प्रचण्ड सरकारको बहिरगमन पछि समाजवादी मोर्चाको बैठक

  • नेपाल राष्ट्रिय दैनिक
  • १ श्रावण २०८१, मंगलवार १६:२७
samajbadi morcha

काठमाडौँ- समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने मुख्य एजेण्डा सहित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक चलिरहेको छ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विपल्व) सहभागी छन्।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी गरी चार दल रहेको समाजवादी मोर्चाले प्रचण्ड सरकारको बहिरगमन पछि पहिलो पटक बैठक बसेको हो।

जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जसपा नेपालले भने यसअघि नै मोर्चा छाडेको छ ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५