पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू : इन्धनको मूल्य घट्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2023
petrol tankers aayal nigam

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ।

निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्ने र सोहि अनुसार इन्धनको मूल्य पनि घट्ने जनाएको छ।

यो निर्णयसंगै,आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँले मूल्य घट्ने निगमले जनाएको छ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको र एलपी ग्यासमा भने परल मूल्य नै कायम रहने जनाएको छ।

नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३.२७ रुपैयाँ, डिजेलमा ९.९४ रुपैयाँ, हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपी ग्यासमा १३६.६० पैसा सस्तो हुने निगमले जनाएको छ।

Share :
pokhara

पोखरा भ्रमण वर्ष-२०२५

पोखरा- चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ । पोखरा भ्रमण वर्षको लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ । महानगरले भ्रमण वर्षअवधिभर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५