थप २२ मेगावाट बिजुली भारत निर्यात हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • November 3, 2022
Nepal Electricity Authority bidhut

नेपाल विधुत प्राधिकरणले थप २२ मेगावाट विधुत भारत निर्यातका लागि अनुमति प्राप्त गरको छ।

नेपाल विधुत प्राधिकरणले चिलिमे जलविधुत कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात गर्ने जनाएको छ। चिलिमे सहित अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्राधिकरणले जनाएको छ । नेपाल विधुत प्राधिकरणले यसअघि नै देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विधुत भारतीय इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव गरेको थियो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विधुत गत १९ जेठदेखि भारतीय इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेसंगै निजि क्षेत्रले निर्माण गरेका जलविधुत आयोजनाका विधुत निर्यात प्रक्रियालाई पनि अघि सारेको हो।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५