प्रेस युनियनको अध्यक्षमा शिव लम्साल

  • नेपाल राष्ट्रिय दैनिक
  • July 24, 2022
Shiva Lamsal press unon

हेटौंडमा सम्पन्न नेपाल प्रेस युनियनको नवौँ अधिवेशनबाट शिव लम्साल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

गुटगत बाछिटा देखिएको प्रेस युनियनको अधिवेशनमा संस्थापन पक्षबाट उम्मेदवार बनेकी अनिता बिन्दूलाई पराजित गर्दै शिव लम्साल विजयी हुनुभएको छ। विजयी अन्य कार्यसमितिका पदाधिकारीहरुमा पनि इतर समुहकै वर्चस्व देखिएको छ।

महासचिवमा लम्साल प्यानलबाटै दिलीप पौडेल विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सोहि प्यानलका प्रेम केसी र खुला उपाध्यक्षमा इतर समुहकै नकुल अर्याल विजयी भएका छन्।
त्यसैगरी,खुला उपाध्यक्षमा विजयी भीष्मराज ओझा र कोषाध्यक्षमा विजयी माधव धितालले भने संस्थापन पक्षको तर्फबाट जित हाँसिल गर्न सफल भएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५