जनता समाजवादी पार्टी पनि मन्त्रि हेरफेरको तयारीमा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 1, 2022
jasapa janat samajwadi

एकीकृत समाजवादी पार्टीले मन्त्रि हेरफेर गरेको हप्ता दिन नबित्दै जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने तयारी थालेको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु नियुक्त गरि सरकारमा पठाउने तयारि गरिरहेको जानकारी दिएका छन्। हाल जसपाको तर्फ़बाट सरकारमा , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव रहेका छन्।
सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारि गर्दै गर्दा नयाँ मन्त्रीहरुको रुपमा क- कसलाई सरकारमा पठाउने भन्ने विषयमा भने कुनै टुंगो नलागेको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५