हप्ताको दुई दिन सार्वजनिक विदाको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट

  • नेपाल राष्ट्रिय दैनिक
  • June 6, 2022
sarbochha

जेठ १ देखि लागु गरिएको शनिबार र आइतबार सार्वजनिक विदा दिने मन्त्रिपरिषदको वैशाख २६ गतेको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ।

आवश्यक कुनै पनि विचार विमर्श नै नगरी मन्त्रिपरिषदले हप्तामा दुई दिन सार्वजनिक विदा दिने भनि गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा वैशाख २६ को सरकारको निर्णय खारेज गर्न माग गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५