सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीको निर्णय अनुसार तत्काल मन्त्री हेरफेर गर्नुपर्ने बताएको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने बताएको छ। मन्त्रिमण्डल हेरफेरकै विषयमा आज प्रधानमन्त्री देउवासंग छलफल गर्ने नेता झलनाथ खनालले बताउनुभएको छ।
एकीकृत समाजवादी पार्टीले यसअघि पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको सट्टा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्