पत्रकारिता क्षेत्र देश र जनताप्रति जिम्मेवार रहनुपर्छ : प्रधानमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • July 22, 2022
press union deuba

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता क्षेत्र देश र जनताप्रति बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ।

हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको सहायताले आफूलाई परिष्कृत गर्दै जिम्मेवार र जवाफदेही बन्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र सुदृढ गर्न प्रेसको भूमिका महत्वपूर्ण हुने भएकाले प्रेस स्वतन्त्रताको आडमा पत्रकारले आफ्नो जिम्मेवारी भुल्न नहुने बताउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री देउवा काठमाडौं फर्किनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५