काठमाडौं -नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन आगामी असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुनेछ । अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ भने, अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।
केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ ।क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र वर्तमान कोषाध्यक्ष रोशनकुमार सिंहले प्रतिस्पर्धा गर्ने चर्चा रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्