नागरिकता विधेयक हुबहु पुन: प्रमाणिकरणको लागि पठाउने गठबन्धनको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2022
nepali citizenship certificate

सन्देश सहित राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सत्तारुढ गठबन्धनको आज बसेको बैठकले हुबहु पुन: राष्ट्रपतिकोमा प्रमाणिकरणको लागि पठाउने निर्णय गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस भनि संसदमा फिर्ता गरिएको नागरिकता विधेयक आज बसेको संसद बैठकमा प्रस्तुत गरिएको छ। संसदमा जानकारी गराइएको उक्त विधेयक बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९’को विधेयक राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने आवश्यक लागेमा १५ दिनभित्र फिर्ता गर्ने सक्ने कानुनि प्रावधान रहेको र कानुनले निर्दिष्ट गरेको सोहि बुंदामा टेकेर नागरिकता ऐन पुनर्विचारको लागि संसदमा नै फिर्ता पठाइएको थियो। यसरी फिर्ता गरिएको विधेयक संसदले हुबहु या संसोधन सहित पुन: प्रमाणिकरणको लागि राष्ट्रपतिकोमा पठाउन सक्छ। तर पुन: प्रमाणिकरणको लागि पेश गरिएको विधेयक फिर्ता गर्ने संवैधानिक अधिकार भने राष्ट्रपतिलाई दिइएको छैन।

https://nepalrastriyadainik.com/%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५