महिला टी-२०आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2025
nepal batting netherlands

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा घरेलु टोली नेपाल २० रनले पराजित भएको छ ।

२० ओभरमा चार विकेट गुमाउँदै १५८ रनको लक्ष्य दिएको नेदरल्यान्ड्स विरुद्द मैदानमा उत्रिएको नेपाली टिमले २० ओभरमा सात विकेट गुमाउँदा मात्र १३७ रन बनाउन सफल भएको हो।

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा तीन चौकासहित सर्वाधिक २८ रन बनाइन् भने कविता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रनको योगदान गरिकी हुन्।त्यसतै पूजा महताेले २४ रन जोड्न सफल भईन भने पूजाले १४ बलमा समान दुई चौका र छक्का प्रहार गरेकी थिइन् ।ओपनर सम्झना खड्काले ११ बलमा एक चौकासहित ९ रन ,कप्तान इन्दु बर्माले १० बलमा सात रन ,कविता कुँवरले ८ र पूर्वकप्तान रुविना क्षेत्रीले जम्मा ११ रन बनाइन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५