नेपाली काँग्रेसले गठबन्धनको उम्मेदवारको विरुद्द स्वतन्त्र र बागी उम्मेद्वारी दिने काँग्रेसका नेता कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ।
यहि बीच पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउंदै राजिनामा दिएर पार्टी छोड्ने काँग्रेस नेता कार्यकर्ताहरुको लहर पनि देशव्यापी रुपमा बढेको छ। पछिल्लो समय निकै चर्चाको केन्द्र बनेको र अत्याधिक विवादमा तानिएको भरतपुर महानगरपालिकामा आज १६५ जना काँग्रेसका क्रियाशील सदस्यहरुले संयुक्त रुपमा राजिनामा दिएको घोषणा गरेका छन्। पार्टी सभापतिलाई सम्बोधन गर्दै केन्द्रको निर्णयको विरोधमा आफुहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको उनीहरुले बताएका छन्।
यसअघी पनि चितवन को भरतपुर १६ र १७ मा रहेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुले पार्टी केन्द्रिय कमिटिको निर्णयको विरोध गर्दै सामूहिक राजिनामा दिएका थिए।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्