काँग्रेसको ३ सर्त मानेमा मात्र गठबन्धन दलसंग चुनावी तालमेल सम्भव छ:शेखर कोइराला

  • नेपाल राष्ट्रिय दैनिक
  • July 27, 2022
6048775fe2a3d 604867dad1e35 dr sekhar koirala 1 1

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसका तीन सर्त माने मात्र गठबन्धन दलहरुसंग चुनावी तालमेल गर्न सकिने बताउनुभएको छ।

नेपाल प्रेस युनियनले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेता कोइरालाले , आर्थिक नीति, परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा ५ वर्ष सम्म स्थायी सरकार रहने तीन शर्त माने मात्रै आगामी निर्वाचनमा गठबन्धनका दलहरूसँग तालमेल सम्भव हुने बताउनुभएको हो। यसै विषयमा गठबन्धन दलहरुबीच छलफल चलिरहेको पनि उहाँले बताउनुभएको छ।

साथै,माओवादी केन्द्रले भने अनुसारको सिट बाँडफाँड गरेर चुनावमा जान नसकिने पनि कोइरालाले बताउनुभएको छ। पार्टी सभापतिप्रति इंगित गर्दै ,आगामी निर्वाचनमा पार्टीले गुटगत आधारमा टिकटको बाँडफांड नगरी योग्य उम्मेदवारलाई टिकट दिए काँग्रेसले जित्ने पनि उहाँले दावी गर्नुभएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५