सरकारद्वारा १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2025
sikshya bigyan mantralaya

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको छ ।

मन्त्रालयले आइतबार विद्यार्थीलाई दिइएको छात्रवृत्तिको विवरण सार्वजनिक गरेको हो । जसअन्तर्गत आवासीय छात्रवृत्ति १२ हजार ६५ विद्यार्थीलाई ६० करोड ३२ लाख दिइएको छ ।

अपाङ्गता भएका, मुक्त कमलरी, सिमान्तकृत समुदाय, सडक बालबालिका, एचआइभी प्रभावित, वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजारको दरले दिइएको हो ।

गैरआवासीय छात्रवृत्ति १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख दिइएको मन्त्रालयले जनाएको छ । कर्णाली प्याकेज अन्तर्गत कक्षा १–५ मा अध्ययनरत बालिकालाई वार्षिक एक हजार रुपैयाँ दिइएको हो ।

दलित छात्रवृत्तिमा कक्षा १–५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड दिइएको छ । विपन्न लक्षित छात्रवृत्ति ६० करोड दिइएको मन्त्रालयले जनाएको छ । कक्षा ११–१२ विज्ञान विषयमा वार्षिक २४ हजार र अन्य विषयमा वार्षिक १८ हजार र कक्षा ६–१० का लागि वार्षिक ६ हजार दिइएको छ ।

प्राविधिक शिक्षा छात्रवृत्ति दलित, मुस्लिम, सिमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख दिइएको छ । यसमा मासिक निर्वाह भत्ता तीन हजार पाँच सय, यातायात खर्च वार्षिक एक हजार पाँच सय, पोसाक भत्ता वार्षिक दुई हजार पाँचसय रहेको छ ।

उच्च शिक्षा छात्रवृत्तिमा स्नातक/स्नातकोत्तर तहका शहीद, द्वन्द्वपीडित, मुक्त कमलरी, मुस्लिम महिला र अपाङ्गता भएका विद्यार्थीलाई वार्षिक २४ हजार छात्रवृत्ति दिइएको छ ।

आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार दिइएको छ । चिकित्सा शिक्षा छात्रवृत्ति १० हजार ५९४ विद्यार्थीका लागि पाँच अर्ब ११ करोड दिइएको मन्त्रालयले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५