काठमाडौं महानगरपालिकाको कार्यालय अगाडी फुटपाथ व्यापारीको प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
footpath vendors agitation

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा कडाई गर्न थालेपछि व्यापारीहरुले आज काठमाडौँ महानगरपालिकालाई ज्ञापन पत्र बुझाएर महानागरको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

उनीहरुले आज स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ३ बुँदे माग सहित महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्।

सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने , सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने,विना विकल्प उनीहरुलाई विस्थापित गर्न नपाइने र प्रशासनको तर्फबाट भइरहेको अमानवीय व्यवहार बन्द गरी यसअघि भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै आज उनीहरुले महानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गरेका हुन्।

Footpath vendors
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५