आज प्रतिनिधि सभा बैठक बस्दै: यस्तो छ आजको बैठकको कार्यसूची

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2025
FederalParliamentSept12 20190913172012 1

काठमाडौँ: हिउँदे अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दैछ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ।

आजको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि आजको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिपक्षी दलका सांसदहरुले अध्यादेश अस्वीकृत गर्न भन्दै प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा प्रस्ताव दर्ता गरेका छन्।

प्रितिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुने देखिएको छ। यधपी,राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूको बहुमत पुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालको साथ खोजेका छन्। त्यसका लागि सत्तारुढ दलका शिर्ष नेताहरु उपेन्द्र यादवलाई अध्यादेशको पक्षमा ल्याउन सक्दो कोशिस गरिरहेका छन्।

pratinidhi sabha karyasuchi
karyasuchi
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५