दर्या डुगिनको हत्यामा युक्रेनको हात रहेको रुसको आरोप

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
darya dugin image

दर्या डुगिनाको हत्यामा युक्रेनको स्पेसल सर्भिसले कार बम विष्फोट गराएको रुसले आरोप लगाएको छ।

एफएसबीले युक्रेनी नागरिक नताल्या भोभकले हत्या गरेको र त्यसपछि इस्टोनिया भागेको बताएको छ ।

रुसको खुफिया एजेन्सीले कथित हत्याराको सिसिटिभी फुटेज र सैन्य आईडी सार्वजनिक गर्दै उनी युक्रेनको अजोभ रेजिमेन्टको भएको जनाएको छ।

अलेक्ज्याण्डर डुगिनकी २९ वर्षीय छोरी डुगिनाको टोयोटा ल्यान्ड क्रुजरमा राखिएको रिमोट-नियन्त्रित विस्फोटक पदार्थ विस्फोट हुँदा शनिबार उनको मृत्यु भएको थियो।

“पुटिनको मस्तिष्क” भनेर चिनिने रुसी दार्शनिक अलेक्ज्याण्डर डुगिनको हत्या गर्ने उद्देश्यले सो विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a5%81%e0%a4%9f%e0%a4%bf%e0%a4%a8%e0%a4%95%e0%a4%be/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५