देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने: माओवादीले अब एक्लै चुनाव लड्छ: प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी अब एक्लै चुनाव लड्ने र कसैको बैसाखी नटेक्ने बताएका छन् ।

दाङमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको र त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताएका छन् ।सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भएको भन्दै अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नै नरहेको समेत उनले बताएका छन् ।

देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने र माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको भन्दै उनले अब माओवादीलाई बहुमत दिनुपर्ने पनि उनले बताएका छन्।

अदालतको अवहेलना मुद्दामा प्रचण्डलाई सफाइ

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ दिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदनमा सर्वोच्चले सफाइ दिएको हो । उक्त मुद्दाको फैसलाको पूर्णपाठमा न्यायालयले कुनै पूर्वाग्रह वा प्रतिशोध राखेर काम नगर्ने उल्लेख गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गत पुस २० गते अवहेलना मुद्दामा दाहाललाई सफाइ दिएको थियो।

दाहालले २०७३ वैशाख ३१ गते एक कार्यक्रममा ‘अदालतले द्वन्द्वकालीन मुद्दाहरू फैसला गरेर, न्यायालयले शान्ति सम्झौताविरुद्ध भयानक षड्यन्त्र गरेको र दिउँसै रात पार्ने काम गरेको’ अभिव्यक्ति दिएका थिए। दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै सर्वोच्चको पूर्णपाठमा , ‘न्यायालय स्वभावले नै प्रतिक्रियात्मक बन्दैन, कुनै पूर्वाग्रह वा प्रतिशोध राखेर न्यायालयले काम गर्दैन। अदालतले दिउँसै रात पार्दैन। समाजमा विद्यमान अँध्यारोलाई न्यायको ज्योति देखाएर उज्यालोतर्फ डोर्या‍उने काम गर्छ’, भनेर उल्लेख गरिएको छ। अदालतको जात छुट्ट्याउने, अदालतले षडयन्त्र गर्यो‍, संवैधानिक प्रक्रिया भाँड्न खोज्यो भन्ने जस्ता कुराहरू कल्पनातित भएको पूर्णपाठमा उल्लेख गरिएको छ।

कसैको कुनै अभिव्यक्ति अशोभनीय वा उत्तेजनापूर्ण छ भन्ने आधारमा नै स्वतः त्यसलाई अदालतको अवहेलनाजन्य विषय ठान्नु मनासिव नहुने र त्यस्ता कुराहरुमा विषय र सन्दर्भ हेरिनु आवश्यक भएको बताइएको छ। साथै, कुनै अमुक समाचारपत्रमा प्रकाशित समाचारको कुरालाई नै निर्णयको विस्श्वसनीय आधार मानेर न्यायिक धारणा निर्माण गर्नु मनासिव नहुने पनि पूर्णपाठमा उल्लेख गरिएको छ।

दाहालको अभिव्यक्तिका सम्बन्धमा विश्वसनीय, तथ्यगत आधार वा प्रमाण पेश हुन नआएकाले अदालतको अवहेलना गरेको भनि ठहर गर्न मिल्ने सम्मको अवस्था नदेखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ।

थप तीन हजारलाई शहीद घोषणा गरिने : प्रधानमन्त्री दाहाल

काठमाडौँ — शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका थप करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका छन् । त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ उनले भने, ‘म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन । यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ । र, शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा सम्मानित गरेको छ । र, हामी बाँचेकाहरुको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ ।’

प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ अधिवेशनमा भाग लिन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्क जाँदैछन्।

प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा सहभागी हुने र अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने बताइएको छ।

बिहीबार संसद् सचिवालयमा पत्र पठाएर विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न निर्देशन दिइएको र कार्यसूचीको तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।

संविधानको धारा १००(२) मा ७६(२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत जित्नको १३८ मत प्राप्त गर्नुपर्नेछ।

पुस १० गते एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारबाट राप्रपा र एमालेले समर्थन फिर्ता लिएको थियो ।

यथास्थितिमा एमसीसी पारित हुंदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने बताउनु भएको छ । ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्ने क्रममा दाहालले संशोधनपछि मात्र एमसीसी पारित गर्न सकिने बताउनुभयो ।


आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रिय हित अनुकुल नै भएको दावी गर्दै एमसीसी सम्झौताबारे अध्यन गरेर मात्र तर्क गर्न आग्रह गर्नुभएको थियो । तर आजको बन्दसत्रमा प्रचण्डले संशोधन बिना कुनैपनी हालतमा संसदबाट एमसीसी पास नहुने बताउनुभएको छ ।

आफ्नै कारण पार्टी कम्जोर भएको प्रचण्डको स्विकारोक्ति

नेपालको राष्ट्रिय राजनीतिमा माओवादी आफ्नै कारणले कम्जोर बन्दै गएको र मुख्य दोषी आफैं भएको पुर्व प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ ।
आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहांले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताउनु भएको छ । जन्युद्ध देखी ६२-६३ को जनअन्दोलन हुंदै आजको दिन सम्म आइपुग्दा नेपालको राष्ट्रिय राजनीतिमा आफुहरु धेरैनै कम्जोर भएको र त्यसको लागि कसैको आलोचना र कसैप्रती कुनै पनि किसिमको आरोप नलगाउने बताउनुभयो । साथै नेकपा एमालेसंग पार्टी एकता गरेर आफूहरुले कुनै गल्ती नगरेको तर एकता जोगाउन किन सकिएन भन्ने बिषयमा आत्मसमीक्षा गर्न जरुरी भएको धारणा ब्यक्त गर्नुभएको छ ।