सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनका लागि आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल हुने बताउनुभएको छ ।
मन्त्री कार्कीले विगतका कमजोरी सच्याई साथीहरुको सुझावका आधारमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन बनाइने बताउनुभयो ।
विकासबिनाको राजनीतिले देश र समाज परिवर्तन नहुने बताउँदै , ‘विकास, निर्माण, सुशासन र विधिको शासनको प्रत्याभूति देशको आवश्यकता हो र त्यसका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको हो ।
कार्कीले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयमुक्त हुनेमा विश्वस्त हुन सबैलाई आग्रह समेत गर्नुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्