मङ्गलबार र बुधबार बन्चरेडाँडामा फोहोर नलगिने

  • नेपाल राष्ट्रिय दैनिक
  • June 28, 2022
sisdol

सिसडोलदेखि बञ्चरेडाँडासम्मको सडक मर्मत गर्नुपर्ने भएकाले आज र भोलि (मङ्गलबार र बुधबार) काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम प्रभावित हुने भएको छ ।

नुवाकोटको सिसडोल जाने बाटोमा फोहोर थुप्रिएकाले बञ्चरेडाँडा जाने बाटोमा समस्या आएपछि आज र भोलि फोहोर सङ्कलन बन्द गरिने भएको छ । सिसडोलबाट दुई किलोमिटर टाढा रहेको बञ्चरेडाँडा पुग्न सवारीसाधनले फोहोरको थुप्रो पार गर्नुपर्ने बाध्यता रहेको छ भने लगातारको वर्षाका कारण त्यसमा कठिनाई भएको छ ।

काठमाडौं महानगरपालिकाको वातावरण विभागले उपत्यकाबाट फोहोर ओसारपसार गर्दा दुर्घटना हुने खतरा रहेकाले काम रोकेर सरसफाइ गर्न लागेको जनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५