लाज नभएका प्रधानमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • June 29, 2022
deuba 20220629084235

नेपाली समाजमा एउटा भनाई छ।  लाज सरम र डर नभएपछि मान्छेले जे पनि बोल्छ, जे पनि गर्छ।  ठिक त्यहि भनाइलाई चरितार्थ गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवाले असार १५ अर्थात १९औँ  राष्ट्रिय धान दिवसको उपलक्ष्यमा तमाम नेपाली किसानहरुलाई सम्बोधन गर्दै धान दिवसको शुभकामना दिनुभएको छ।

असार १५ लाई सरकारले २०६१ मा राष्ट्रिय धान दिवस घोषणा गर्नुअघि यस दिनलाई दहि चिउरा खाने पर्वको रुपमा मनाउने गरिन्थ्यो।  किसानहरु सो दिनलाई मानो छरेर मुरी उब्जाउने दिनको रुपमा लिन्छन्।  कृषि प्रधान देश नेपालमा पछिल्लो केहि दशक यता कृषि र कृषकको स्थिति भने दयनिय बन्दै गएको छ।  रैथाने जातका धानका बिउ हराउँदै गए भने खितियोग्य जमिन प्लटिङ्गको शिकार बनेको छ।  कुनै समय धान निर्यात गर्ने नेपाल अहिले वर्षेनी अर्बौंको धान र चामल आयात गर्नुपर्ने स्थितिमा पुगेको छ। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म  सरकारले २७ अर्ब १२ करोड एक लाख २३ हजार रुपैयाँ मूल्य बराबरको चामल,८७ करोड पाँच लाख ७२ हजार  रुपैयाँ बराबरको धानको बिउ र चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको धान आयात भएको छ।

यि तमाम समस्याहरुलाई सम्बोधन गरेर समाधान दिनुको सट्टा प्रधानमन्त्रीले बढो उत्साहका साथ राष्ट्रिय धान दिवसको शुभकामना दिए। धान दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना त दिए तर धान रोप्ने दिनसम्म पनि किसानले मल भने पाएनन्। किसानलाई मल दिन नसक्ने प्रधानमन्त्रीले लाजै नमानी धान दिवसको शुभकामना दिए। मल बिना धान रोप्न खेतमा पुगेका किसान माझ प्रधानमन्त्रीको शुभकामना सन्देश पुग्यो कि पुगेन होला ? दिन भर धान रोपेर साँझ घर आइपुग्दा ति किसानहरु प्रधानमन्त्रीको शुभकामनाले खुसी होलान कि दुखि होलान थाहा छैन, तर यदि कुनै किसानले प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर त्यसलाई केवल एउटा झुटको पुलिन्दा भन्यो वा लाज नभएका प्रधानमन्त्री भनेर भन्यो भने पनि आश्चार्य नमान्दा हुन्छ । 

तस्विर: अन्नपूर्ण

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५