आगामी संघ तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोले आचार संहिता जारी गरेको छ।
राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मी र मतदाता लगायतले पालना गर्नुपर्ने नियमहरु समेटेर आयोगले आज निर्वाचनको आचारसंहितामा जारी गरेको हो।
निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरु,स्थानीय कार्यपालिकाका पदाधिकारी र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक वा प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख गरिएको छ ।तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउने छैनन् ।
आचारसंहितामा, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण र व्यक्तिगत विवरण समेत पेश गर्नुपर्ने जनाइएको छ ।
आचारसंहितामा, राजनीतिक दल वा उम्मेदवारहरुले जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न नहुने उल्लेख गरिएको छ। ।
बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने र एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न आचारसिंहतामा उल्लेख गरिएको छ ।
आचारसंहिताको पूर्ण पाठ:
आफ्नो प्रतिक्रिया दिनुहोस्