प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा सहभागी नहुने

  • नेपाल राष्ट्रिय दैनिक
  • September 5, 2022
sherbahadur deuba 7SSB44y2qU

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७७औँ महासभामा सहभागी हुन नाजानुहुने भएको छ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने क्रममा नै प्रधानमन्त्री देउवाले नेपाल र अमेरिकाबीच सौहार्दपूर्ण द्विपक्षीय भ्रमण गर्ने तयारि भैरहेको बेला, नेपालमा निर्वाचनको मिति तय भइसकेको र अमेरिकाबाट द्विपक्षीय भ्रमणका लागि कुनै ठोस मिति तय नभएकाले प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा सहभागी नहुने बताइएको छ।

यसअघि नेपाल र अमेरिकाबीच द्विपक्षीय भ्रमण गर्ने पूर्ण व्यवस्था मिलाइएको थियो । तर नेपाल सरकारले एसपीपीलाई अस्वीकार गरेपछि द्विपक्षीय भ्रमण स्थगित भएको थियो।

प्राप्त जानकारी अनुसार परराष्ट्रमन्त्री नारायण खड्का नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुनेछ । तर अहिलेसम्म कुनै निर्णय भने भइसकेको छैन र आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सामान्यतया, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूको सरकार प्रमुख वा राष्ट्र प्रमुखले महासभामा भाग लिने र आ-आफ्नो देशको तर्फबाट विश्व मञ्चमा आफ्नो विचार व्यक्त गर्ने गर्दछन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५