लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • April 27, 2023
dilli chaudhary lumbini mukhyamantri

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

८ दलका ५३ सांसदहरूको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघी लुम्बिनी प्रदेशका मुख्यमन्त्री नेकपा एमालेका लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि,संविधानको धारा १६८ को उपधारा २ बमोजिम, प्रदेश प्रमुख अमिक शेरचनको आह्वानमा चौधरीले आफ्नो दाबी पेस गरेका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाको १ र नेकपा एकीकृत समाजवादीको १ सांसदको समर्थन रहेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५