नयाँ स्टक एक्सचेन्ज अध्ययन गर्न तीन सदस्यीय समिति गठन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 24, 2024
nepal stock

काठमाडौं – सरकारले नयाँ स्टक एक्सचेन्ज अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवाकोटीको अध्यक्षतामा तीन सदस्यीय अध्ययन समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

समितिले ४५ दिनभित्र सरकारलाई सिफारिस बुझाउनुपर्नेछ ।नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि सरकारले अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन स्वीकार गरिसकेको छ ।

नयाँ स्टक एक्सचेन्जका लागि तीनवटा निवेदन परेका छन् । हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण एक्सचेन्जले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५