काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्।
सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले आरोप पुष्टि पनि गर्नसक्नुपर्छ र यदि होइन भने यहि रोष्टममा उभिएर प्रधानमन्त्रीलाई लगाएका आरोपप्रति नेपाली जनतासंग माफी माग्नुपर्ने उनले बताएका छन्।
अध्यादेश कानुन र संविधानलाई टेकेर आएकोले अध्यादेशको विषयलाई लिएर कुण्ठाको अभिव्यक्ति नदिन पनि उनले आग्रह गरेका छन्। प्रचण्डको आक्रोश र अभिव्यक्तिको सार भन्दै , प्रचण्ड जनता तिर नभएर सत्तातर्फ नै फर्किएको तर उनले सत्ता प्राप्त गर्ने सम्भावना नरहेको बताएका छन्। प्रचण्डबाट सत्ता कोसौँ-कोस टाढा पुगेको छ र आजको राजनीतिको निर्मम सत्य यहि हो भन्ने अभिव्यक्ति समेत उनले दिएका छन्।
प्रचण्डले आफ्नो सरकारमा देशमा आर्थिक उन्नति भएको भन्ने कुरा र वर्तमान सरकारले आर्थिक उन्नतीलाई ऋणात्मक तर्फ लागेको भनेर तथ्यलाई तोडमोड गरेको र त्यस प्रकारको तथ्य तोडमोड गरेर जनतामा भ्रम छर्नु उचित नहुने पनि उनले बताएका छन्।समग्रमा प्रचण्डले रेमिट्यान्स, मूल्य वृद्धि,पुँजीगत खर्च र सार्वजनिक ऋणका सन्दर्भमा गलत तथ्य संसदमा प्रस्तुत गरेको बताएका छन्।
धितोपत्र बोर्डका सन्दर्भमा पनि वर्तमान सरकारलाई आरोप लगाएको भन्दै, पौडेलले प्रचण्ड सरकारले सुरु गरेको प्रक्रियालाई नै वर्तमान सरकारले अगाडी बढाएको र त्यो यदि गलत हो भने हिजो कसको प्रभावमा अगाडी बढाएको र फेरी किन प्रक्रिया रोकेको भनेर प्रश्न समेत गरेका छन्।अगिल्लो सरकारले ७००० योजनामा विना कुनै योजना र अध्ययन ११००० योजना थपेको र १० देखि ७५ हजारको योजना केन्द्र सरकारबाट पारित गरेर बजेटको नाममा तमासा देखाएको भन्दै अरुलाई दोष थुपार्नु भन्दा आफ्नो सरकारको कार्यकालको समिक्षा गर्नपनि आग्रह गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्