पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू : इन्धनको मूल्य घट्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2023
petrol tankers aayal nigam

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ।

निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्ने र सोहि अनुसार इन्धनको मूल्य पनि घट्ने जनाएको छ।

यो निर्णयसंगै,आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँले मूल्य घट्ने निगमले जनाएको छ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको र एलपी ग्यासमा भने परल मूल्य नै कायम रहने जनाएको छ।

नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३.२७ रुपैयाँ, डिजेलमा ९.९४ रुपैयाँ, हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपी ग्यासमा १३६.६० पैसा सस्तो हुने निगमले जनाएको छ।

Share :
nepal airlines

नेपाल वायुसेवाको राहत उडानमार्फत १५७ यात्रु भैरहवाबाट काठमाडौं ल्याइए

भैरहवा - विपद र प्रतिकूल मौसमका कारण सार्वजनिक यातायात अवरुद्ध भएपछि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई उद्धार गर्न नेपाल वायुसेवा निगमले सोमबार विशेष राहत उडान सञ्चालन गरेको छ। निगमको एयरबस ए-३२० जहाजले भैरहवाबाट १५७ यात्रु बोकेर काठमाडौं फर्किएको हो। सरकारको अनुरोधमा यो उडान सञ्चालन गरिएको हो। यो राहत उडान अशक्त, बिरामी र वैदेशिक रोजगारका लागि तयारीमा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो।[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५