जगन्नाथको उम्मेदवारीले हल्लिएको गठबन्धनको जग

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ बैशाख २०७९, शनिबार ०४:५९
jagannath poudel

सत्ता गठबन्धनले माओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको साझा उम्मेदवारको रुपमा खडा गरेपछि आक्रोशित बनेका चितवन काँग्रेसको एउटा तप्काको प्रतिनिधित्व गर्दै चितवन काँग्रेसका प्रभावशाली नेता जगन्नाथ पौडेलले गठबन्धनको उम्मेदवारकै विरुद्धमा मेयर पदको लागि स्वतन्त्र उम्मेद्वारी दिए। पौडेललाई फकाउन र उनको उम्मेद्वारी फिर्ता गराउन सिंगो राज्य संयन्त्रनै लागि पर्दा पनि पौडेल आफ्नो अडानबाट पछि नहटेपछि उनको उम्मेदवारीले गठबन्धनभित्र झनै ठुलो तरङ्ग पैदा गरिदियो। 

जगन्नाथको उम्मेद्वारीले गठबन्धनलाई धक्का पुग्ने देखेपछि, गठबन्धनको पक्षमा माहोल बनाउन  सत्ता गठबन्धन दलका सबै शिर्ष नेताहरुनै चितवन आउने कार्यक्रम तय भयो।  यहीबीच भरतपुरको केन्द्रिय बस टर्मिनल परिसरमा पाँच दलिय सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी सभाको आयोजना गर्यो।  सत्ता गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई कुनै पनि हालतमा जिताउनुपर्ने बताए। सम्बोधनकै क्रममा उनले भने,”गठबन्धन टुटाउने ठूलो षड्यन्त्र भइरहेको छ, यसमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदै हुँदैन। यो कुरामा तपाईँहरु स्पष्ट हुनुस्”।

त्यसैगरी प्रचण्डले पनि सम्बोधन गर्ने क्रममा आफुहरु यो गठबन्धनलाई अझै १०/१५/२० बर्ष अगाढी बढाउने योजना रहेको बताए।  तर संगसंगै उनले २०७४ को स्थानिय निर्वाचनप्रति संकेत गर्दै गठबन्धनबाट हँसिया हथौडामा भोट आएन भने गठबन्धन टुट्न पनि सक्ने भन्ने आशयको अभिव्यक्ति दिए।  नेकपा एमालेका केहि साथीहरु अझै पनि मिल्ने सहमति लिएर आएको तर अहिले आफुले यहि गठबन्धनलाई अगाडी बढाउने प्रतिवद्दता गरेको बताए।

गठबन्धन दलका शिर्ष नेताहरुको अभिव्यक्तिले स्पष्ट रुपमै भरतपुरको मेयरमा रेणु दाहालले नजितेको खण्डमा गठबन्धन टुट्ने संकेत गरेका छन्।  प्रचण्ड चितवनमा आफ्नो पकड कायम गर्न चाहन्छन।  २०७४ को स्थानिय तह निर्वाचनमा आएको चुनावी नतिजा पछि एकाएक एमालेसंग पार्टी एकता गरेर प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेका प्रचण्डको लागि  यो स्थानिय निर्वाचन अग्निपरिक्षा बनेको छ।  यदि गठबन्धन गर्दै गर्दा पनि मेयरमा रेणु दाहालको जित सम्भव भएन भने प्रतिनिधि सभाको चुनावमा आफ्नो सिट सुरक्षित गर्न प्रचण्डले आफ्नो सेफ ल्याण्डिङ्ग खोज्नै पर्ने हुन्छ।  केन्द्रमा पाँच दलिय गठबन्धन भएपनि अन्य गठबन्धनभित्रका दलहरुको वर्चस्व कम रहेको चितवनमा गठबन्धन भनेको काँग्रेस र माओवादी केन्द्र मात्रै हो।  यो अवस्थामा काँग्रेसबाटै अन्तर्घात हुँदै गर्दा प्रचण्डले निश्चय नै आफ्नो सेफ ल्याण्डिङ्ग खोज्नेछन र त्यतिबेला उनको अर्को विकल्प भनेको एमाले नै हो। 

यी सब कुराहरुकोबीच अब रहयो रेणु दाहाललाई आउने काँग्रेसको भोट।  माओवादी एक्लैको भोटले चुनाव जित्न रेणु दाहाललाई सम्भव कत्ति पनि छैन।  यो अवस्थामा गठबन्धन दलभित्रैको काँग्रेसले आफ्नो भोट हँसिया हथौडामा हाल्नुपर्नेछ। तर पछिल्लो  समय चितवन काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा मेयरको उम्मेदवारीको विषयलाई लिएर बढेको असन्तुष्टि प्रति देउवा र प्रचण्डले सम्बोधन गर्न नसक्दा काँग्रेसको सबै भोट हँसिया हथौडामा खस्छ भनेर भन्न सकिने अवस्था भने छैन।  त्यसमा पनि चितवन काँग्रेसको एउटा तप्का जगन्नाथ पौडेलको कित्तामा उभिएको अवस्थामा काँग्रेसको भोट बांडिने देखिन्छ।  यदि मतदानको दिनसम्म अवस्था यहि रह्यो भने काँग्रेसको भोट रेणु दाहाल र जगन्नाथ पौडेलकोबीच विभाजन हुने निश्चित छ। साथै ३० गते निर्वाचनको दिन कसको पक्षमा कति मत खस्छ र चुनावी नतिजा कसको पक्षमा जानेछ भन्ने कुरालेनै गठबन्धनको भविष्य निर्धारण गर्नेछ। 

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५