सर्वोच्चको आदेशले अत्तालिएको सत्ता गठबन्धनको बालुवाटारमा आकस्मिक बैठक

  • नेपाल राष्ट्रिय दैनिक
  • August 14, 2023
baluwatar meeting

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न दिएको आदेश र गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले सरकारमा सामेल नेताहरुनै अनुसन्धानको दायरामा तानिने भएपछी सत्तारुढ दलहरुको आकस्मिक बैठक यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेश अनुसार पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपाल समेत अनुसन्धानको दाएरामा तानिने भएका छन् भने, गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमति अनुसार जसपा नेता उपेन्द्र यादव समेत अनुसन्धानको दायरामा तानिने भएका छन्।

यसअघि, यादवले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसंग गरिएको सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढाइए सरकारबाट समेत अलग हुनुपर्ने अवस्था आउन सक्ने बताएका थिए।

बालुवाटारमा जारी गठबन्धनको बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि राखिएको छ भने बैठकले संसदको अवरोध अन्त्य गर्ने विषयमा पनि छलफल गर्ने बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५