अमेरिकाले ग्याँस पाइपलाइन तोडफोड गरेको रुसको आरोप

  • नेपाल राष्ट्रिय दैनिक
  • September 28, 2022
nord stream leakage biden suspect

रुसी ग्याँस आपूर्ति गर्ने समुद्रमुनिको पाइपलाइनमा अमेरिकाले क्षती पुर्‍याएको रुसले आरोप लगाएको छ।

thank u usa
ग्याँस पाइपलाइनमा आक्रमण भएको खबर लगत्ते, अमेरिकालाई धन्यबाद दिंदै पोल्याण्डका पूर्व विदेशमन्त्रीले ग्याँस लिक भएको फोटोसहित गरेको ट्विट

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले ,युरोपेली ऊर्जा पूर्वाधारमा कुनै पनि अवरोध अस्वीकार्य छ र त्यसको कडा प्रतिक्रिया दिनेछ भनि दिएको अभिव्यक्ति पछि, मंगलबार सिकोर्स्कीले बाल्टिक सागरको पानीमा ठूलो ग्यास चुहावटको फोटोसँगै “धन्यवाद संयुक्त राज्य अमेरिका” भन्दै गरेको ट्वीटप्रति इङ्गित गर्दै, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा क्षति पुर्‍याएकोमा ईयूले सबैभन्दा सम्भावित संदिग्धको रुपमा कसलाई सजाय दिन चाहन्छ र यो चेतावनी कसलाई लागू हुन्छ भनेर प्रश्न समेत गरेकी छन्।

biden threats to stop nordstream 2
अमेरिकी राष्ट्रपतिले,मस्कोले किभ विरुद्ध आक्रमण गरेमा हामी नर्ड स्ट्रिम २ को अन्त्य गर्नेछौं भनि दिएको चेतावनी(सो अन्तर्वार्ताको दृश्य )

वाशिंगटनसँग राम्रो सम्बन्ध भएका पोल्याण्डका पूर्व विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले, पाइपलाइन तोडफोडको पछाडि अमेरिकाको हात रहेको भनि पुष्टि गरिसकेको पनि उनले बताएकी छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरीको सुरुमा रसियाले युक्रेनमा सैन्य कारबाही सुरु गर्नुअघि, यदि मस्कोले किभ विरुद्ध आक्रमण गर्छ भने, त्यहाँ अब नर्ड स्ट्रिम २ हुनेछैन,हामी यसलाई अन्त्य गर्नेछौं भनि चेतावनी समेत दिएका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५