खेलाडीको मृत्युपश्चात प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • October 16, 2022
paragliding in pokhara

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी नेपाल आर्मीका २६ वर्षीय खेलाडी निसिम थापाको निधन भएको छ। थापाको निधनसँगै, नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो।

प्रतियोगितामा उडान भरेलगत्तै थापा करिब एक सय मिटर तल जमिनमा बजारिएका थिए। ग्लाइडर नखुलेको कारण उनी जमिनमा बजारिएको अनुमान गरिएको छ। जमिनमा बजारिएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो।

पछिल्लो समय प्याराग्लाइडिङ विकास र विस्तार भए अनुरुप चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा प्याराग्लाइडिङ सुरक्षा सम्बन्धी सवाल पेचिलो बन्न पुगेको भन्दै उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५