महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने ९ कारण उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटा समक्ष प्रतिवेदन पेस गरेको छ ।
समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा निलम्बित प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी गम्भीर कानुन उल्लंघन गरेको,रञ्जन कोइरालाको मुद्दामा सजाय घटाइ कानुनको उल्लंघन गरेको,संवैधानिक नियुक्ति सम्बन्धी मुद्दालाई सुनुवाइ प्रक्रियामा नलगी न्यायाधीशले पालना गर्नु पर्ने आचारसंहिताको गम्भीर उल्लंघन गरेको र न्याय प्रशासनको अन्तिम जिम्मेवारी लिने संवैधानिक व्यवस्था बमोजिमको कर्तव्य पूरा गर्न नसकेको लगायतका कारणहरु उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्