिएको छ । भन्सार स्वघोषणा गर्नुपर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गर्ने र नेपाली नागरिक वा संस्थाका नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नुपर्ने व्यवस्थामा सहजीकरण गरिने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ ।

सुन आयात तथा बिक्री–वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

नयाँ स्टकको लाइसेन्स रोक्न धितोपत्र बोर्डलाई अर्थ समितिको निर्देशन

काठमाडौँ – सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना नगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अगाडि नबढाउन संसदीय समितिले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बोलाएर बिहीबार छलफल गरेको अर्थसमितिले उक्त निर्देशन दिएको हो।

समितिको बैठकले सुरुमा नेप्से निजीकरण अर्थात् पुनर्संरचनालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको नेपाली कांग्रेसका सांसद तथा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए।

सभापति चालिसेका अनुसार तत्काललाई नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको छ।‘पहिला नेप्सेको सेयरलाई पुनर्संरचना गरेर निजीकरण गर्ने, नेप्सेको पुनर्संरचना नगरी हाललाई नयाँ स्टक एक्सचेन्ज चाहिँदैन भन्ने धारणासहित लाइसेन्स नदिन निर्देशन दिएको उनले बताएका छन्।

नयाँ स्टक एक्सचेन्जको प्रतिस्पर्धामा हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज छन्।

सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति:आन्दोलन स्थगित

काठमाडौं – सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन ।

विहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने र विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ ।

कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने बेलासम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याट लागु नहुने सहमति समेत भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । तर सहमतिका बुँदामा भने त्यो कुरा उल्लेख छैन ।

यस्तै सुनचाँदीको बिक्रीवितरणमा देखिन आएको तहका सन्दर्भमा स्पष्ट व्यवस्था मिलाउने, स्थानीय सुनचाँदी तथा रत्न आभूषणको सहज पहुँज हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने, वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्नेलगायतका विषयमा सहमति भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार व्यवसायीका समस्या समाधान एवं कर र भ्याटका विषयमा अध्ययन गर्ने कार्यदलको सचिवालय अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखामा रहने सहमति समेत भएको छ ।

सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार लगायतले हस्ताक्षर गरेका छन् ।

ट्रम्पले युक्रेनलाई ३०० मिलियन डलर बराबरको हतियार पठाउने – रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक पेन्टागनको भण्डारबाट निकालिएका हतियारहरू सिधै युक्रेनमा पठाउन आफ्नो अधिकार प्रयोग गर्ने रोयटर्सले बिहीबार रिपोर्ट गरेको छ।

ट्रम्प प्रशासनले अहिलेसम्म आफ्ना पूर्ववर्ती पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वमा स्वीकृत हतियारहरू मात्र डेलिभर गरेको छ, राष्ट्रपति ड्रडाउन प्राधिकरणले ट्रम्पलाई आपतकालीन अवस्थामा युक्रेनलाई हतियार आपूर्ति गर्न अनुमति दिन्छ।

नयाँ ढुवानी लगभग $३०० मिलियनको हुन सक्छ र यसमा प्याट्रियट एन्टी-एयर मिसाइल र आक्रामक मध्यम-दूरीका रकेटहरू समावेश हुन सक्छन्।

यो कदमले घरेलु भण्डारहरू घट्ने चिन्तामा केही डेलिभरीहरू रोक्ने पेन्टागनको हालैको निर्णयलाई उल्टाउने संकेत गर्नेछ।

कांग्रेस अनुशासन समितिको कारबाही अवैधानिक

काठमाडौं- आफू निकटका नेताहरु कारबाहीमा परेपछि शेखर कोइराला प्यानलका सदस्यहरुबीच विशालनगरमा भएको आन्तरिक छलफलमा पार्टीले गरेको कारबाही अवैधानिक रहेको भन्दै सो निर्णयको प्रतिवाद गर्ने बताएको छ।

विशालनगरमा बसेको उक्त समूहको बैठकमा अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको निष्कर्ष निकालेको छ। बैठकपछि कोइराला समूहले पार्टीको अनुशासन समितिको कारबाही किन अवैधानिक छ भनेर समेत उल्लेख गरेको छ।

१. केन्द्रीय समितिको बैठकपश्चात् पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय पाँच जना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने भन्ने सहमतिविपरीत त्यो निर्णय आएको छ।

२. नेपाली कांग्रेसको विधानको भावना र नियमावलीको २८(१) मा गरिएको व्यवस्था अन्तर्गत कुनै पनि पार्टीको सदस्यउपर उजुरी परेको अथवा पार्टीको नियमावली जारी भएको छ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्छ। उजुरी परेको लगभग-लगभग अढाइ वर्षपछि यो कारबाहीको निर्णय बाहिर आएको छ। एक प्रकारले यो कारबाही नै अवैधानिक छ। अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावलीविपरीत छ। अवैधानिक छ।

३. यो पक्षपातपूर्ण छ। यो गुट प्रेरित छ र यो पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने, पाखा लगाउने उद्देश्यमा आधारित छ।

४. यो निर्णय बहुमत-अल्पमतका आधारमा गरिएको छ। अनुशासन समितिका पाँच जना सदस्यहरूमध्ये दुई जना सदस्यले यसमा नोट अफ डिसेन्ट लेख्नुभएको छ। त्यहाँ भएको सहमति, विधानको व्यवस्था, नियमावलीको व्यवस्था, त्यहाँ गरिएको पक्षपात, त्यहाँ प्रारम्भमा भएको समझदारीको विपरीत छ।

यो एक प्रकारले कारबाही चाहिँ राजनीतिक रूपबाट पनि अभिप्रेरित छ। वैधानिक रूपबाट यो विधानको मर्म र भावनाअनुकूल छैन। समग्रमा यही हो।

आफू निकटका नेताहरु कारबाहीमा परेपछि शेखर कोइराला आन्तरिक छलफलमा

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरुको बैठक बसिरहेको छ । पार्टीको अनुशासन आयोगले आफू निकटका नेताहरुलाई कारबाही गरेपछि कोइरालाले बैठक बोलाएका हुन् ।

काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा जारी बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए ।

नेपाली कांग्रेसले अन्तरघात गरेको प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जनालाई कारबाही गरेको छ ।

गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।

कांग्रेसले एक वर्ष, छ महिना र तीन महिनाको समय अवधि छुट्याएर नेता–कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।

गत निर्वाचनमा कांग्रेस र आफ्नो दलले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरी उपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ प्राप्त नभएको कारण देखाउँदै पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

आज गुरु पुर्णिमा:व्यास जयन्ती

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”

अर्थात्
“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”

गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । त्यसैले आजको दिन शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरुपूर्णिमा मनाइन्छ।

यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

व्यास जयन्ती
आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, गुरु ब्यासको पनि जन्म दिन पर्दछ । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए । गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन्, महाभारतका भीष्म र ब्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले सत्यवतीलाई विवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार बाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।

गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन्, यिनका पिता पराशर हुन् । पराशर र सत्यवतीको आध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तिनापुर दरबार सम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन् । सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात् यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुटाएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।

इजरायलको आलोचनाको कारण संयुक्त राष्ट्रसंघका विज्ञ फ्रान्सेस्का अल्बानीजमाथी अमेरिकी प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजामा भएको युद्धको क्रममा प्यालेस्टिनीहरू विरुद्ध इजरायलले गरेको दुर्व्यवहारको दस्तावेजीकरण गरेकोमा संयुक्त राष्ट्रसंघका विज्ञ फ्रान्सेस्का अल्बानीजमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार दण्डको घोषणा गर्दै अल्बानीजलाई “संयुक्त राज्य अमेरिका र इजरायल विरुद्ध राजनीतिक र आर्थिक युद्धको अभियान” चलाएको आरोप लगाएका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी भूभागमा संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकको रूपमा काम गर्ने अल्बानीज इजरायलको मानवअधिकार उल्लङ्घन अन्त्य गर्न कारबाहीको लागि आह्वान गर्ने एक अग्रणी विश्वव्यापी आवाज हुन्।

इजरायल र यसका समर्थकहरूले वर्षौंदेखि अल्बानीजलाई संयुक्त राष्ट्रसंघको पदबाट हटाउन आह्वान गरिरहेका छन्।

रुबियोले आईसीसीमा इजरायली अधिकारीहरूलाई मुद्दा चलाउन अल्बानीजको दबाबलाई प्रतिबन्धको कानुनी आधारको रूपमा उद्धृत गरेका छन् ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओल पक्राउ

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई गत वर्षको असफल मार्शल ल प्रयासको आरोपमा फेरि पक्राउ गरिएको छ.

डिसेम्बरमा छ घण्टाको लागि सैन्य शासन लागू गरिएको आदेशको कारण अप्रिलमा युन सुक येओललाई महाभियोग लगाइएको थियो।

उनले प्रमाण नष्ट गर्न सक्ने डरलाई उद्धृत गर्दै सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार युनको लागि पक्राउ वारेन्ट जारी गरेका हुन् ।

पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति युनले मार्शल ल लागू गर्ने प्रयासमा विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दाको सामना गरिरहेका छन्।

लामो समयदेखिको अवरोधपछि उनलाई पहिलो पटक जनवरीमा पक्राउ गरिएको थियो, अनुसन्धानकर्ताहरूले मध्य सियोलस्थित उनको निवासबाट हिरासतमा लिन ब्यारिकेडहरू चढेर काँडेतार काटेका थिए।

युनलाई दुई महिनापछि अदालतले प्राविधिक आधारमा उनको गिरफ्तारी उल्टाएपछि रिहा गरिएको थियो, तर उनले अझै पनि मुद्दाको सामना गर्नुपर्नेछ।

दोषी ठहरिएमा, उनले आजीवन कारावास वा मृत्युदण्डको सजाय भोग्नुपर्ने हुन सक्छ।

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

काठमाडौँ — उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्न पर्ने आदेशका कारण आन्दोलित चिकित्सकसँग सरकारले सहमति गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ताले आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघसंस्था एवम् सरोकारवालाहरुका मागहरुको सम्बोधन गर्न कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेस गर्ने गरेर ३ सदस्यीय कार्यदल गठन भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख संयोजक रहने गरेर गठित कार्यदलको सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट १ / १ जना सहसचिवस्तरका प्रतिनिधि रहने छन् ।

कार्यदलबाट प्राप्त प्रतिवेदनसम्बन्धी तीन मन्त्रालयका मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेस गरी सोहीअनुसार कार्यान्वयन गर्ने उपभोक्ता संरक्षण ऐन २०७५ लगायतका विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिन भित्रमा मन्त्रिपरिषद‍्बाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्टट्रयाकबाट कानुन संशोधनको लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने सहमति छ । यस सहमतिअनुसार चिकित्सक संघ लगायतका सरोकारवाला संघसंस्थाहरुले सबै किसिमका आन्दोलनहरु स्थगन गरी नियमित सेवा सञ्चालन गर्ने समेत सहमति भएको छ ।

उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरक–फरक मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएसँगै नेपाल चिकित्सक संघको आहृवानमा चिकित्सकहरुले एक हप्तादेखि चरणबद्ध रुपमा आन्दोलन गरिरहेका थिए । जसकारण सोमबार र मंगलबार देशभर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको थियो । आन्दोलित चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघरमा समेत प्रदर्शन गरेका थिए ।

पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्यले इजरायललाई खतरामा पार्नेछ – नेतान्याहू

पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्यले इजरायललाई खतरामा पार्नेछ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा भने।

“मलाई लाग्छ प्यालेस्टिनीहरूसँग आफूलाई शासन गर्ने सबै शक्ति हुनुपर्छ, तर हामीलाई धम्की दिने कुनै पनि शक्ति हुँदैन। यसको अर्थ समग्र सुरक्षा जस्तै सार्वभौम शक्ति सधैं हाम्रो हातमा रहनेछ,” नेतान्याहूले भने।

उनले पछि तर्क गरे कि हमासले अक्टोबर ७, २०२३ मा इजरायलमाथि आक्रमण गर्न गाजाको नियन्त्रण प्रयोग गर्‍यो। “त्यसैले मानिसहरूले ‘हामी उनीहरूलाई अर्को राज्य दिऔं’ भन्ने सम्भावना छैन। यो इजरायललाई नष्ट गर्ने प्लेटफर्म हुनेछ,” नेतान्याहूले भने।

“हामी हाम्रा प्यालेस्टिनी छिमेकीहरूसँग शान्ति स्थापना गर्नेछौं, जो हामीलाई नष्ट गर्न चाहँदैनन्, र हामी यस्तो शान्ति स्थापना गर्नेछौं जहाँ हाम्रो सुरक्षा, सुरक्षाको सार्वभौम शक्ति सधैं हाम्रो हातमा रहनेछ,” प्रधानमन्त्रीले थपे।

संयुक्त राष्ट्र संघ र अमेरिकाले दशकौंदेखि दुई-राज्य को रुपमा समर्थन गर्दै आएपनि गत महिना अमेरिकी विदेश विभागले प्यालेस्टिनी राज्यलाई मान्यता नदिन अन्य देशहरूलाई चेतावनी दिएको थियो। यद्यपि, नोभेम्बर २०२४ सम्ममा संयुक्त राष्ट्र संघका लगभग ७५ प्रतिशत सदस्यहरूको प्रतिनिधित्व गर्ने १४० भन्दा बढी देशहरूले यसलाई सार्वभौम राष्ट्रको रूपमा मान्यता दिएका छन्।

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् ।

नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कुलिङ पिरियड विवाद अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौं : संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समिति गठन भएको छ ।

सभामुख देवराज घिमिरेले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ,एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेको छ भने समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ।

निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

समितिको प्रतिवेदनमा छेडखानी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानुन बमोजिम कारवाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको उनले बताए। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको थियो ।

तर,प्रतिनिधिसभा बैठकबाट विधेयक पारित हुँदा कुलिङ पिरियडमाथि छेडखानी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौँ — संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनमोदन गरेको छ ।

समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उनीहरूको नाम अनुमोदन गरेको हो ।

यसअघि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी तुल्याउने विषयमा ध्यान दिन सुझाव दिएको थियो । त्यस अवसरमा मन्त्री चौरसियाले न्यायालय र संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी बनाउन संसद्ले लिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटनको भीडमा थिचिएको देशको विकास

प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको चुवाखोला कर्णाली नदीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिएको छ। यो खबरले निश्चित रूपमा हुम्लाका बासिन्दामा केही आशा जगाएको छ, किनकि २६ वर्षको लामो पर्खाइपछि उनीहरूको सडक सपनाले केही आकार लिएको छ। तर के एउटा पुलले मात्र देश  विकासको कथा पुरा गर्छ?

देशको अर्को सुदूर जिल्लाको अवस्था हेरौँ — दार्चुलाका नागरिक अझै पनि आफ्नै जिल्ला सदरमुकाम पुग्न भारतको बाटो प्रयोग गर्न बाध्य छन्। आफ्नै देशको जमिन भएर पनि सडक नपुगेपछि विदेशी भूमि टेक्नुपर्ने बाध्यता के देशको असफलताको सबुत होइन? यो विडम्बना मात्र होइन, राज्यको असफलताको ठोस प्रमाण हो। हुम्लामा पुल खुले पनि दार्चुला, डोल्पा, मुगु, बाजुरा लगायत थुप्रै जिल्लामा आधारभूत पूर्वाधारको चरम अभाव अझै पनि उस्तै छ। 

यस्तै बीच, देशको आर्थिक अवस्था दिनदिनै गम्भीर बन्दै गएको छ। विकासका ठूला घोषणा भइरहे पनि देश भित्र रोजगारी सिर्जना हुन सकेको छैन।देशको श्रम बजारको कुरा गर्दा, प्लस २ पास गरेपछि अधिकांश युवाले रोजगारीको विकल्प देशभित्र नभेटेर विदेशिन खोज्ने अवस्था छ। नेपाल सरकारले व्यावसायिक शिक्षातर्फ पर्याप्त ध्यान नदिँदा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन। युवाहरू कम तलबमा खाडी मुलुकतिर जान बाध्य छन्। देशको सबैभन्दा ठूलो ‘निर्यात’ अहिले विदेशी भूमिमा पसिना बगाउने कामदार बनेको छ। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चलेको देखिन्छ, जुन अस्थिर जग हो।उत्पादन, उद्यम, सिर्जना, नवप्रवर्तन केही पनि देशमै हुन नसक्दा विदेशी रोजगार नै मुख्य ‘उद्योग’ बनेको छ। खाडी मुलुकमा अलपत्र परेका श्रमिकका पीडा, न्यून तलबमा घण्टौं खट्नु, मृत्यु हुँदा पनि परिवारले न्याय र क्षतिपूर्ति पाउन कठिनाइ हुनु सामान्यजस्तै भएको छ। देशभित्र औद्योगिक विकास ठप्पजस्तै छ, ठूलो लगानी भित्र्याउन राजनीतिक अस्थिरताले वातावरण नबनाएको सबैलाई थाहा छ।गाउँघरमा उत्पादन, उद्योग, रोजगारी शून्यप्रायः छ। आर्थिक संकट गहिरिँदै जाँदा राष्ट्र ऋणको भार बढ्दै गएको छ, जसले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा पनि कमजोर देखाइरहेको छ। यस्तो अवस्थामा उद्घाटनको भीडभन्दा दीर्घकालीन नीति, पारदर्शिता र राजनीतिक स्थायित्व जरुरी देखिन्छ।

देशको सामाजिक पाटोमा हेर्दा, शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा निकै असमानता छ। ग्रामीण भेगका सरकारी विद्यालयहरूमा शिक्षकको अभाव र कमजोर पठनपाठनले बालबालिकाको पढाइमै रुचि घट्दै जाँदा शिक्षा क्षेत्रमा गुणस्तरको संकट छ। सरकारी अस्पतालहरूको दयनीय अवस्था, आधारभूत सेवा नपाएर उपचारकै क्रममा सर्वसाधारणको मृत्यु हुनुजस्ता घटनाले राज्यप्रतिको विश्वासलाई थप कमजोर बनाइरहेको छ।

राजनीतिक स्थायित्व विगत दुई दशकदेखि सबैभन्दा ठूलो चुनौती बनेको छ। निर्वाचनपछि बन्ने सरकारहरू पूर्ण कार्यकाल नपुगी फेरिने क्रमले दीर्घकालीन विकास योजनाहरू अधुरै छाड्ने परिपाटी बनेको छ। राजनीतिक दलहरू आफैभित्रको गुट उपगुटले जर्जर छन्। विचारभन्दा पद र शक्तिको लडाइँ प्राथमिक बनेको छ।

राजनीतिक अस्थिरताले कुनै दीगो योजना अघि बढ्न सकेको छैन। सरकारहरू स्थायीत्वविहीन हुँदा दीर्घकालीन योजना र नीति टिक्दैनन्। वर्षैपिच्छे सरकार फेरिने क्रमले विकासको काम आधा बाटोमै रोकिएको छ। हरेक नयाँ सरकारले अघिल्लो योजनालाई निरन्तरता दिनुको सट्टा नयाँ घोषणा गरेर विकासलाई विखण्डित बनाइरहेको छ। भ्रष्टाचार नीतिगत तहदेखि स्थानीय प्रशासनसम्म गहिरो गरी मौलाएको छ। आर्थिक सूचकांक कमजोर हुँदै गएको छ, अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान धमिलिँदै गएको छ। भ्रष्टाचार, अनियमितता, र आयोगहरूले प्रमाणित गरेका ठूला घोटालाका घटना आम नागरिकको छातिमा ढुंगा बनेर बसेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय लेखा परीक्षण कार्यालयसम्मका निकायहरूले वर्षेनी अर्बौं रुपैयाँ हिनामिना र दुरुपयोगको तथ्य सार्वजनिक गर्छन्। तर ठूला माछा जोगिने चलनले ‘साना भ्रस्टलाई जेल, ठूला भ्रस्टलाई सेल’ भन्ने अवस्था कायमै छ। अर्कोतर्फ, देशको कानुनी शासनप्रतिको आस्था कमजोर हुँदै गएको छ। अपराधका घटनामा राजनीतिक पहुँचको खेल र दोषीहरूलाई उन्मुक्ति दिने चलनले न्याय व्यवस्थामा अविश्वास बढाएको छ। सामाजिक संरचनामा जात, क्षेत्र, वर्ग र लिङ्गका आधारमा विभेद कायमै छ। आर्थिक अवसर, शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा समान पहुँच स्थापित गर्ने चुनौती झनै विकराल बन्दै गएको छ।

यता ,प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, जिम्मेवार पदाधिकारीहरू विकासको नाममा पुल र सडकको उद्घाटनमै व्यस्त देखिन्छन्। झन् हास्यास्पद त के छ भने विकासको कुरामा विदेशी उदाहरण दिन हाम्रा नेताहरू सधैँ अग्रसर हुन्छन्। विदेश र विदेशीको नाम जप्दै भाषण गर्ने यिनै नेताहरूले कैयौँ मुलुक घुमिसकेका छन्, तर उनीहरूले कहिले पनि यो कुरा सिक्दैनन् कि विदेशमा उद्घाटनलाई विकासको प्रमाणपत्र बनाएर प्रचार गरिँदैन। बरु त्यहाँ दीर्घकालीन योजना र पारदर्शितालाई प्राथमिकता दिइन्छ।  हाम्रा नेताहरू भने उद्घाटनलाई विकासको प्रमाणपत्र बनाएर प्रचार गर्छन् र त्यसकै आधारमा आफ्ना असफलताहरू छोप्ने प्रयास गर्छन्।

हाम्रो देशमा चाहिँ एउटा पुलको उद्घाटनका लागि दशकौँ लाग्ने टुक्रे योजनाहरू बनाइन्छन्, र अन्ततः त्यसैलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रचार गरिन्छ। तर के यस्ता उद्घाटन विदेशमा पनि यति नै धूमधामका साथ गरिन्छ? विकसित मुलुकहरूमा पुल वा सडक निर्माण समयमै पुरा हुने सामान्य प्रक्रिया हो, उद्घाटन भने अत्यन्त औपचारिक र सामान्य रूपमा गरिन्छ। नेताहरूले उद्घाटनलाई राजनीतिक अवसर बनाउने संस्कृति प्रायः हुँदैन। विकासमा नेतृत्वको भूमिका दीर्घकालीन नीति निर्माण र योजनाको स्थायित्वमा केन्द्रित हुन्छ, उद्घाटनको तामझाममा होइन। हाम्रो देशमा भने उद्घाटन समारोहहरूलाई विकासको प्रमाणपत्रझैँ प्रचार गरिन्छ। २६ वर्षमा एउटा पुल बनेर उद्घाटन गर्नु गौरवको कुरा मान्नुपर्ने अवस्था विकासको गति कति सुस्त छ भन्ने कुराको ज्वलन्त प्रमाण हो। उद्घाटन नगर्नु भन्ने होइन, तर त्यसलाई उपलब्धिको चुरो सम्झेर आत्मसन्तुष्टि लिनु घातक हो। यो मानसिकताले नेताहरूलाई वास्तविक विकासभन्दा उद्घाटनको फोटो सुटसम्म सीमित गरिदिन्छ।

यसका अतिरिक्त, भौतिक पूर्वाधारमाथि मात्रै विकासको मापन गर्नु हानिकारक छ। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग, ऊर्जा, सूचना प्रविधि—यी सबै क्षेत्रमा समग्र प्रगति र उत्पादनमूलक अवसर सिर्जना नगरी देश विकासोन्मुखबाट विकासशील हुने छैन। सडक र पुल बनाउने कामलाई नकार्न खोजिएको होइन, तर समग्र नीति र योजनासँग जोडेर मात्र यस्ता पूर्वाधार दीगो र सार्थक हुन्छन्।

पुल र सडकको निर्माणले विकासका आधार तयार पार्छ । एक पुलले सडक सञ्जाल बलियो बनाउँछ, तर एक पुलले मात्र देशको भविष्य उज्यालो बनाउन सक्दैन। सिमकोटको पुलले विकासको एउटा पाटो पुरा गरे पनि त्यसलाई समग्र विकासको उपलब्धि भन्न मिल्दैन। जबसम्म देशका नागरिकले आफ्नै जिल्लामा सहज रूपमा आवतजावत गर्न पाउँदैनन्, जबसम्म भ्रष्टाचार निर्मूल गरिँदैन, जबसम्म देशमै रोजगार सिर्जना गरिँदैन, तबसम्म कुनै एउटा पुल, सडक, वा आयोजनाले देशको विकासको मुहार परिवर्तन गर्ने आशा गर्नु भ्रममात्र हुनेछ। प्रधानमन्त्री र मन्त्रीहरूले उद्घाटनको भीडभन्दा दीर्घकालीन योजनामा ध्यान केन्द्रित गर्नुपर्छ। रोजगार सिर्जना, राजनीतिक स्थायित्व, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, उत्पादनमूलक अर्थतन्त्रको विकास पहिलो प्राथमिकता राखिनु आवश्यक छ। जबसम्म नेतृत्वले विदेशी उदाहरण देखाएर भाषण मात्र गर्ने होइन, सिक्ने र लागू गर्ने संस्कार विकास गर्दैन, तबसम्म उद्घाटनको तामझाममा रमाउँदै गर्दा देशका वास्तविक समस्या अझै गहिरिँदै जानेछ र विकासको सपना अर्को दशकसम्म पनि प्रतीक्षामा नै रहनेछ।देशलाई पुल, सडक मात्र होइन, स्थायित्व, जवाफदेहिता, पारदर्शिता र दूरदर्शी नेतृत्व चाहिएको छ। अब नेतृत्वले भाषण र उद्घाटनभन्दा माथि उठेर  विकासको नयाँ बाटो पहिल्याउन जरुरी छ।अन्यथा हामी एक पुलको उद्घाटनमा खुशी मानिरहँदा बाँकी देश थिचिँदै, थलिँदै जानेछ। हामी उद्घाटनकै भिडमा रमाउँदै गर्दा देशको मुल समस्या अझै गहिरिँदै जानेछ, र अर्को २६ वर्षपछिसम्म पनि एउटा पुलको प्रतीक्षामा विकासको सपना देखिरहनुपर्ने छ।

बढ्दो खराब कर्जाका कारण बैंक तथा वित्तीय संस्थामा समस्या: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यममा बढ्दो खराब कर्जाले बैंक तथा वित्तीय संस्थालाई नराम्रो असर पारेको बताएका छन्।

ठूला उद्यमी र व्यवसायलाई केन्द्रित गरेर मात्र मौद्रिक नीति ल्याउनाले यो समस्या समाधान नहुने उनले बताए। आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर पौडेलले कृषि र साना तथा मझौला उद्यमलाई केन्द्रित गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति ल्याउने तयारी भइरहेको उल्लेख गरे। “हामी कृषि र साना तथा मझौला उद्यम क्षेत्रमा ऋणको प्रवाह बढाउन चाहन्छौं, तर खराब ऋण बढेको छ। यो समस्या कसरी समाधान गर्ने भन्ने कुरामा हामीले बढी केन्द्रित हुनुपर्छ,” गभर्नर पौडेलले भने, “अस्थिरताको समयमा सबै क्षेत्र प्रभावित हुन्छन्; त्यसैले, हामीले धनीहरूको एउटा समूह र किसान र साना उद्यमीहरूको अर्को समूह हुनुको सट्टा सकेसम्म सबैलाई उत्थान गर्न आवश्यक छ।”

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीएफआईएन) नेपालका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले ब्याजदर घटे पनि ऋण बढाउन नसक्नुको मुख्य कारण खर्चयोग्य आम्दानीमा आएको गिरावट रहेको बताए। ‘हाम्रो खर्च बढेको छ, तर आम्दानी बढ्न सकेको छैन; युवा बसाइँसराइले उपभोक्ता बजारमा उपभोग घटाएको छ,’ उपाध्यायले भने। उनले कार्यशील पूँजी ऋणका लागि निर्देशिका हुनु आवश्यक भए पनि सही समयमा नआइपुगेको तर्क गरे। उपाध्यायले खराब ऋणमा वृद्धि बैंकहरूको लागि मात्र समस्या नभएर सामाजिक मुद्दाको रूपमा देखा परेको विचार व्यक्त गरे।

पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सरकारले सधैं विस्तारकारी वित्तीय नीति ल्याएको तर, नीतिगत स्थिरताको अभावमा निजी क्षेत्रले थप समस्या भोगिरहेको भन्दै,सरकारले करको आधार फराकिलो बनाउने जस्ता सुधारमुखी र विस्तारमुखी वित्तीय नीतिहरू ल्याएको दाबी गर्छ, तर हामीसँग नीतिगत स्थिरता नभएको बताएका छन् ।
त्यस्तै, महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति मार्फत निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सम्पत्ति व्यवस्थापन कम्पनीलाई शक्तिशाली र अधिकृत संस्थाको रूपमा स्थापना गर्नुपर्नेमा जोड दिए। “हाल बैंकहरू सम्पत्ति व्यवस्थापन कम्पनीको रूपमा काम गरिरहेका छन्; जब बैंकहरू एक्लैले समस्या समाधान गर्न सक्दैनन्, हामीलाई सम्पत्ति व्यवस्थापन कम्पनीको रूपमा काम गर्न शक्तिशाली संस्थाको आवश्यकता छ,” उनले टिप्पणी गरे।

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन ५ दिन समय थप

काठमाडौं – विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई ५ दिनको समय दिएको छ ।

आज बसेको समितिको बैठकमा सांसदहरूले आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए भने, शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेका बताइएको छ।सोहि अनुरुप,समिति सभापति अम्मरबहादुर थापाले ५ दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो ।फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन् ।विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेको छैन ।

आफताब आलमबाट धम्की आएको गौरी शंकरको आरोप: न्यायको लागि अपील

काठमाडौँ- २००८ को रौतहट बम विस्फोटका प्रत्यक्षदर्शी तथा उक्त घटनामा बाँचेका गौरी शंकर राम चमारले हालै उच्च अदालतले विवादास्पद फैसलामा सफाइ दिएका नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमबाट आफ्नो ज्यान खतरामा रहेको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै चमारले अदालतको निर्णयलाई त्रुटिपूर्ण बताए र सरकारलाई न्याय दिन आग्रह गरे। उनले रौतहटमा आलमको स्वामित्वमा रहेको भनिएको इँटाभट्टामा काम गर्दा आफूले घटना देखेको बताए।

“मलाई उनको रिहाइको बारेमा गहिरो दुःख लागेको छ,” चमारले भने। “त्यस्तो मान्छे छुटेको छ – उसले मलाई धम्की पनि दिएको छ। मलाई अहिले मेरो ज्यानको डर छ।”

विस्फोट भएको दिन सम्झँदै चमारले आफ्नो शरीरमा जलेका घाउहरू देखाए र आफ्नो अनुभव सुनाए। घर नजिकै बम विस्फोट हुँदा उनलाई आफ्नो साप्ताहिक ज्याला लिन बोलाइएको उनले बताए। “आगोले मलाई घेरेको थियो। म चिच्याएर दौडेर नजिकैको पानीको स्रोतमा हाम फाले। यसरी म बाँचे,” उनले भने।

उनले यो पनि खुलासा गरे कि आलमका मानिसहरूले प्रहरीलाई बयान दिएपछि उनकी आमालाई धम्की दिएका थिए। “उनीहरूले उनलाई भने, ‘तपाईंको छोरा सकियो। ऊ केही वर्षभन्दा बढी बाँच्ने छैन,’” उनले भने।

चमार विशेष गरी उच्च अदालतको फैसलालाई चुनौती दिन काठमाडौं आएका थिए जसले जिल्ला अदालतले अघिल्लो फैसलालाई उल्टाएको थियो, जसले प्रहरी अनुसन्धान र प्रमाणको आधारमा आलमलाई दोषी ठहराएको थियो।

नयाँ राजनीतिक दलको सुरुवात गर्ने योजनामा एलन मस्क

एलन मस्कले नयाँ राजनीतिक दल बनाउने योजना अगाडि बढाएको घोषणा गरेका छन्। कर र खर्च नीतिलाई लिएर अर्बपति मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको मतभेदपछि यो कदम चालिएको हो।

रिपब्लिकन र डेमोक्र्याट दुवैले करदाताहरूको पैसा बर्बाद गरिरहेका छन् र अमेरिकी अर्थतन्त्रलाई हानि पुर्‍याइरहेका छन्, मस्कले दाबी गरे। “जब हाम्रो देशलाई फोहोर राजनीति र भ्रष्टाचारले जकेड्छ , हामी लोकतन्त्रमा होइन, एक-दलीय प्रणालीमा बस्छौं,” उनले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स मा एक पोस्टमा लेखे। “आज, अमेरिका पार्टी तपाईंलाई तपाईंको स्वतन्त्रता दिनको लागि गठन गरिएको हो।”

अर्बपति मस्कले योजनामा ​​कति प्रगति गरेका छन् भन्ने बारेमा विस्तृत रूपमा बताएनन् तर संकेत गरे कि पहिलो कदम “अर्को वर्ष”, नोभेम्बर २०२६ मा हुने अमेरिकी मध्यावधि चुनावको समयमा अपेक्षित हुन सक्छ, जब १०० सिनेट सिटहरू मध्ये ३३ र सबै ४३५ हाउस सिटहरू कब्जा हुनेछन्। नयाँ राष्ट्रव्यापी पार्टी स्थापना गर्न, यसको संस्थापक संगठन राजनीतिक दल समितिको रूपमा योग्य हुनुपर्छ र संघीय निर्वाचन आयोगमा दर्ता हुनुपर्छ।

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।

तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

संघीय संसदका ९ समितिको बैठक आज बस्दै

काठमाडौं – संघीय संसदका ९ विभिन्न समितिको बैठक आज बस्दैछ।

प्रतिनिधि सभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता कल्याण, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको छ। त्यस्तै महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि कार्यसूचीमा छ।

राष्ट्रिय सभाको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ। संयुक्त समितिको रूपमा रहेको संसदीय सुनुवाइ समितिको बैठकको कार्यसूची पनि आज बस्ने तय भएको छ।

अर्थ समितिको बैठकको कार्यसूची बैंक तथा वित्तीय संस्था ऐन, २०७३ संशोधन गर्ने विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल गर्ने रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गर्नेछ।

उद्योग तथा वाणिज्य समितिले किसानहरूलाई अनुदानको रूपमा प्रदान गरिने रासायनिक मलको आयात, बिक्री तथा वितरणको लागि नेपाल सरकारले निर्धारण गरेको कोटाको बारेमा छलफल गर्नेछ। कृषि तथा सहकारी समितिले समितिको आगामी कार्यक्रम र समसामयिक विषयमा छलफल गर्नेछ। पूर्वाधार विकास समितिले विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी समुद्री डाइभर्सन परियोजना र विभिन्न विषयमा छलफल गर्ने कार्यसूची राखेको छ। शिक्षा समितिले विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ।

संघीयता सुदृढीकरण समितिले समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गर्नेछ। संसदीय सुनुवाइ समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सुनुवाइका लागि सिफारिस गरिएका व्यक्तिहरूमाथि छलफल गर्नेछ।

प्रतिनिधिसभाको बैठक सोमबार र राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएकाले समितिमा महत्वपूर्ण विधेयकहरू अगाडि बढाउन छलफलको कार्यसूची तय गरिएको छ।

यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगिताको उपाधि हाँसिल गरेको हो।

११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै जित हानिस्ल गरेको हो । खेलमा नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाएका छन् भने, शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोड्न सफल भएका छन्।

त्यसैगरी,अभय यादव र शुशिलबहादुर रावलले ३/३ विकेट लिएका छन् भने शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिएका हुन् ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।

गर्मीमा शरीरको हेरचाह कसरी गर्ने?

गर्मीको मौसम नेपाली समाजका लागि केवल मौसम परिवर्तन मात्र होइन, स्वास्थ्य जोखिम र जीवनशैली परिवर्तनको सन्देश पनि हो । तापक्रमको अत्यधिक वृद्धि, चर्को घाम, अत्यधिक पसिना र पानीको कमीले गर्दा शरीरमा विभिन्न प्रकारका समस्याहरू देखिन सक्छन् । यस्तो अवस्थामा सावधानीपूर्वक शरीरको हेरचाह गर्न सकेमा गर्मी सहज र स्वस्थ तरिकाले पार गर्न सकिन्छ ।

गर्मीमा शरीरमा सबैभन्दा ठूलो समस्या डिहाइड्रेसन अर्थात् पानीको कमी हो । पसिनाबाट शरीरको तरल पदार्थ निस्किएपछि यदि समयमै पूर्ति भएन भने चक्कर आउने, थकान, मुटुको गति असामान्य हुने, र छालाको चमक हराउनेजस्ता लक्षण देखा पर्न सक्छन् । तसर्थ, दिनभरि नियमित रूपमा पानी पिउनु अनिवार्य हुन्छ । तर पानी मात्र पर्याप्त हुँदैन, शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन पनि जरुरी हुन्छ । त्यसका लागि कागती पानी, नरिवल पानी, जौको झोल, लस्सी वा घरमै बनाएको अङ्गुर वा आँपको रस उत्तम विकल्प हुन् ।

खानपानको सन्दर्भमा गर्मीमा ‘लाइट डाइट’ नीति सबैभन्दा उपयुक्त मानिन्छ । यस मौसममा शरीरले गह्रौँ खाना पचाउन गाह्रो मान्दछ । तसर्थ, झोलयुक्त, सुपाच्य र पौष्टिक परिकारहरू खाने बानी बनाउनु अत्यन्त उपयोगी हुन्छ । मौसमी तरकारीजस्तै लौका, करेला, पालुंगो, भिन्डी, टमाटर र काक्रो सेवन गर्नु चिसो प्रभाव दिने भएकाले फाइदाजनक हुन्छ । मौसमी फलहरू जस्तै तरबुजा, खरबुजा, सुन्तला, आँप, किवी, अनार आदिले पानीको मात्रा पनि पूर्ति गर्छन् र शरीरलाई ऊर्जा पनि दिन्छन् ।

यस मौसममा फास्टफूड, अत्यधिक मसलेदार खाना, तेलमा डुबाएर तारेका परिकार वा बासी खाना सेवनले पाचन प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्छ । गर्मीमा खाना छिटो बिग्रने भएकाले ताजा खाना खाने बानी बसाल्नु नै राम्रो हुन्छ ।

व्यायाम पनि गर्मीमा अलग तरिकाले गर्नुपर्छ । शरीरलाई सक्रिय राख्न बिहानको छिटो समय वा साँझको समयमा हल्का व्यायाम वा योग गर्न सकिन्छ । अत्यधिक तातोमा दौडनु, जिमको कडा सेसन गर्नु वा पसीना पसिनाले शरीरलाई थकित बनाउनु उपयुक्त होइन । योग, ध्यान, प्राणायामजस्ता अभ्यासहरूले शरीरलाई सन्तुलित मात्र होइन, मानसिक रूपमा पनि शान्त राख्न मद्दत पुर्‍याउँछन् ।

कपडाको छनोट पनि गर्मीमा महत्त्वपूर्ण भूमिका खेल्दछ । कटन, लिनेनजस्ता सास फेर्न सक्ने, पसिना सोस्ने कपडा उपयुक्त हुन्छन् । शरीर ढाक्ने हल्का र फुस्रो रंगका कपडाले घामको असर कम गर्छन् । सँगै टोपी, सनग्लास र छाता प्रयोग गर्ने बानीले छालालाई घामबाट जोगाउँछ ।

छालाको हेरचाह गर्मीमा अझै संवेदनशील विषय हो । पसिनाले छालामा एलर्जी, फोका, घमौरी, वा फंगल संक्रमणको सम्भावना बढाउँछ । त्यसैले छालालाई सफा राख्ने, चिसो पानीले अनुहार धुने, अत्यधिक घाममा ननिस्कने, सनस्क्रिन प्रयोग गर्ने र नियमित रूपमा नुहाउने बानी आवश्यक हुन्छ । एलोभेरा जेल, गुलाबजल वा घरेलु फेसप्याकहरू पनि छालालाई ताजा राख्न उपयोगी हुन सक्छन् ।

मनोस्वास्थ्यको कुरा गर्दा गर्मीले मानिसमा चिडचिडापन, थकान, अल्छीपन र निन्द्रामा असर पुर्‍याउने देखिएको छ । यस्तो बेलामा पर्याप्त निद्रा, तरल पदार्थको सेवन, ध्यान वा शान्त संगीत सुन्ने अभ्यासले मनलाई शान्त राख्न सक्छ । शरीर जति स्वस्थ रहन्छ, मन पनि त्यति नै सन्तुलित रहन्छ ।

अन्ततः, गर्मीमा शरीरको हेरचाह गर्नु भनेको केवल बाह्य सावधानी होइन, सम्पूर्ण जीवनशैलीलाई सन्तुलित बनाउने कुरा हो । दैनिक जीवनमा सन्तुलन, अनुशासन र सजगता अपनाउन सकेमा गर्मी कुनै डर वा असहजता होइन, एउटा प्राकृतिक चक्र मात्र बन्न पुग्छ । हरेक मौसमसँग मित्रता गर्न सक्नु नै साँचो जीवनकलाको अभ्यास हो ।

राष्ट्रिय सभाबाट राष्ट्रिय ऋण संकलन विधेयक पारित

काठमाडौं- राष्ट्रिय सभाको शुक्रबारको बैठकले राष्ट्रिय ऋण संकलन विधेयक, २०८२ पारित गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय ऋण संकलन विधेयक, २०८२ लाई सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय सभाको बैठकमा बहुमतले उक्त प्रस्ताव पारित भएको छ ।

राष्ट्रिय ऋण संकलन विधेयकलाई राष्ट्रिय सभाले संशोधन बिना नै यसको मूल रूपमा पारित गरेको हो।

आगामी आर्थिक वर्षदेखि कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो ।

योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

अहिले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनानामा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन् । जसअनुसार २०७५ सालदेखि योगदानमा आधारित समाजिक सुरक्षा प्रणाली लागू गरिएको थियो ।

इजरायलको ‘नरसंहारको अर्थतन्त्र’ सँग व्यापार अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

कब्जा गरिएको प्यालेस्टिनी भूभागका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधी फ्रान्सेस्का अल्बानीजले इजरायलसँगको सबै व्यापारिक र वित्तीय सम्बन्ध “नरसंहारको अर्थतन्त्र” भएको भन्दै,विश्वका सबै देशहरूलाई इजरायलसँगको सबै व्यापारिक र वित्तीय सम्बन्ध तोड्न र इजरायललाई गरिरहेको हतियार सहयोग पूर्ण रुपमा प्रतिबन्ध गर्दै अन्तर्राष्ट्रिय समर्थन फिर्ता लिन आह्वान गरेकी छिन्।

अल्बानीजले बिहीबार जेनेभामा मानव अधिकार परिषद्मा आफ्नो पछिल्लो प्रतिवेदन प्रस्तुत गर्दै यी टिप्पणीहरू गरेकी थिइन्, जसमा उनले प्यालेस्टिनीहरूमाथि इजरायली दमन र हिंसालाई समर्थन गर्ने दर्जनौं कम्पनीहरूको नाम उल्लेख गरेकी थिइन्।

“कब्जा गरिएको प्यालेस्टिनी भूभागको अवस्था सर्वनाशकारी छ,” उनले भनिन्। “आधुनिक इतिहासको सबैभन्दा क्रूर नरसंहारको लागि इजरायल जिम्मेवार छ।”

कब्जाको अर्थतन्त्रबाट नरसंहारको अर्थतन्त्रसम्म शीर्षकको प्रतिवेदनले “कब्जा गरिएको भूभागमा प्यालेस्टिनीहरूको विस्थापन र प्रतिस्थापन इजरायलको बसोबास-औपनिवेशिक परियोजनालाई कायम राख्ने कर्पोरेट मेसिनरी” भनेर वर्णन गरेको छ।

प्रतिवेदनले हतियार निर्माता, प्राविधिक दिग्गज, भारी मेसिनरी कम्पनीहरू र वित्तीय संस्थाहरू लगायतका कम्पनीहरूलाई इजरायलले प्यालेस्टिनीहरूको दमनमा “सहयोग” गरेकोमा, कब्जा गरिएको भूमिमा इजरायली विस्तारलाई निरन्तरता दिनेदेखि प्यालेस्टिनीहरूको निगरानी र हत्यालाई सक्षम पार्नेसम्मको लागि जिम्मेवार मानेको छ।

प्रतिवेदनमा भनिएको छ कि राजनीतिक नेताहरूले गाजामा इजरायलको रक्तपात रोक्न दबाब दिने आफ्नो जिम्मेवारीबाट पन्छिरहेका छन्, “धेरै कर्पोरेट संस्थाहरूले इजरायलको अवैध कब्जा, रंगभेद र अहिले नरसंहारको अर्थतन्त्रबाट नाफा कमाएका छन्”।

राष्ट्र संघका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इजरायलद्वारा लगभग ५७,००० प्यालेस्टिनीहरू मारिएका छन्, लाखौं विस्थापित भएका छन्, शहरहरू ध्वस्त पारिएका छन्, अस्पतालहरू र विद्यालयहरूलाई लक्षित गरिएको छ, र घेराबन्दी गरिएको र बमबारी गरिएको एन्क्लेभको ८५ प्रतिशत अब इजरायली सैन्य नियन्त्रणमा छ संयुक्त ।

ट्रम्पको ‘ वान बिग बिउटिफुल बील ’ अमेरिकी प्रतिनिधि सभाबाट पारित

लगभग २९ घण्टाको बहस पछि, संयुक्त राज्य अमेरिकाको प्रतिनिधि सभाले ‘ वान बिग बिउटिफुल बील ’ पारित गरेको छ, जुन राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेन्डाको एक स्तम्भ प्रतिनिधित्व गर्ने एक विशाल कर कटौती र खर्च प्याकेज हो।

अमेरिकी कांग्रेसको तल्लो सदनले बिहीबार विधेयकको पक्षमा २१८ देखि २१४ को अन्तरले मतदान गर्‍यो।

सदनका सबै २१२ डेमोक्र्याटिक सदस्यहरूले विधेयकको विरोध गरे। उनीहरूसँग केन्टकीका प्रतिनिधि थोमस मासी र पेन्सिलभेनियाका ब्रायन फिट्जप्याट्रिक पनि सामेल भए, जो रिपब्लिकन बहुमतबाट अलग भए।

विधेयक अब ट्रम्पले यसलाई हस्ताक्षर गर्न ह्वाइट हाउस जाँदैछ। रिपब्लिकन राष्ट्रपतिले आफ्ना सहकर्मी पार्टी सदस्यहरूलाई जुलाई ४, देशको स्वतन्त्रता दिवस अघि कानून पारित गर्न आह्वान गरेका थिए।

नयाँ कानूनको परिणामस्वरूप, अमेरिकाले आफ्नो ऋण सीमा – संघीय सरकारले ऋण लिन अनुमति दिएको रकम – $५ ट्रिलियनले बढाउनेछ।

विधेयकले ट्रम्पको शीर्ष प्राथमिकताहरू मध्ये एक, आप्रवासन प्रवर्तनमा दशौं अर्ब डलर पनि खन्याउँछ, र यसले ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा गरेको २०१७ को कर कटौतीलाई पनि बलियो बनाउनेछ।

ती खर्चहरूको लागि भुक्तानी गर्न, विधेयकले मेडिकेड – कम आय भएका घरपरिवारहरूको लागि सरकारी स्वास्थ्य बीमा – र पूरक पोषण सहायता कार्यक्रम , अन्यथा खाद्य टिकटहरू भनेर चिनिने जस्ता सामाजिक पहलहरूलाई पछाडि पार्छ।

यसले देशको घाटा – अमेरिकाले तिर्नुपर्ने रकम – सोही अवधिमा लगभग $३.३ ट्रिलियनले बढ्ने अनुमान पनि गरेको छ।

डेमोक्र्याटिक सांसदहरूले उक्त विधेयकले मुख्यतया सबैभन्दा धनीहरूलाई फाइदा पुर्‍याउनेछ भनेर उल्लेख गर्दै,गरिबबाट धनीहरूलाई सम्पत्तिको ठूलो पुनर्वितरणको रूपमा आलोचना गरेका छन्।

ट्रम्प जस्ता रिपब्लिकन समर्थकहरूले यो विधेयकले वृद्धिलाई बढावा दिने र मेडिकेड जस्ता कार्यक्रमहरूमा हुने धोखाधडीलाई कम गर्ने प्रतिवाद गरेका छन्।

ट्रम्पका पूर्व सहयोगी, अर्बपति एलोन मस्कले पनि “पोर्क” भनेर वर्णन गरिएका प्रावधानहरूको बारेमा सार्वजनिक रूपमा विधेयकको विरोध गरेका छन्।

पूर्व बंगलादेशी प्रधानमन्त्रीलाई ६ महिनाको जेल सजाय

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार, पूर्व बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ।

तीन सदस्यीय न्यायाधिकरणका अनुसार, हसिनाले कथित रूपमा २२७ जनालाई मार्ने इजाजतपत्र आफूसँग भएको बताएको टेलिफोन वार्तामा बंगलादेशी अभियोजकहरूले न्यायाधिकरणलाई अनुरोध गरेका थिए, किनकि उनी विरुद्ध २२७ मुद्दा दायर गरिएको थियो।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण एक बंगलादेशी घरेलु युद्ध अपराध न्यायाधिकरण हो जुन २००९ मा १९७१ मा देशको स्वतन्त्रता युद्धको क्रममा देशका पाकिस्तानी शासकहरूले गरेको नरसंहारमा संलग्न सहयोगीहरूको अनुसन्धान र अभियोजन गर्न स्थापना गरिएको थियो। २०२४ को विद्रोहमा उनको सरकार अपदस्थ भएपछि बंगलादेश छोडेर छिमेकी भारत गएकी हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनको अनुपस्थितिमा मुद्दा चलाएको थियो र दोषी ठहर गरेको थियो। यस वर्षको सुरुमा, ढाकाले नयाँ दिल्लीलाई मुद्दाको सामना गर्न फिर्ता आउन अनुरोध गर्दै कूटनीतिक नोट पठाएको थियो, जसको भारतीय सरकारले अहिलेसम्म औपचारिक रूपमा जवाफ दिएको छैन।

बंगलादेश छोडेपछि हसिनाको यो पहिलो जेल सजाय हो। जुनमा, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गत वर्ष भएको जनविरोध प्रदर्शनमाथि भएको दमन र उनको पार्टी, अवामी लिगद्वारा सञ्चालित सरकारलाई हटाउन नेतृत्व गरेको सम्बन्धमा हसिनालाई मानवता विरुद्धको अपराधको औपचारिक रूपमा आरोप लगाएको छ।

आईसीटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई प्रदर्शनकारीहरूमाथि “व्यवस्थित आक्रमण” को योजना बनाएको आरोप लगाएका छन्। मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको फेब्रुअरीको रिपोर्टमा भनिएको छ, “१५ जुलाई र ५ अगस्ट (२०२४) बीच १,४०० जनाको मृत्यु भएको हुन सक्छ, र हजारौं घाइते भएका छन्, जसमध्ये धेरैजसोलाई बंगलादेशको सुरक्षा बलले गोली हानेको थियो।”

अगस्ट ५, २०२४ मा राजीनामा दिएकी हसिनाले आफ्नो निर्दोषता कायम राखेकी छिन्। उनका बचाउ वकिल, अमिर हुसेनका अनुसार, उनले यी आरोपहरूबाट आफूलाई मुक्त गर्न तर्क प्रस्तुत गर्ने योजना बनाएकी छिन्। मे महिनामा, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको हितमा रहेको भन्दै अवामी लिगलाई अर्को आम चुनावमा भाग लिनबाट रोक लगाएको छ ।

पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटाको कार दुर्घटनामा मृत्यु

इंग्लिश क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डिएगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ। स्पेनको जामोरा प्रान्तमा भएको दुर्घटनामा जोटाको मृत्यु भएको हो।

२८ वर्षीय जोटा पोर्चुगिज राष्ट्रिय खेलाडी पनि हुन् र उनी इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेलिरहेका थिए। दुर्घटनाको विवरण अझै सार्वजनिक नभए पनि प्रारम्भिक जानकारी अनुसार कार नियन्त्रण बाहिर गई दुर्घटनाग्रस्त भएको थियो।

उनी आफ्नो भाइसँग कारमा थिए। दुवैको मृत्यु भएको छ। रिपोर्टका अनुसार दुर्घटनापछि कारमा आगो लागेको थियो। जोटाको केही दिन अघि मात्र विवाह भएको थियो।

मलेसियालाई पराजित गर्दै नेपाल फाइलनमा

घरेलु टोली मलेसिया विरुद्धको आजको खेलमा नेपाली युवा क्रिकेट टोली विजयी भएको छ।

एसीसी पुरुष यू–१६ इष्ट जोन कप अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा अहिले हङकङ र सिगांपुर भिडिरहेका छन्।

हङकङले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुरले जवाफी ब्याटिङ गरिरहेको छ।

सम्पूर्ण संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

काठमाडौँ — सर्वोच्च अदालतले लामो समयदेखि विचाराधीन ५२ संवैधानिक पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेशका आधारमा १० असार २०७८ मा भएको २० पदाधिकारी नियुक्ति सर्वसम्मतबाट सदर भएको छ भने त्यसअघि २१ माघ २०७७ मा भएको ३२ पदाधिकारीको नियुक्तिलाई भने बहुमतबाट सदर गरिएको छ ।

साढे चार वर्षअघि भएको ३२ पदाधिकारीको नियुक्ति सदर हुने भन्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र मनोज शर्माले आदेश गरेका हुन् । साढे चार वर्षदेखि विचाराधीन मुद्दामा लगातार ११ पटक सुनुवाइ गरेपछि इजलासले निर्णय सुनाउनका लागि ४८ दिनको समय लिएको थियो ।

न्यायाधीशद्वय चुडाल र शर्माले नियुक्ति सदर गर्नुपर्नाको कारणमा कार्यकारिणीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश ल्याउन सक्ने र त्यसरी ल्याएको अध्यादेश प्रमाणीकरण भएपछि कार्यान्वयन भएको मानिने उल्लेख गरेका छन् । उनीहरूले ‘संवैधानिक परिषद्को बैठकमा संविधानले व्यवस्था गरेको सदस्यहरूलाई बैठकबाट वञ्चित नगरेको, संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन विपक्षी दलका नेताको कुनै विरोध उजुरबाजुर नभएको’ कारण पनि पेस गरेका छन् ।
थप कारणमा भनिएको छ, ‘संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन सभामुखलाई ३० मंसिर २०७७ को बिहान ९ बजे बैठकको जानकारी भएको निजकै रिट निवेदनबाट देखिएको, ३० मंसिर २०७७ को बेलुका ५ बजे भएको बैठक सोही बिहानको बैठकको निरन्तरता भएको देखिएको र यस्तो अभ्यास पनि रहे भएको अवस्थामा संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन सभामुख रिट निवेदक भए पनि संवैधानिक परिषद्को बैठकमा सहभागी गरिपाउँ भन्ने निवेदन मागदाबी नभई ‘अब आइन्दा त्यस्तो नगर्नू’ भन्नेसम्मको परमादेशको आदेश माग गरेको, निज हाल संवैधानिक परिषद्को सदस्य रहेको नभई परिस्थितिमा परिवर्तन भएको समेतका आधार कारणबाट प्रस्तुत रिट निवेदनमा निवेदकको मागबमोजिम रिट जारी गर्नुपर्ने अवस्था नदेखिएकाले रिट निवेदन खारेज हुने ठहर्छ ।’

अध्यादेशबमोजिम नियुक्त भए पनि उनीहरूको संसदीय सुनुवाइ भने नभएकाले अबको ४५ दिनभित्र सुनुवाइ गरी नियुक्ति दिलाउनु भन्ने परमादेश न्यायाधीश मल्लले सरकारका नाममा जारी गरेकी छन् । तर उनको यो राय अल्पमतमा परेकाले ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति पूर्ववत् नै निरन्तर रहनेछ । प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले भने संवैधानिक परिषद्ले ३० मंसिर २०७७ मा भएको सिफारिस संविधानसम्मत नभएको भन्दै त्यसविरुद्ध परेको रिट जारी गर्ने निर्णय सुनाएको छ ।

परिषद्को बैठक बस्नु ४८ घण्टाअघि नै यसबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने कानुनी व्यवस्था पालना नभएको भन्दै राउत र सुवेदीको इजलासले नियुक्ति बदर हुने निर्णय लिएको हो । अल्पमतमा परेको न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘३० मंसिर २०७७ को सिफारिस र सोका आधारमा गरिएको नियुक्तिसमेत नेपालको संविधान तथा उल्लिखित कानुनी व्यवस्थाको विपरीत भएकाले उक्त सिफारिस र नियुक्तिको निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।’

संवैधानिक परिषद्ले ३० मंसिर २०७७ मा गरेको सिफारिसबमोजिम २१ माघ २०७७ मा ११ संवैधानिक आयोगमा ३२ पदाधिकारी नियुक्ति गरिएको थियो । पदाधिकारी सिफारिसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेको थियो ।

त्रिविको ताला खुलाउन सर्वोच्चको आदेश

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

तालाबन्दी नगर्नु/नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले बताएका छन् ।

अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । मंगलबार दर्ता भएको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिष्ट्रार कार्यालयलाई विपक्षी बनाइएको थियो ।

त्रिवि आंशिक प्राध्यापक केन्द्रीय समितिका अध्यक्ष गोकुल लेछवा लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव बैकुण्ठ थापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टसमेत विपक्षी थिए ।

जेठ १४ गते नेविसंघबाट विभिन्न क्याम्पसमा स्ववियुमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए । त्यस्तै आंशिक प्राध्यापक संघले जेठ ३० गते उपकुलपतिसहित रजिष्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा तालाबन्दी गरेको थियो ।

नेविसंघ केन्द्रीय समिति र स्ववियुबाट निर्वाचितहरुले भने तालाबन्दीको आधिकारिक जिम्मेवारी लिएका छैनन् । प्राध्यापक संघले भने तालाबन्दीको जिम्मेवारी लिँदै पदाधिकारी, कर्मचारीलाई कार्यालय आउजाउ र बाहिर बसेर कामकाज गर्न पनि अवरोध गर्दै आएको छ ।

सोभियत संघको पतन र आधुनिक रसियाको उदय

१९९१ डिसेम्बर २६ मा सोभियत संघ आधिकारिक रूपमा समाप्त भयो, जसले २०औं शताब्दीको सबैभन्दा नाटकीय भू-राजनीतिक घटनाहरूमध्ये एकलाई संकेत गर्दछ । क्रेमलिनमा फहराइएको रातो झण्डा अन्तिम पटक झर्‍यो, र एक यस्तो राष्ट्र जुन क्रान्ति, युद्ध, र विचारधाराद्वारा निर्मित थियो, एकाएक समाप्त भयो। यसको सट्टा १५ नयाँ राष्ट्रहरू उदाए—प्रत्येकले स्वतन्त्रता, पहिचान र राजनीतिक भविष्यका लागि संघर्ष गरिरहेका थिए—जबकि रसिया, सोभियत संघको सबैभन्दा ठूलो उत्तराधिकारी, महत्त्वाकांक्षी र विश्वव्यापी प्रतिस्पर्धाको नयाँ अध्यायमा प्रवेश गर्‍यो।

सोभियत संघको पतन न त अचानक थियो, न पूर्ण रूपमा अप्रत्याशित। यसको जरा दशकौंको आर्थिक सुस्तता, अत्यधिक केन्द्रीकरण, र पश्चिमसँगको लामो हतियार होडमा गाडिएको थियो। १९८० को दशकको सुरुवाततिर , सोभियत अर्थतन्त्रले आधारभूत आवश्यकताहरू समेत पुरा गर्न सकिरहेको थिएन। जब मिखाइल गोर्भाचोभ सन् १९८५ मा सत्तामा आए, उनले सुधारको आशा बोकेका थिए। पेरोस्त्रोइका (आर्थिक पुनर्संरचना) र ग्लास्नोस्त (राजनीतिक पारदर्शिता) जस्ता नीतिहरूमार्फत उनले सोभियत प्रणालीलाई आधुनिकीकरण गर्ने प्रयास गरे। उनले व्यक्तिगत स्वतन्त्रता बढाए र बजार-आधारित सुधारहरू सुरु गरे—जसले अन्ततः त्यही प्रणालीलाई कमजोर बनायो जसलाई उनी बचाउन चाहन्थे।

अन्तर्राष्ट्रिय रूपमा, गोर्भाचोभले “नयाँ राजनीतिक सोच”को नीति अवलम्बन गरे, जसले कूटनीति, सहकार्य, र आणविक तनाव न्यूनीकरणमा बल दिन्थ्यो। यसले १९८७ को आइएनएफ सन्धि र १९९१ को स्टार्ट आइ सन्धिको रुपमा ऐतिहासिक परमाणु हतियार नियन्त्रण सम्झौता जन्मायो। उनले ब्रेजनेभ सिद्धान्त परित्याग गरे, जसले पूर्वी युरोपका देशहरूलाई आ-आफ्नो राजनीतिक बाटो रोज्न स्वतन्त्र बनायो। यस निर्णयको परिणामस्वरूप, १९८९–१९९० को बिचमा पूर्वी युरोपका साम्यवादी सरकारहरू एकपछि अर्को गरेर ढले। सबैभन्दा प्रतीकात्मक क्षण नोभेम्बर १९८९ मा बर्लिन पर्खालको पतन थियो।

पश्चिमा नेताहरू र गोर्भाचोभबीचको वार्ताबाट जर्मनीको एकीकरण सम्भव भयो। जर्मनीको एकीकरण पश्चात् जर्मनीलाई नेटो भित्र रहने अनुमति दिइयो। त्यसबेला अमेरिकी विदेशमन्त्री जेम्स बेकर लगायत केही पश्चिमी नेताहरूले “नेटो एक इञ्च पनि पूर्वतिर नफैलिने” मौखिक आश्वासन दिएका थिए। यद्यपि ती आश्वासन कुनै लिखित सन्धिमा परिणत भएनन्, जुन सोभियत नेताहरूले त्यसलाई विश्वासपूर्वक ग्रहण गरेका थिए। पछि ती अभिव्यक्तिहरू विवादास्पद भए, विशेषगरी जब नेटोले आफ्नो विस्तार गर्न सुरु गर्‍यो।

गोर्भाचोभले नयाँ सङ्घीय सन्धिका माध्यमबाट सोभियत संघलाई एक महासंघमा रूपान्तरण गर्ने प्रयास गरे, तर अगस्त १९९१ मा कट्टरपन्थीहरुले उनलाई हटाउने प्रयास गरे। त्यो कू असफल भयो, तर यसले गोर्भाचोभको सत्ता र साखलाई गम्भीर रूपमा क्षति पुर्‍यायो। यसबीचमा, युक्रेनले ९०% भन्दा धेरै मतले स्वतन्त्रता घोषणाको पक्षमा मतदान गर्‍यो। डिसेम्बर ८ मा, रसिया (बोरिस येल्त्सिन), युक्रेन (लियोनिद क्राभचुक), र बेलारुस (स्टानिस्लाभ शुश्केविच) का नेताहरूले बेलोभेजा सम्झौता गरे र सोभियत संघको समाप्ति घोषणा गर्दै कमनवेल्थ इण्डिपेण्डेण्ट स्टेटको स्थापना गरे। गोर्भाचोभले डिसेम्बर २५ मा राजीनामा दिए र त्यस दिन क्रेमलिनबाट सोभियत संघको झण्डा झिकियो ।

सोभियत संघको विघटनपछि १५ स्वतन्त्र देशहरू बने: अर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, काजाखस्तान, किर्गिस्तान, लाट्भिया, लिथुआनिया, मोल्दोवा, रसिया, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन, र उज्बेकिस्तान। यी देशहरूको निर्माण सार्वजनिक जनमत, उच्चस्तरीय राजनीतिक छलफल र अन्तर्राष्ट्रिय मान्यताद्वारा सम्भव भयो। गोर्भाचोभले सुधारको बाटो देखाए भने येल्त्सिन, क्राभचुक, नासरबायेभजस्ता नेताहरूले त्यसलाई व्यावहारिक स्वतन्त्रतामा परिणत गरे।

उता सोभियत संघको पतन भयो भने यता पश्चिमी राष्ट्रहरूले शान्तिपूर्ण तरिकाले शीतयुद्धको अन्त्यलाई स्वागत गरे र नेटोको भूमिकालाई पुनः परिभाषित गर्न थाले। १९९४ को “पार्टनरसिप फर पिस ” कार्यक्रमबाट सुरुवात गर्दै, नेटोले सन् १९९९ मा पोल्याण्ड, हंगेरी र चेक गणराज्यलाई सदस्य बनायो, जसपश्चात् बाल्टिक राष्ट्रहरू, बुल्गेरिया, रोमानिया, स्लोभाकिया, लगायतलाई समेट्दै नेटोको विस्तार गर्‍यो। यी सबै राष्ट्रहरूले सुरक्षा र संप्रभुताको ग्यारेन्टीका रूपमा नेटोमा सामेल भए। तर रसियाले यसलाई पूर्वी युरोपतर्फ पश्चिमी घेराबन्दीको रूपमा हे¥यो, जुन उनीहरूका अनुसार १९९० को सहमतिहरूको उल्लङ्घन थियो।तरपनि आफ्नो कम्जोर आर्थिक अवस्था र सैन्य क्षमाताको कारण रुसले नेटोको विस्तारविरुद्ध कुनै प्रतिकार गर्न सकेन।

१९९० को दशकमा येल्त्सिन नेतृत्वको रसियाले पश्चिमसँग सहकार्यको बाटो रोज्यो। तर ती प्रयासहरू प्रायः असफल रहे। पश्चिमी सल्लाहकारहरूको सिफारिसमा गरिएको “शक थेरेपी” अर्थनीतिले महँगो, बेरोजगारी र भ्रष्टाचार निम्त्यायो। रसियाका सर्वसाधारणहरूबीच लोकतन्त्र र बजार सुधारप्रति निराशा र घृणा फैलियो। १९९९ मा कोसोभो संकटमा बिना सुरक्षा परिषद् अनुमोदन पश्चिमी हस्तक्षेप हुँदा, रसियाको मनोबल झन् गिर्‍यो।

सन् २००० मा राष्ट्रपति बनेका भ्लादिमिर पुटिनले सशक्त राज्य निर्माण, आन्तरिक स्थायित्व, र विदेशी प्रभावको विरोधलाई आफ्नो नीतिको केन्द्र बनाइदिए। उनले रूसलाई फेरि प्रभावशाली राष्ट्रको रूपमा पुनर्स्थापित गर्ने प्रयास गरे। जब नेटोले जर्जिया र युक्रेनलाई सदस्यता दिन थालेको संकेत गर्‍यो, रसियाले २००८ मा जर्जियामाथि आक्रमण गर्‍यो। २०१४ मा, युक्रेनको “युरोमैदान” आन्दोलनपछि, रसियाले क्रिमिया अधिग्रहण गर्‍यो र पूर्व युक्रेनमा विद्रोहीहरूलाई समर्थन दिन थाल्यो। यिनी घटनाहरू पश्चिमी दृष्टिकोणले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भए पनि, रसियाले यसलाई आफ्ना रणनीतिक सुरक्षाको आवश्यकता ठान्यो।

आज, रसिया र पश्चिमबीचको तनाव अझै तीव्र छ। नेटोले आफ्ना पूर्वी सदस्यहरूलाई सुरक्षा दिन सक्रियता बढाएको छ भने रसियाले यसलाई आक्रमणको संकेत मानेको छ। दुवै पक्षले विगतका सम्झौताहरू, मौखिक वाचा, र सामरिक व्याख्याहरूलाई आ-आफ्नो तर्कअनुसार व्याख्या गर्छन्।

सोभियत संघको विघटन र आधुनिक रसियाको उदय न त एउटा नायक-खलनायकको कथा हो, न पूर्ण विजय वा पराजयको। यो एउटा यथार्थतामा आधारित संघर्षको कथा हो—सुधार र विघटनबीचको द्वन्द्व, राष्ट्रिय आकांक्षा र अन्तर्राष्ट्रिय रणनीतिहरूको टकराव। आजको भू-राजनीतिक अस्थिरता—नेटोको भूमिका, युक्रेन युद्ध, र रसियाको भू-रणनीतिक मनोविज्ञान—त्यसै विगतका घटनाहरूको प्रतिध्वनि हुन्, जसले आजको विश्वलाई अझै आकार दिइरहेका छन्।

आफ्नो निधनपछि उत्तराधिकारी छनोट गरिने दलाई लामाको पुष्टि

दलाई लामाले बुधबार आफ्नो ९० औं जन्मदिन मनाउन जारी गरिएको समारोहमा जारी गरिएको एक विज्ञप्तिमा तिब्बती बौद्धहरूको आध्यात्मिक नेतृत्वको भूमिका निर्वाह गर्न आफ्नो उत्तराधिकारी हुने पुष्टि गरे।

उनले भने कि तिब्बतको आध्यात्मिक परम्पराका नेताहरू, तिब्बती संसदका सदस्यहरू र निर्वासनमा रहेका सरकार, दुवै भारतीय धर्मशालामा रहेका छन्, र मुख्य भूमि चीन र तिब्बत सहित विश्वभरका बौद्धहरूले उनलाई संस्था जारी राख्न अनुरोध गर्दै पत्र लेखेका थिए।

“यी सबै अनुरोधहरू अनुसार, म पुष्टि गर्दैछु कि दलाई लामाको संस्था जारी रहनेछ,” उनले भने।

उनको बयान, यस्तो समयमा जारी गरिएको छ,जब विश्वभरका बौद्ध विद्वानहरू र भिक्षुहरू ९० औं जन्मदिन समारोहमा भाग लिन दलाई लामा बस्ने धर्मशालामा भेला भएका छन्। “सानो ल्हासा” भनेर पनि चिनिने उक्त स्थानमा तीन दिने धार्मिक सम्मेलन पनि हुनेछ जसको अध्यक्षता दलाई लामाले गर्नेछन्।

तर यो अवसर केवल धार्मिक मात्र नभएर दलाई लामाको उत्तराधिकारी कसरी छानिन्छ, र कसले गहिरो भूराजनीतिक महत्त्व राख्छ भन्ने विषयमा पनि केन्द्रित रहेको छ ।

१९५९ मा तिब्बतबाट भारत भागेका नोबेल शान्ति पुरस्कार विजेता दलाई लामालाई बेइजिङले पृथकतावादीको रूपमा हेर्छ। ६६ वर्षदेखि आयोजकको रूपमा रहेको भारतले दलाई लामाको संस्थाको भविष्यमा गहिरो स्वार्थ राखेको छ भने, संयुक्त राज्य अमेरिका, जसले लामो समयदेखि निर्वासनमा रहेको तिब्बती आन्दोलनलाई चीनको मानवअधिकार अतिक्रमणको प्रमाणको रूपमा उद्धृत गर्दै आएको छ, यो सबैलाई बाँध्ने टाँसो – दलाई लामाको संस्था – जारी रहने कुरा सुनिश्चित गर्न चाहन्छ।

एमालेद्वारा रामहरि खतिवडाको राजीनामा माग

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेद्वारा राज्य व्यवस्था तथा सुशासन समितिका अध्यक्षको राजीनामा माग गरिएको छ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामती सेवा विधेयकमा गरिएको बेथितिको जिम्मेवारी लिँदै समितिका अध्यक्ष रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।

समितिको बैठकमा हाल निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अवधि’ प्रावधानको हेरफेरको बारेमा छलफल भइरहेको छ। छलफलमा भाग लिँदै पूर्व कानूनमन्त्री गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले अध्यक्षले जिम्मेवारी लिनुपर्ने र राजीनामा दिनुपर्ने बताए। उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि माग गरे।

‘समितिले महिनौं छलफलपछि २ वर्षसम्म कुलिङ अवधि पारित गर्‍यो। तर, अध्यक्ष र सचिवले हस्ताक्षर गरेको प्रतिवेदन फरक तरिकाले प्रस्तुत गरिएको थियो। यो नेपालको इतिहासमा लज्जास्पद र घृणित अवस्था हो।’ जनप्रतिनिधिहरूले यति हदसम्म काम गर्न सक्छन् भन्ने कुरा अकल्पनीय छ। त्यसैले अध्यक्ष र सचिवले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ।’

उनले नैतिकताको आधारमा बाटो बनाउन सुझाव दिँदै अब सचिव यो पदमा निरन्तर बस्न सक्दैनन्,’ उनले भने।

एसीसी यू-१६ इस्ट जोन कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउँदै नेपाल विजयी

काठमाडौं – एसीसी यू-१६ इस्ट जोन कप अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनल खेल्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो।

नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदै अलआउट भयो। भुटानका लागि छिरिङ दावाले सर्वाधिक १४ रन बनाए। उनले ३२ बलमा २ चौका प्रहार गरे। ओपनर उग्यान चोपेलले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। किन्ले छिरिङ ६ रनमा अविजित रहे।

नेपालका लागि बलिङतर्फ कप्तान विपिन प्रसाद शर्माले ४ विकेट लिए। सुयोग भट्टराई र सचिन भट्टले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक १६८ रनको पारी खेले। उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे। रौनक अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए।

जोए थापा र रौनक श्रीवास्तवले १७० रनको शतकीय साझेदारी गर्दै नेपालको स्कोर ३०० माथि पुर्‍याउन मद्दत गरेका थिए। जोए थापा ६१ रनमा अविजित रहे। उनले ६८ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा अविजित रहे।

नेपालका ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसी दोहोरो अंकको रन बनाउन नसक्दै पेभेलियन फर्किँदा तेस्रो क्रमका ब्याटर श्रीवान्स बजगाईंले ५४ रनको अर्धशतकीय पारी खेल्दै रनआउट भए। सुगम बुढाथोकीले ३५ रन बनाउँदै क्याचआउट भए।

भुटानका लागि बलिङतर्फ सांगे दोर्जीले सर्वाधिक ३ विकेट लिए तेन्जिङ जम्सोले १ विकेट लिए। नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो।

मलेसिया भने समूह बी को उपविजेता हो। मलेसिया हङकङसँग मात्र पराजित भएको थियो। हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ। सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो। प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा हुनेछ।

कुलिङ पिरियडको विषयमा छानविन हुनुपर्छ : रामहरी खतिवडा

काठमाडौं- संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामति विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ मा बदमासी गर्नेमाथि कारवाही हुने बताएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सभापति खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन्। उनले कुलिङ पिरियडमा देखिएको बदमासी संसदमाथिको ठूलो प्रहार भएको समेत बताए।

‘ विधेयकको दफा ८२ को (४) को व्यवस्थालाई पछिबाट (५) को (क) खण्डित गर्ने दफा थपिएर सदनमा गएको फेला पारेका छौं। यो कसको गल्तीबाट भयो त्यसलाई कानुनको दायरामा ल्याउँछौं,’उनले भने,’आज सबै सेक्टरबाट हामी जनप्रतिनिधिको बदनाम हुने काम भएको छ। मेरो कमजोरी देखिए म कारवाही भोग्न तयार छु। जसले कमजोरी गर्छ यसले कारवाही भोग्नु पनि पर्छ। जु्नसुकै व्यक्ति होस् छानबिनको दायरामा ल्याउनुपर्छ।’

उनले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा परिवर्तन भएको विषयमा छानबिन गर्न सभामुख घिमिरेसमक्ष आग्रह गरिएको जानकारी दिए।

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो। सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई हेरफेर गरी अर्को दफासमेत समावेश भएर आएपछि सांसदहरूले गम्भीर षडयन्त्र भएको भएको र वक्ता विषयमा छानविन हुनुपर्ने भन्दै विरोध जनाएका छन्।