अमेरिकाले युक्रेनमा लामो दुरीका रकेट पठाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • June 1, 2022
biden

President Joe Biden speaks the about the long-delayed cleanup of Great Lakes harbors and tributaries polluted with industrial toxins at the Shipyards, Thursday, Feb. 17, 2022, in Lorain, Ohio. Cleanup will accelerate dramatically with a $1 billion boost from Biden's infrastructure plan. (AP Photo/Ken Blaze)

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा थप उन्नत र लामो दुरीसम्म प्रहार गर्नसक्ने रकेट पठाउने घोषणा गरेका छन्। यो सहायताले रूस बिरूद्ध कीभको वार्ताको स्थितिलाई बलियो बनाउने र कूटनीतिक समाधानको सम्भावनालाई अझ बलियो बनाउने राष्ट्रपति बाइडेनले बताएका छन्।

अमेरिकाले अहिले उपलब्ध गराउने हतियारहरूले लामो दूरीबाट शत्रु सेनाहरूलाई अझ सटीक रूपमा प्रहार गर्न मद्दत गर्ने बताइएको छ। नयाँ हतियारहरूमा एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (HIMARS) समावेश हुनेछ। यो रकेटले ७० किलोमिटर टाढाको लक्ष्यमा धेरै सटीक-निर्देशित मिसाइलहरू प्रक्षेपण गर्न सक्नेछन्
फेब्रुअरीमा आक्रमण सुरु भएदेखि युक्रेनका लागि अमेरिकाले स्वीकृत गरेको ११औं सैन्य सहायता प्याकेजमा हेलिकप्टर, एन्टी ट्याङ्क मिसाइल , रणनीतिक सवारी साधन र स्पेयर पार्ट्स समेत समावेश गरिने छ।
यता, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमले युक्रेनी राष्ट्रवादीहरूलाई रसिया विरुद्ध हतियारहरू सहयोग गरेको आरोप लगाउंदै, यो रुस विरुद्धको अमेरिकी रणनीति भएको बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५