४ वर्षीया बालिकाको बलात्कारपछि हत्या:४ जना पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 25, 2022
child death

४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

श्रावण ५ गतेदेखि वेपत्ता वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी ४ वर्षीया बालिका श्रावण ७ गते वीरगञ्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा मृत अवस्थामा फेलापरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा प्रहरीले पहिलो पटक शव भेटिएको जानकारी गराउने १२ वर्षीय युवकलाई सोधपुछ गर्ने क्रममा सोहि बालक सहित अन्य ३ जनाको पनि घटनामा संलग्नता देखिएपछि प्रहरीले अन्य ३ जना अभियुक्तलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएको थियो ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा जबरजस्ती करणीपछि हत्या गरिएको खुलेको छ। आरोपित ४ जना विरुद्द जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५