प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी गरिएको छ।
राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादिस्थित प्रज्ञाभवनमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्द नाराबाजी गरिएको हो ।
कार्यक्रममा उपस्थित प्रधानमन्त्री देउवा मन्तव्य दिन स्टेजमा उक्लिन लाग्दा त्यहाँ उपस्थित केहि व्यक्तिहरुको एक समुहले नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,शेर बहादुर देउवा मुर्दाबाद, राष्ट्रियताको रक्षा गर लगायतका नारा लगाएका थिए।
नाराबाजी सुरुभएपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई स्कर्टिंग गरेर स्टेजसम्म पुर्याएका थिए भने नाराबाजी गर्नेहरुलाई प्रहरीले कार्यक्रमस्थल बाहिर निकालेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्