नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको र कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ।
मंगलबार बसेको क्यानको बैठकले खेलाडीको पारिश्रमिक वृद्धि गरेको जानकारी गराएको छ । सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सबै पुरुष खेलाडीको मासिक पारिश्रमिक १० हजार,महिला टोलीको सी ग्रेडमा रहेका खेलाडीको ५, बी र ए ग्रेडको खेलाडीको ६ हजार रुपैयाँले वृद्धि गरिएको क्यानले जनाएको छ।
यस्तै मैदान कर्मचारीको मासिक पारिश्रमिकमा ३ हजार, मैदान कार्यालय सहयोगीको ५ हजार र त्रिवि मैदानको पिच क्युरेटरको ६ हजार रुपैयाँले वृद्धि गरिएको छ।
वृद्धि गरिएको पारिश्रमिक अनुसार ए ग्रेडका खेलाडीले ६० हजार र बी र सी ग्रेडका खेलाडीले क्रमस: ५० र ४० हजार रुपैयाँ पाउनेछन। त्यसै गरि,ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमस: १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन।
आफ्नो प्रतिक्रिया दिनुहोस्