एमसीसी आयोजना तोकिएकै समयमा पूरा हुन्छ : परराष्ट्रमन्त्री साउद

  • नेपाल राष्ट्रिय दैनिक
  • November 3, 2023
np saud

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाली आयोजना समयमै सम्पन्न हुने बताएका छन्।

बिहीबार अमेरिकाको वासिङ्टन डिसीमा मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसँगको भेटमा मन्त्री साउदले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।भेटमा एमसीसीका आयोजना समयमै कार्यान्वयन गर्ने विषयमा एमसीसीका पदाधिकारीहरूसँग छलफल भएको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले जनाएको छ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, एमसीसीका युरोप एसिया प्यासिफिक र ल्याटिन अमेरिकाका सह उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन र दूतावासका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५