राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा लेटर ग्रेडिङ प्रणालीमा प्रकाशन गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2023
rastriya pariksha board neb

राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ प्रणाली अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो पाठ्यक्रमअनुसार अध्ययन गरेपछि लेटर ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको बताए ।

सरकारले सैद्धान्तिकमा ३५ र प्राक्टिकलमा ४० अंक ल्याउनेलाई मात्रै समावेश गर्न लेटर ग्रेडिङ गाइडलाइन, २०७८ परिमार्जन गरेको छ । निर्देशिका अनुसार कुनै पनि विषयमा ३५ भन्दा कम अंक ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ र कक्षा ११ मा जान नपाउने र एनजी लेखेर नतिजा आएका विद्यार्थीले ओरिजिनल प्रमाणपत्र पाउने छैनन् ।

तर, यस वर्षको एसइईको नतिजाको निर्देशिकामा यो व्यवस्था लागू नगरी बोर्डले वर्णमाला/अक्षर ग्रेडिङ प्रणाली लागू गर्ने भएको छ । यस प्रणालीमा ‘ई’ ग्रेड पनि निर्धारण गरी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।

बोर्डका अध्यक्ष शर्माले चालु शैक्षिक सत्रमा सबै कक्षालाई नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएकाले अबदेखि नयाँ ग्रेडिङ प्रणाली लागू गरिने बताएका छन् ।

७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रका करिब ५ लाख विद्यार्थीले भाग लिएको एसइई परीक्षाको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५