एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हाइयानबीच शिष्टाचार भेट

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2024
sun haiyan and kp oli

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हाइयानले शिष्टाचार भेट गरेका छन् ।

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हाइयानबीच शनिबार एमाले पार्टी कार्यालय ललितपुरको चैसालमा भेटवार्ता भएको थियो । दुई नेताबीच भएको भेटवार्तामा नेपाल–चीन सम्बन्ध र एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार भेटमा अध्यक्ष ओलीले विगतमा एमाले सरकार हुँदा चिनियाँ कम्युनिष्ट पार्टीसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका थिए । उपमन्त्री सुन हेयानले पनि दुई देशबीचको उच्च राजनीतिक तहमा भएका सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५