उपसभामुख पदमा आज निर्वाचन हुँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • July 15, 2022
upasabhamukhummedwaar

संघीय संसद (प्रतिनिधि सभा) को उपसभामुख पदका लागि आज दिउँसो ३ बजे मतदान गर्ने कार्यतालिका रहेको छ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि खालि रहेको उपसभामुख पदको लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद संख्याको आधारमा उपसभामुखमा निर्वाचित हुनको लागि तत्काल कायम रहेको सङ्ख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पर्ने देखिन्छा। सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेका छन् भने नेकपा एमालेको ९८ जना सांसद रहेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५