“टीआरसी” मा दलहरुबीच सहमति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 1, 2024
TRC sankraman kalin mudda

काठमाडौँ- सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा टुङ्गो लगाउन बाँकी सबै विषयहरूमा सहमति जुटेको नेकपा माओवादी केन्द्रका उउपमहासचिव जनार्दन शर्माले जानकारी दिएका छन् ।

गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र उपमहासचिव शर्मा सदस्य रहेको संयन्त्रले भोलि बेलुकीसम्म सहमति भएको विषय पार्टीका तीन शीर्ष नेताहरूलाई बुझाउने र आवश्यक प्रक्रिया पुर्‍याएर कानुन पारित गर्ने बताइएको छ।

पीडितलाई सम्बोधन होस् भन्ने आधारमा माग अनुसार नै सहमति टुंग्याइएको उनले बताएका छन् ।द्वन्द्वकालमा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषयमा मनसायपूर्वक अथवा स्वेच्छाकारी ढंगले गरिएको हत्या भनेर त्यसलाई टुंग्याएइएको र पीडित सहमत नभएको खण्डमा मावन अधिकारको गम्भीर उल्लंघनमा मुद्दा चल्नेगरी सहमति भएको गृहमन्त्री लेखकले बताएका छन्। यसअघि भएको सहमतिमा अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धि कानुनलाई मिचेर ७५ प्रतिशत सजाय कम गर्न सक्ने गरी दलहरुबीच भएको सहमतिमा भने संसद मै विरोध समेत गरिएको छ , यधपी दलहरुले सो विषयमा भने सहमती जनाएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५