बाबुराम भट्टराईलाई अनुशासनकाे कारबाही

  • नेपाल राष्ट्रिय दैनिक
  • July 13, 2022
baburam bhattarai

जनता समाजवादी पार्टी (जसपा)को विरगंजमा जारि केन्द्रीय समितिको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई अनुशासनकाे कारबाही गर्ने प्रस्ताव पारित भएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको प्रस्ताव विरगंजमा जारि केन्द्रीय समितिको बैठकले पारित गरेको हो। काठमाडौँमा समानान्तर रुपमा आफु पक्षधरका नेताहरुलाई लिएर भट्टराईले केन्द्रीय समितिको बैठक आह्वान गरेका थिए।

विरगंजको केन्द्रिय समिति बैठकले भट्टराईको केन्द्रिय समिति बैठकमा सहभागी गंगानारायण श्रेष्ठ, महेन्द्र यादव लगायतका नेताहरुलाई पनि अनुशासनकाे कारबाही गरिने बताएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%89%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%95/
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५