मेयर बालेन शाह विरुद्ध सर्वोच्चमा मुद्दा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 29, 2022
balen shah

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गरेपछि मेयर शाहले, ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी दिएको प्रतिक्रियाप्रति, अदालतको अवहेलना भएको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहमाथि कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए ।

अधिवक्ता जोशीले मेयर शाह विरुद्द दिएका निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ ।

जोशीले सर्वोच्च अदालतमा दिएका निवेदनलाई स्वीकारेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले अदालत सामु जवाफ पेश गर्नुपर्ने हुन्छ। त्यसको लागि शाहले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत जवाफ पेश गर्न सक्नेछन।

https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a3/
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५